Interview Tekman photo Top News,
संसदीय व्यबस्थामासँग चुनौती
Posted by Unknown
Published on Wednesday, November 6, 2013
आशन्न संविधानसभाको निर्वाचन आउन अब केहि दिन मात्र बाँकि रहँदा ३ वटा निर्वाचन क्षेत्र रहेको धादिङको चुनावी माहोल ह्वात्तै बढेको छ । निक्कै नै चुनावी प्रतिस्प्रर्धा रहेको धादिङमा सबैले आफ्नो जित सुनिश्चितताको दाबी गरिरहेका छन् । २०६४ साल चैत्र २८ गते भएको संविधानसभाको निर्वाचनमा एकीकृत माओवादी र त्यसैका उमेद्वारहरुले जितेर संविधानसभामा जनताको प्रतिनिधित्व लिएर गएका थिए । कारणबस संविधान निर्माण हुन सकेन । फेरी दोस्रोपटक संविधानसभाको निर्वाचन हुँदै छ । अहिले पनि एकीकृत माओवादीले आफ्नो जित सुनिश्चित भएको र घोषणा गर्न मात्र बाँकि रहेको बताउँदै आईरहेका छन् । त्यसो त अन्य दलहरु पनि आफ्नो जित पोल्टामा पार्ने दाउमा छन् । धादिङको अन्य क्षेत्रमा भन्दा क्षेत्र नं. २ मा निक्कै नै चुनावी प्रतिस्प्रर्धा देखिएको छ । यस क्षेत्रमा एकीकृत माओवादीका तर्फबाट कल्पना धमला, नेपाली काँग्रेसका तर्फबाट रामनाथ अधिकारी र नेकपा एमालेका तर्फबाट गुरुप्रसाद बुर्लाकोटी चुनावी प्रतिस्प्रर्धामा रहेका छन् । यी तिनमध्ये बुर्लाकोटी भने नयाँ अनुहार हुन् । यसै क्रममा हाम्रा समावेशी अनलाईन रिपोर्टरले एमाओवादी धादिङ क्षेत्र नं. २ का उमेद्वार कल्पना धमला सँग विशेष कुराकानी गरेका छन् । प्रस्तुत छ, धमलासँगको कुराकानी ।...
१.धादिङमा चुनावी माहोल कसरी अगाडी बढिरहेको छ र जनतामाझ तपाईहरु कसरी गईरहनुभएको छ ?
–अहिले खेतिपाती, व्यबसयिक, धार्मिक सबै हिसाबले पनि मानिसहरु अलिक बढि नै व्यस्त हुने समयको बाबजुत पनि चुनावी माहोल गाउँघरमा निक्कै नै तातेको छ । यसै अवसरमा हामीहरु घरदैलो, चुनावी सभा, कोणसभा लगायतका कार्यक्रमहरु अगाडी बढाईराखेका छौँ । त्यस्तै युवाहरुद्धारा मार्चपास समेत भैरहेको छ । चाडपर्वको कारण पनि युवाहरु गाउँघरमा नै देखिएका कारण चुनावी माहोल निक्कै नै बढेको छ ।
२.अघिल्लो पटकको निर्वाचनमा त नेकपा–एमालेका गंगालाल तुलाधरलाई सजिलैसँग पराजित गराउनुभएको थियो । तर धादिङमा परिवर्तन भने खासै हुन सकेन । यसपाली पनि जनताले तपाईलाई पत्याउलान् त ?
