Top News,
आर्थिक लाभमा सहमति गर्दै विद्यार्थी नेताहरु
Posted by Unknown
Published on Tuesday, January 28, 2014
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले लागु गर्न लागेको सेमेष्टर प्रणाली लागु गर्न प्रयाप्त तयारी नगरेको भन्दै आन्दोलन थालेका विद्यार्थी संगठनका नेताहरुले आफुलाई ‘लाभ’ हुनेगरी सेमेष्टर प्रणाली लागु गर्न दिने संकेत देखाएका छन् । विद्यार्थी नेताहरुले आर्थिक लाभको आकांक्षाले नै त्रिवि विरुद्ध आन्दोलन गरेको कतिपयले बताउने गरेका छन् ।
मानुषीको फेसबुक खुलासा
त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियन सचिव मानुषी यमी भट्टराइले विद्यार्थी नेताहरुले त्रिविबाट अनुचित लाभ लिएको भनि फेसबुक मार्फत खुलासा गरेकी छन् । उनले केही संगठनका केही विद्यार्थी नेताहरुले आर्थिक तथा व्यक्तिगत लाभका लागि आवरणमा विद्यार्थी आन्दोलन गरेजस्तो गरेपनि भित्रभित्रै त्रिवि पदाधिकारीहरुसंग पैसा र अन्य लाभको लागि बार्गेनिङ गरिरहेको बताएकी छन् । फेसबुक वालमा यमी लेख्छिन् ‘आवरणमा सेमेष्टरको विरुद्धमा आन्दोलन गरेजस्तो गरी केही संगठनका केही व्यक्तिले त्रिवि पदाधिकारीलाई रिझाएर कसले कति आर्थिक लाभ लिने र आफ्नो मान्छेलाई जागिर खुवाउने भन्ने होड चल्न थालेपछि यसको (सेमेष्टर प्रणालीको) सैद्धान्तिक र व्यवहारिक पक्षमाथि बहस गर्नेहरु त हाँसोको पात्र बन्ने खतरा पो हुँदो रहेछ ।’
बार्गेनिङ जारी
सार्वजनिक रुपमा सेमेष्टर प्रणालीका विभिन्न नकरात्मक पक्ष र लागु गर्न नसकिने कुरा गरेर विद्यार्थीको पक्षमा आन्दोलन गरेजस्तो गरेपनि आन्तरिक रुपमा भने कसले कति पाउने भन्ने बार्गेनिङ व्यापक रहेको विद्यार्थी नेताहरुले नै बताउने गरेका छन् । नेकपा माओवादी समर्थक अखिल क्रान्तीकारी विद्यार्थीका एक सचिवालय सदस्यले नाम नबताउने सर्तमा भने ‘यस्तै बेला त हो बार्गेनिङ गर्ने र कमाउने, त्रिविले अर्बाैको टेण्डर खोलेको छ त्यसमा विद्यार्थी संगठनमा संलग्न विचौलियाले लाखौंमा बार्गेनिङ गरिरहेका छन् ।’
यो कुरा एमाले सर्मथक अनेरास्ववियु र कांग्रेस सर्मथक नेविसंघका केन्द्रीय स्तरका नेताहरु पनि स्वीकार गर्छन् । उनीहरुका अनुसार जसको जति चल्ने हो त्यति हिस्सा लिने र आर्थिक लाभ हातपारेपछि चुप लाग्ने मनसाय विद्यार्थी नेताहरुमा रहेको छ । त्यसैले अधिकतम लाभ पाउने सम्भावना रहुन्जेलसम्म बार्गेनिङ गर्ने ती नेताहरुको सोच रहेको बताइन्छ ।
बाध्यता
त्रिवि केन्द्रीय विभागमा सेमेष्टर प्रणाली स्वीकार गर्नैपर्ने बाध्यता रहेको पनि विद्यार्थी नेताहरुले बताउने गरेका छन् । तर विद्यार्थी हितका लागि काम गरेको देखाउन यसको विरुद्ध देखावटी संघर्ष गरेको नेविसंघ सम्बद्ध स्रोतले बताएको छ । नेविसंघका एक नेताका अनुसार विस्तारै विद्यार्थीहरु कुनै न कुनै सहमतिमा पुगेर भएपनि यो प्रणाली स्वीकार गर्नेछन् ।
