Welcome Guest!
twitter facebook rss

,

आमा भोट हाल्न जानु है !!!!

Tekman Shakya
पुनजीय आमाबुबा,....

देशमा संविधानसभाको दोस्रो निर्वाचन हुँदैछ । गाउँ बस्तीहरु चुनावमय भएको छ । जनताको संविधान बनाउनका लागि सर्वहारा बर्गको पार्टीलाई जिताउने अवसरको रुपमा खडा भएकाले यसपालीको निर्वाचन निक्कै नै महत्वपूर्ण छ । यसपालीको निर्वाचनले पनि संविधान दिँदैन कि ? भन्नेमा निराश हुनुहुन्छ होला । तर यसपालीको निर्वाचन अवसरको रुपमा रहेको छ । २०६४ सालको निर्वाचनले एकीकृत माओवादीलाई दुईतिहाई बहुमत नदिएकै कारण संविधान बन्न नकेको हो । 
अब हुने दोस्रो निर्वाचनले पनि देशले संविधान पाएन भने फेरी रक्तपात नमच्चिएला भन्न सकिन्न । संविधान बनेन भने जनयुद्ध र जनआन्दोलनको अर्थ केहि रहन्न । पल्लो घरको काका पनि त त्यतिखेर जंगल जानुहुँदा सहिद हुनुभएको थियो नि होईन ? अनि उहाँले भन्नुहुन्थ्यो नी “देशमा जनताको अधिकार स्थापित नहुँदा सम्ममा क्रान्ति जारी रहन्छ” भनेर । हो, उहाँले कल्पना गर्नुभएको क्रान्तिको सफलताका लागि पनि त देशमा संविधान बन्नुपर्छ नी, थाहा छ तपाईलाई पहिलो चुनावले किन संविधान बन्न सकेन भन्ने ? त्यतिखेर एमाले काँग्रेका अवसरबादीहरुकै कारण संविधान बन्न नसकेको हो । उनीहरुले नयाँ संविधान नै चाहेका थिएनन् । पछि मात्र सर्वहारा वर्गका पार्टीले आकाश नै पल्टाउन लाग्यो भनेर नयाँ संविधानको पक्षमा आएका हुन् । उनीहरु त त्यहिँ पुरानै निरंकुश संविधान उदय गराउन चाहन्थे । मैले सुनेको छु, गाउँमा एमाल–काँग्रेसहरुले चिप्लो घस्दै छन् रे । 
उनीहरुले लालिपपको लोप देखाउँदै छन् रे । हो एक दिनको लागि मात्र त्यो लालिपपमा रुमलिनुहुन्छ त आमा ? मलाई गाउँको एकजना दाईले भन्दै हुनुहुन्थ्यो, एमाले उमेद्वावरलाई जिताउनका लागि साना किसानको पैसा दुरुपयोग गरिदै छ रे । अनि यति मात्र होईन मैले पत्रपत्रिका पढेको क्षेत्र नं. १ का बुद्धिमान तामाङले पनि हरेक गाबिसमा राँगा ढालेर जनतालाई फकाईरहेका छन् रे । तर त्यो लोपमा तपाईहरु फस्नुहुन्न भन्ने मलाई विश्वास छ । देशमा दोस्रो संविधान सभाको निर्वाचन गर्नुको आवश्यकता भनेको एकीकृत माओवादीलाई पूर्ण बहुमत दिएर जनपक्षिय संविधान बनाउनु हो । ०६४ सालमा एकीकृत माओवादीले पूर्ण बहुमत नल्याएकै कारण संविधान बन्न सकेन अहिले देशैभरिका बौद्धिक जमातले निकालेको निष्कर्ष हो यो ।  संविधानसभाको निर्वाचनपछि एकीकृत माओवादीको विजय त भयो । तर नेपाली काँग्रेस सँधै प्रतिपक्षमा बसेर खुट्टा तान्ने काममा व्यस्त भए । अनि एमालेललाई पदिय लोलुपताले कहिल्यै पनि पुगेन । त्यतिखेर माओवादीले दुई तिहाई बहुमत ल्याएको भए संविधान बनिसक्थ्यो । 
