National news Tekman photo,
एमाले संसदीय दलको नेतामा केपी ओली निर्वाचित
Posted by Unknown
Published on Tuesday, February 4, 2014

निर्वाचन परिणाम अनुसार ओलीको पक्षमा ९८ मत परेको छ भने खनालको पक्षमा ७५ मत मात्रै परेको छ । खनाललाई वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले समर्थन जनाएका थिए भने ओलीलाई उपाध्यक्ष बामदेव गौतम र महासचिव ईश्वर पोखरेल पक्षको समर्थन थियो ।
लामो समयको छलफल र बहसपछि पनि सहमति जुट्न नसकेपछि चुनावी प्रक्रियामा गइएको थियो । दिउसो सवा ४ बजेपछि सुरु भएको मतदान प्रक्रियामा एक सय ७३ जनाले मतदान गरेका थिए । संविधानसभा चुनावमा एक सय ७५ सिट जितेको एमालेका दुइ जनाले दुइ ठाउँबाट चुनाब जितेकाले एक सय ७३ जना सभासद् छन् । जितका लागि ८७ मत आवश्यक पथ्र्यो ।
जितपछि नेता ओलीले अब छिटै सरकार गठनको प्रक्रियामा जाने बताए । उनले सबै सभासदलाई सँगै मिलाएर अघि बढ्ने बताए । पराजित खनालले भने अब आफु मिलेरै पार्टीलाई अघि बढाउने बताए । उनले आफु अध्यक्ष भएको र ओली संसदीय दलको नेता भएकाले कुनै समस्या नहुने जिकिर गरे ।
र्चा चलेको थियो । खनालको हार भएपछि यसको पुष्टी भएको कतिपयको भनाइ छ ।
खनालको तुलनामा नेता ओली भारतले रुचाइएका ब्यक्तिका रुपमा लिने गरिएको छ । बुटवलमा भएको आठौं महाधिबेशनमा ओलीलाई हराउँदै खनाल अध्यक्ष भएका थिए । तर त्यस यता ओली पक्ष बलियो र खनाल पक्ष कमजोर बन्दै गएको छ । युवा संघ नेपाल, एमाले निकट विद्यार्थी संगठन, मजदु
खनाल पक्षमा रहेका बामदेब गौतम ओली पक्षमा गएपछि खनाललाई दबाब परेको थियो । नवौं महाधिबेशनको मिति तोकिएको अवस्थामा भएको ओलीको जितलाई अर्थपूर्ण रुपमा हेरिएको छ । ओलीले समानुपातिक सभासद चयनको बेला खनाल पक्षको दबाब सहन नसकेर ओलीकै सिफारिस कार्यन्वयन गरेको
चर संगठन लगायत एमालेका सबैजसो भातृ संगठनहरुमा ओली पक्षको बर्चस्व रहेको छ । यो हारसँगै एमालेमा ओलीको प्रभाव बलियो हुने र खनाल पक्ष अझै कमजोर हुने विश्लेषकहरु बताउँछन् ।
हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?
">See all videos');
document.write('
<\/script>"); ?max-results=8">Video Category
'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
Template
dailyvid
samabesionline.com. Powered by Blogger.