यसैबीच हाललाई विश्वविद्यालय क्याम्पसमा मात्र भएपनि सेमेष्टर प्रणाली लागु गर्न विभिन्न क्षेत्रबाट दबाब आइरहेको छ विद्यार्थी नेताहरुमाथि । आन्दोलन गरिरहन विद्यार्थीहरुको माझ मुद्दाका रुपमा यसलाई स्थापित गर्न नसक्नु पनि सम्झौतामा टुङ्ग्याउने बाध्यता बनेको विद्यार्थी नेताहरु बताउछन् । यो कार्यक्रम लागु गर्न दातृसंस्था विश्व बैंकले पनि उत्तिकै दवाव दिइरहेको त्रिवि पदाधिकारीहरु बताउछन् ।
लाभका क्षेत्रहरु
विद्यार्थी नेताहरुले त्रिभुवन विश्वविद्यालयलाई सेमेष्टर प्रणालीमा लान आफुहरुले विभिन्न लाभ पाउनुपर्ने त्रिवि समक्ष माग राखेका छन् । मुख्य रुपमा विश्व वैकंको १५ करोडमा विद्यार्थी नेताहरुले हिस्सा खोजेको त्रिविका एक अधिकृतले बताए ।
यस अतिरिक्त विभिन्न संगठनका नेताहरुले सेमेष्टरमा आवश्यक पर्ने नयाँ प्राध्यापक आफ्ना पक्षका हुनुपर्ने, नयाँ विद्यार्थीहरु पनि आ- आफ्नो संगठन निकटका हुनुपर्ने, प्रशासनमा आवश्यक पर्ने जनशक्ति लगायतमा हिस्सा खोज्नेगरेको ती कर्मचारीले बताए ।
लाभमा हिस्सा नपाउनेहरुको गुनासो
खासगरी लाभमा हिस्सेदारी खोजेका विद्यार्थी नेताहरु यो विषयमा बोल्न रुचाउदैनन् । दोस्रो तहका तथा प्रभावशाली तर उक्त लाभमा हिस्सेदार बन्न नसकेका नेताहरु भने यसको आलोचना गरिरहेका छन् । ती नेताहरुले खुलेर विरोध गर्न नसकेपनि आपसमा भने गुनासोका स्वरहरु बढ्न थालेका छन् । यस्तो मोलमोलाई ठूला विद्यार्थी संगठनका प्रमुख नेताहरुले गरिरहेको त्रिवि श्रोत बताउछ ।
प्रभाव अनुसार पैसा दिएर भएपनि सेमेष्टर लागु गर्ने मनस्थिति
त्रिभुवन विश्वविद्यालयले विद्यार्थी संगठनका प्रभावशाली नेताहरुका मुखमा पैसाको बुजो लगाएर भएपनि सेमेष्टर प्रणाली लागु गरेरै छाड्ने नीति लिएको छ । त्रिवि स्रोतका अनुसार सकभर कम पैसा दिएर मनाउने, नमाने बाहिर विद्यार्थी नेताहरुको फेस सेभिङको लागि केही सम्झौता गर्ने र आन्तरिक रुपमा ठूला संगठनलाई ज्यादा र सानालाई ओहदा अनुसार पैसा दिएर मनाउने तयारी गरेको स्रोतको दावी छ । यसका लागि विद्यार्थी नेताहरु कुन संगठनले कति पाए सहमति जनाउने भनेर आन्तरिक छलफलमा रहेको श्रोतको दावी छ ।
जसरी पनि लागु गर्ने उपकुलपतिको दावी
त्रिभुवन विश्वविद्यालयका उपकुलपति हिराबहादुर महर्जनले जसरी पनि विश्वविद्यालयमा सेमेस्टर प्रणाली लागू गर्ने बताएका छन् । अनलाइन चौतारीसँगको कुराकानीमा उनले अब सेमेस्टर प्रणाली कुनै पनि बहानामा नरोकिने बताए । यसका सबै प्रक्रिया अघि बढिसकेको उनको भनाइ छ ।

हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?
">See all videos');
document.write('
<\/script>"); ?max-results=8">Video Category
'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

Template
dailyvid
samabesionline.com. Powered by Blogger.