business news National news Tekman photo Top News,
सिम्रिकको उडानले लुक्लालाई राहत
Posted by Unknown
Published on Tuesday, November 5, 2013

२० कात्तिक,सोलुखुम्बु । एक वर्षदेखि बन्द रहेको अग्नि एयरका विमानहरू भाडामा लिएर उडाउन थालेको सिम्रिक एयरलाइन्स प्रालिले लुक्लामा समेत उडान राखेपछि सोलुखुम्बुमा केही राहत महसुस गरिएको छ । मुलुककै आकर्षण मानिने सगरमाथा प्रवेशद्वार लुक्लामा हवाई सेवाको अभाव हुँदा यहाँ आएका पर्यटक निराश भएर फर्किन थालेका थिए । गत असोज महिनादेखि सिम्रिक एयरलाइन्सले लुक्लामा नियमित उडान राखेपछि पर्यटन क्षेत्रले केही राहत महसुस गर्न थालेको हो ।
जहाज अभावमा सोलुखुम्बुको खुम्बु क्षेत्र जाने पर्यटक भ्रमण तालिका परिवर्तन गरी अन्तै जान थालेका थिए । सिम्रिकले उडान राख्नुअघि लुक्लामा दुई जहाजले सीमित उडान मात्र राख्दा पर्यटकले सास्ती भोग्नुपरेको थियो । हाल लुक्लामा सिम्रिक एयरसहित सीता एयर, तारा एयर र मकालु एयरवेजले उडान भर्दैै आएका छन् । सीताले दिनमा चार उडान गर्ने गरेको छ । पहिले सीताका १८ सिटे दुई जहाजले दैनिक १० देखि १२ उडान गर्दै आएको थियो । मकालु एयरवेजले पनि चार उडान गर्छ । तर यसको सिट क्षमता आठ मात्र हो । पहिले अग्नि र नेपाल वायु सेवा निगमका जहाजले पनि सेवा दिइरहेका थिए । सबैभन्दा बढी उडान गरिरहेको तारा एयरको जहाजले दिनमा ३० देखि ४० उडानसम्म गर्दै आएको तारा एयर लुक्लाले जनाएको छ । सबै वायु सेवा कम्पनीका जहाजका गरी दैनिक ६५ देखि ७० वटा उडान राख्दासमेत पर्याप्त नभएको सम्बन्धित वायु सेवा कम्पनी सञ्चालकहरू बताउँछन् ।
नेपाल नागरिक उड्ड्यन प्राधिकरणका अनुसार अहिले गत वर्षको तुलनामा ६२ प्रतिशत उडान सङ्ख्या घटेको छ । लुक्लामा सिजनका बेला मौसम सफा भए बिहान ७ देखि अपराह्न ३ बजे सम्ममा ८० उडान हुने गर्थे । दिउँसो तीव्र हावा बहेको बेला भने उडान केही समयका लागि स्थगित गर्नुपर्छ । विश्वका उत्कृष्ट १० गन्तव्यभित्र परेको सगरमाथा क्षेत्रमा बर्सेनि ३६ हजारभन्दा बढी बाह्य पर्यक आउने गर्दछन् । रासस
हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?
">See all videos');
document.write('
<\/script>"); ?max-results=8">Video Category
'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
Template
dailyvid
samabesionline.com. Powered by Blogger.