National news Tekman photo,
हात्तीका कारण झापा शान्तिनगरबासी आतङ्कित ।।
Posted by Unknown
Published on Friday, July 27, 2012
बारम्बार आउने जङ्गली हात्तीका कारण झापा शान्तिनगरबासी आतङ्कित भएका छन् । स्थानीय पाँचपोखरी जङ्गलमा आश्रय लिई बसेका करीब ८० वटाको सङ्ख्यामा रहेका भारतीय जङ्गली हात्ती दिनै पिच्छे आई स्थानीयको घर भत्काई अन्नबालीसमेत खाई दिने गरेकाले शान्तिनगरबासी आतङ्कित भएका हुन् । विगत तिन दिनमा आएका जङ्गली हात्तीले स्थानीयको घर भत्काई अन्न बाली खाँदा करिब ४० लाख बराबरको क्षति पु¥याएको छ । अस्तिदेखि आएका हात्तीले गए रातीसम्म शान्तिनगरमा नै रही स्थानीयबासीको घर भत्काई अन्नबाली खाँदा यस्तो क्षति भएको हो । हात्ती अझै पनि पाँचपोखरी जङ्गलमै रहेको स्थानीयबासिन्दाले बताएका छन् । साँझ पर्न साथ नजिकैको जङ्गलबाट गाउँ प्रवेश गर्ने हात्तीले स्थानीयबासीको दैनिकी कष्टकर बनाइदिएको छ । यता हात्ती खेदाउनका लागि जिल्ला वन कार्यालय र जिल्ला प्रहरी कार्यालयले व्यापक रुपमा प्रहरीको परिचालन गरेको छ । दिनैपिच्छे आउने गरेका हात्तीले शान्तिनगर गाविसभरिकै सुपारी, कोलालगायतका नगदे बाली पनि सखाप पारेको छ । त्यस्तै हात्तीपीडितहरुलाई राहतको माग गर्न हात्तीपीडित समूह नै गठन गरेका छन । शम्भु पौड्याल अध्यक्ष र निलमणी न्यौपाने सचिव रहनुभएको ११ सदस्य समितिले हात्ती खेदाउने, क्षतिपूर्ति सम्बन्धित निकायसँग माग गर्ने, घरबारविहीन भएकाहरुलाई अस्थायी रुपमा बास स्थान र खानपीनको व्यवस्था मिलाउने काम गरिरहेको समितिका सदस्य समेत रहनुभएका रुद्र निरौलाले जानकारी दिनुभएको छ ।
हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?
">See all videos');
document.write('
<\/script>"); ?max-results=8">Video Category
'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
Template
dailyvid
samabesionline.com. Powered by Blogger.
Search This Blog
सबैभन्दा बढि पढिएका
-
२६ असोज, काठमाडौं । अर्थमन्त्री शंकरप्रसाद कोइरालाले अन्तर्राष्ट्रिय मुद्राकोषको आवासीय कार्यालय नेपालमा खोल्न विश्व बैंकका उपमहानिर्देशक...