–यो देशको राजनीतिक मुद्धा एकीकृत माओवादीको हो । संविधानसभा, गणतन्त्र, संघियता, समावेशी सहभागीतामूलक तोकतन्त्र माओवादीले ल्याएको मुद्धाहरु हुन् । त्यसकारण हाम्रो जित सुनिश्चित सुनिश्चित छ । त्यस्तै धादिङको निर्वाचन क्षेत्र नं. २ बाट म निर्वाचित भैसकेपछि जनताका पक्षमा मैले गरेका कामहरु र आफू केहि समय स्रोत र साधन कम भएको मन्त्री भएपनि पाएको कारण जनताको पक्षमा गरेका काम, समानुपातिक विकासको कारण मेरो जित यस पटक पनि निश्चित छ ।
यस्तै महिला उत्पिडन र महिला मुक्तिको पक्षमा मैले शसक्त आवाज उठाउँदै जनयुद्धको मोर्चादेखि संविधानसभाको मोर्चासम्म मैले खेलेको पहलकदमीको हिसाबले, म अहिले राष्ट्रिय स्तरको लिडरसिप भएकाले पनि जनताहरु मेरो पक्षमा छन् । जनताले मलाई भोट हाल्छन् भन्नेमा म पूर्ण बिस्वस्त छु ।
३.तपाईले यस्तो दाबी गरिरहँदा, धादिङबासीहरुले जितेर गएपनि धादिङमा केहि पनि गर्न सकेन भन्ने आरोप छ नी ?
–यो आरोप जनताले लगाएको भन्नेमा म पटक्कै सहमत छैन । विरोधीहरुको आरोपको रुपमा लिन्छु म यसलाई । मैले संविधानसभामा गएपछि बजेट आएको २ बर्षमा पनि मध्यमाञ्चल स्तरकै २ वटा शैक्षिक कार्यक्रमहरु धादिङमा स्थापना गरेको छु । भेटेरेनरी, मध्यमाञ्चलकै सुविधासम्पन्न साईन्स ल्याब ट्रेनिङ सेन्टर, विकास निर्माणको हिसाबले केबलपूर जस्तो युगौँदेखि पानी खान नपाएका सिँगो गाउँका लागि करोडौँको लगानीमा खानेपानी योजना सुरु भैरहेको छ । त्यस्तै किन्ताङफेदी सडकखण्ड पिच गर्ने, बुढिगण्डकी हाईड्रोपावरमा मैले गरेको पहल निक्कै नै उल्लेखनिय छ । समानुपातीका हिसाबले मैले सबै गाविसमा गरेका विकास संसदीय व्यबस्थामा गरेको बिकासमा भएको बिकाससँग म चुनौती दिन चाहन्छु ।
४.जब चुनाव आउछ, तब राजनीतिक दल र उमेद्वारहरुले यस्तै खालका आश्वासनहरु बाँड्ने गरेको पाईन्छ । आश्वासनहरुमा भन्दा पनि देशको कानुन बनाउने कु्रामा चाँहि केन्द्रित नभएको जस्तो तपाईलाई लाग्दैन ?
–यो कुरा सत्य हो । पहिलो निर्वाचनमा मैले जनतालाई कुनै आश्वासन दिने काम गरिन । अहिले पनि गरेको छैन । खुल्ला रुपमा नै आश्वासन भन्दा पनि अधिाकारको सुनिश्चित गराउने कुरामा मैले सबैसँग ध्यानाकर्षण गराउने काम गरेको छु । मेरो पहिलो मुद्धा भनेको अधिकार सुनिश्चित गर्ने, गाँस, बास, शिक्षा, रोजगार आदि मौलिक अधिकारलाई संविधानमा समावेश गर्ने मेरो पहल हुनेछ । विकास निर्माणका काममा मैले सकेको पहल गर्नेछु । बिचारको मुद्धा दिन नसक्ने, जनताको अधिकारको कुरा राख्न नसक्ने अनि खोक्रो आश्वासन दिएर जनतालाई ढाँट्ने र छल्ने संसदीय पार्टीप्रति म खेद व्यक्त गर्न चाहन्छु । मेरो भाषणहरु रेकर्ड गरेर नै राखे हुन्छ, यो देशको जनमुखि संविधान निर्माणका लागि उदय भएको पार्टी नै एकीकृत माओवादी हो ।
५.चुनावी घोषणापत्रको विषयमा धादिङबासी र तपाईको क्षेत्रका बासिन्दाले जिज्ञासा, प्रतिक्रिया वा गुनासाहरु केहि प्रकट गरेका छन् ?