माओवादीले जनपक्षिय संविधान बनाएमा आफूहरु पतन होईन्छ भन्ने डरका कारण उनीहरुले नै विभिन्न भाँजो हाल्ने काम ग¥यो त्यसैले संविधान बन्न सकेन । यस पटक हामीले सुनावमा भाग लिनैपर्छ । किनकी माओवादी र संघियताका पक्षधरहरुलाई दुई तिहाई बहुमत दिएर जिताउनु नै पर्छ जनपक्षिय संविधान या भनौँ हामीजस्ता गरिबहरुको संविधान निर्माणका लागि । पहिलो संविधानसभाको निर्वाचन पश्चात एकीकृत माओवादीले संघीयता लगायत धेरै महत्वपूर्ण विषयहरु उठान गरेका थिए । अन्ततः संघीयताको मुद्धामा विशेष कुरा मिल्न नसक्दा संविधान निर्माण हुन सकेन । त्यतिखेर एमाल, काँग्रेसलाई यति धेरै मत ल्याएर माओवादीले विजय हाँसिल गर्लान् भन्ने लागेकै थिएन । तर त्यसको फरक माओवादीको विजय भयो । एमाले, काँग्रेसहरु भने नमज्जासँग पछारिएका कारण माओवादीको खुट्टा तान्ने काम मात्र गरे । 
यतिबेला एमाओवादीको घोषणापत्र पनि सार्वजनिक भैसकेको छ । ठूलो दाईले त मलाई घोषणापत्र पढेर अत्यन्तै खुसी लाग्यो भन्दैै हुनुहुन्थ्यो । अन्य पार्टीले सार्वजनिक गर्नका लागि मात्र घोषणापत्र ल्याएको छ । तर एकीकृत माओवालीले भने प्रतिवद्धता सहित घोषणापत्र जनतासमक्ष ल्याएको कुरा त तपाईहरुलाई पनि थाहा नै छ । त्यसैले त घोषणापत्रलाई पनि प्रतिवद्धतापत्र भन्ने नाम दिएको छ । देशमा एकीकृत माओवादीले के ग¥यो र भोट दिने ? भन्नेहरुलाई पनि राम्रो सँग सम्झाएर अत्याधिक बहुमत दिनका लागि भन्नु होला भन्नुहोला । 
हामीजस्ता दलित, उत्पिडित जनजाती महिला अनि उत्पिडितहरुको आवाज बोल्ने एकमात्र पार्टी एकीकृत माओवादी नै भएको कारण तपाईहरुले कत्तै पनि मन नडुलाईकन हँसिया र हथौडामा भोल हाल्नका लागि हामी यसपालीको निर्वाचनमा चुक्नुहुँदैन । अनि देशमा एकीकृत माओवादीले धर्म निरपेक्ष राष्ट्र घोषणा नगरिदिएको पल्लो घरको क्रिश्चियन अंकल आज पनि आफ्नै लडाईमा हुनुहुन्थ्यो होला । उहाँलाई पनि भनिदिनुहोला, एकीकृत माओवादीमा भोट हाल्नका लागि । हामी गरीव छौ । बिहान खाए बेलुका के खाने भन्ने चिन्ताले दिनानुदिन सताई रहन्छ । यस्तो अवस्थामा पनि कुनै पार्टीले हामीलाई सहयोग नगरेको देख्दा तपाईहरुलाई रिस पनि उठेको होला । तर त्यो होईन, यसपालीको निर्वाचनमा पहिचान सहितको संघियता पक्षधरलाई भोट दिन अति जरुरी छ । अनि आमा पल्लो घरको एमाले–काँग्रेसका अंकलहरु पनि एकीकृत माओवादीमा पार्टी प्रवेश गर्नुभयो रे । त्यो सुन्दा मलाई अत्यन्तै खुसि लाग्यो । बिस्तार–बिस्तारमा एकीकृत माओवादीलाई बुझेर पार्टी प्रवेश गर्नेहरुको जनलहरहरु दिनप्रतिदिन बढ्दैछ । अनि माईला दाईले त मलाई हिजो फोन गरेर भोट माग्दै हिडेको छु कान्छा एकीकृत माओवादीलाई भन्दै हुनुहुन्थ्यो । गाउँमा पछिल्लो समय एकीकृत माओवादीमा जनलहर निक्कै बढेको छ भन्ने सुनेको छु । हो यसपाली एकीकृत माओवादीलाई अत्याधित बहुमत दिएर जिताउनुपर्छ । 
