Political News Tekman photo Top News,
निर्वाचनमा बालबालिकाको शोषण
Posted by Unknown
Published on Friday, November 1, 2013
बर्दिवास, १५ कात्तिक । आसन्न निर्वाचनको प्रचारप्रसारमा बालबालिकाको प्रयोग भइरहेको गुनासो बढेकै बेला महोत्तरी जिल्लाका सरोकारवाला निकायले सोसम्बन्धी चासो बढाएका छन् । दल र उम्मेदवारले स–साना बालबालिकालाई पोष्टर टाँस्ने, पर्चा बाँड्ने, खाना पकाउने र जुलुसमा सहभागी गराउने गरेको गुनासो बढेकै बेला बाल सरोकारका निकाय एवम् सङ्घसंस्थाले सोबारे चासो बढाएका हुन् ।
आसन्न निर्वाचनमा बालबालिकाको प्रयोगलाई कारबाहीको विषय बनाउँदै यस्तो प्रयोगलाई निरुत्साहित गर्न सरोकारवालाले अनुगमन समितिको गठन गरेका छन् । आज जिल्लास्थित महिला बालबालिका कार्यालयको आयोजनमा सम्पन्न सरोकारवालाको बृहत् बैठकले आयोजक कार्यालयकी प्रमुख मीरा मिश्रको संयोजकत्वमा नौ सदस्यीय अनुगमन समिति गठन गरेको हो ।
गठित अनुगमन समितिमा जिल्लास्थित सरकारी कार्यालयमध्ये जिल्ला शिक्षा कार्यालय, जिल्ला विकास समितिको कार्यालय र जिल्ला स्वास्थ्य कार्यालयका अधिकृत सदस्य रहेका छन् । त्यसैगरी बाल अधिकारको क्षेत्रमा कार्यरत सामाजिक सङ्घ संस्था, मानवअधिकारकर्मी र सञ्चारकर्मी सम्मिलित समितिमा महिला तथा बालबालिका कार्यालयका बाल अधिकार अधिकृत केआर विजयलाई सदस्य सचिव तोकिएको बैठकका सहभागी सञ्चारकर्मी मेनका सिंहले जानकारी दिनुभयो । समितिले निर्वाचनमा बालबालिकाको प्रयोगबारे तत्काल अनुगमन सुरु गरेर त्यस्तो भेटाउन साथै आवश्यक कारबाहीका लागि जिल्लास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय र जिल्ला प्रशासनमा सिफारिस गर्ने सदस्य सचिव केआर विजयले जानकारी दिनुभयो ।
आसन्न संविधानसभा निर्वाचनको आचारसंहितामा निर्वाचन प्रयोजनका काममा बालबालिकाको प्रयोग गर्न नहुने स्पष्ट व्यवस्था भएपनि जिल्लाका दल र उम्मेदवारले अत्यन्त न्यून ज्यालामा बाल श्रमिक प्रयोग गरिरहेका आम गुनासो छ । बढ्दो यस्तो गुनासोकै कारण आफ्नो कार्यालयले अनुगमनसम्बन्धी तत्परता बढाएको महिला तथा बालबालिका कार्यालयकी प्रमुख मिश्रले बताउनुभयो । रासस
हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?
">See all videos');
document.write('
<\/script>"); ?max-results=8">Video Category
'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
Template
dailyvid
samabesionline.com. Powered by Blogger.