–खासै अहिले जनताहरु घोषणापत्रमा केन्द्रित देखिँदैन । केहि व्यक्तिहरु मात्र यस विषयमा बहस गर्न चाहन्छन् । हाम्रो घोषणापत्रमा खासै गुनासाहरु गरेको सुनेको छैन ।
६.घोषणापत्रको बारेमा बुझाउन नसक्नु नेताहरुको कमजोरी जस्तो लाग्दैन तपाईलाई ?
तपाईले भन्नुभएको कुरा निश्चित नै सहि हो । यस विषयमा म पनि स्वीकार्य छु । देशको ठूलो पार्टीको केन्द्रिय नेताको हैसियतले त्यसको हिस्सेदार म पनि हुँ । तर जुन तपाईले सोध्नुभएको पश्न छ, हिजोको पुरानो संसदिय परिपाटि र ब्यबस्थाको धाँदलिलाई अन्त्य गर्न नसक्नुका कारण यस्तो परिपस्थिति सिर्जना भएको हो ।
७.समग्र धादिङलाई हेर्दा के लाग्छ, तिनवटै क्षेत्रमा जित्ने सम्भावना छ या निराशा हुनुपर्ने अवस्था छ ?
–धादिङको ३ वटै क्षेत्रमा जित्ने सम्भावना मात्र होईन निश्चित नै छ । देशको राजनीतिक मुद्धा र महिला, दलित, उत्पिडित जनताका लागि लडेर अधिकार सुनिश्चित गर्न प्रतिवद्ध भएको पार्टी एकीकृत माओवादी मात्र हो । हाम्रो पार्टीको बिकल्प छैन । अमेरिकि एक सँस्थाले गरेको सर्वेक्षणमा समेत हाम्रो पार्टी अगाडी मात्र होईन जनताको पार्टीको रुपमा स्थापित भएको देखाएको छ । हाम्रो पार्टीले धादिङको ३ वटै क्षेत्रमा जित्ने र देशैभरिबाट अत्याधिक बहुमत ल्याउने कुरामा ढुक्क हुन सकिन्छ ।
८.निर्वाचनमा महिलाप्रति एकीकृत माओवादी त्यति उदार हुन सकेन, महिलाहरुको उमेदवारी प्रतिनिधित्व कम भयो भन्ने भनाई यदाकदा बाहिर आएको छ नी ?
–संविधानसभाको ३३ प्रतिशत महिला प्रतिनिधित्व घट्ने मैले पनि देखेको छु । हामीले विगतको निर्वाचनको समयदेखि नै महिला मुक्ति र प्रतिनिधिको विषयमा ठूलो संघर्ष ग¥यौँ । एकीकृत माओवादीको महिला मातृ संगठनको म सचिव हुँ । त्यस्तै अन्तरपार्टी महिला संजालको महासचिव पनि भएको नाताले पनि हामीले महिला प्रतिनिधिको बारेमा शसक्त कुरा उठाएका नै हौँ । त्यसको नाताले पनि मैले सबै मोर्चाहरुमा महिला सहभागीता सुनिश्चित गनुपर्छ भन्दाभन्दै पनि अन्ततः प्रतिनिधित्व कम हुन गएको छ । हाम्रो पार्टीको कारण भन्दा पनि अरु पार्टीको कारण यस्तो अवस्था आएको हो । ३३ प्रतिशत नै पु¥याउने हाम्रो पार्टीमा पनि आँट भने कम नै भएको हो ।
९.जनताको पार्टी मात्र भएन नी त, बोलेको कुरा पु¥याउनुपर्ने होईन र ?
अधिकारको बारेमा आवाज बोल्नका लागि अरु पार्टीभन्दा हाम्रो पार्टी धेरै नै अगाडी छ । पिछडा वर्गका अधिकारका बरेमा स्पष्ट मुद्धाहरु हामीसँग छ । त्यसकारण पनि १–२ प्रतिशत प्रतिनिधित्व तलमाथि भयो भन्दैमा मुद्धाहरु ओझेलमा पर्छ भन्ने छैन । हाम्रो पार्टी बोलेर भन्दा गरेर देखाउन प्रतिबद्ध छ ।
हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?
">See all videos');
document.write('
<\/script>"); ?max-results=8">Video Category
'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
Template
dailyvid
samabesionline.com. Powered by Blogger.