आमा आज तपाईलाई कहिल्य नभनेको कुरा यस पत्रमा कोर्दैछु मैले तपाईहरुलाई जानकारी नै नदिई सुधार टोलकी चेतनालाई मायाँ गर्न थालेको छु तपाई खाली विहे गर भन्नु हुन्थ्यो, अब तपाईको इच्छा पुरा गर्दैछु आमा तर चेतनाले भनेकी छे नेपालमा जनमुखि संविधान बनेपछि मात्र विहे गर्ने त्यस पछि देशमा परिवर्तनशिल शान्ति अनि हाम्रो परिवारमा पनि....... मैले हुन्छ भन्देको छु । आमा उनीहरु पनि सबै एमाओवादीलाई भोट हाल्दै छन् । आमा तपाईलाई थाहा नै छ, म राजनीतिमा त्यति चासो नराखने व्यक्ति पेसाले पनि त्यो काम गर्न दिदैँन तर के गर्नू अहिले देशको वर्तमान अवस्थाबाट मुक्तहुन बोल्नै पर्दो रहेछ । आमा, तपाईलाई थाहा थाहा छ ? धादिङ २ नम्मरमा एमाओवादीको को उठ्दै छ, जतिबेला उनी महशुस गर्न सक्ने भईन , उनले समाजमा वर्गिय विभेद र असमानता देखिन । उनमा राजनीतिक चेत आयो समाजमा वगिर्य असमानताहरुको अन्त्य अनिबार्य देख्न थालिन । काखको बच्चा अरुलाई थमाएर बन्दुक स्याहार्न पुगिन । हो त्यस्ती व्यक्ति कल्पना धमला लाई तपाईं भोट हाल्दै हुनु हुन्छ । अहिले उनी लाखौं महिलाहरुमा परेको समस्याको भारी विसाउने चौतारी भएकी छिन् । मलाई विश्वास छ आगामी संविधान सभाको निर्वाचनमा उनले त्यो भारीहरुलाई आईसीसी भवनमा थमाउनेछिन । त्यसले लाखौं उत्पीडित महिलालाई छहारी दिनेछ । सितलता प्रदान गर्नेछ ।  हो आमा तपाईं विहान बेलुकाको काम सकेर यसो अल्लो टोल पल्लोटोल पनि पुग्नु होला है फेरि उनीहरुको भोट खेर जाला, जाली फटाहरुले भोटको दुरुपायोग गरि देलानन् यसमा तपाईले सजक रुपमा सम्झाउनु पर्छ । 
यसपाली म त आउन सक्छु या सक्दिन भोट हाल्नको लागि । तर तपाईहरु भने मतदान केन्द्रमा गएर एकीकृत माओवादीलाई गोलाकार भित्रको हँसिया र हथौडा चिन्हमा भोट हाल्नुहोला । हामीहरुको हातमुख जोड्ने काम नै हँसिया र हथौडाले गरेको छ नी होईन र ? त्यसैले अरुलाई पनि यसैमा भोट हाल्न अनुरोध गर्नुहोला है हस्त पत्रलाई यहि बिट मार्छु ।

हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?

">See all videos'); document.write('

<\/script>"); ?max-results=8">Video Category

'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

Template

dailyvid


samabesionline.com. Powered by Blogger.

Search This Blog

सबैभन्दा बढि पढिएका

Latest Posts

Sponsored By

Featured Video

Our Sponsors

Our Sponsors

Visit Nepal Info and Guide