Welcome Guest!
twitter facebook rss

,

आज गोबद्र्धन तथा म्हः पूजा

१८ कात्तिक, काठमाडौं । आज यमपञ्चकको चौथो दिन समस्त नेपालीको घर आँगनमा परम्पराअनुसार गोरु पूजा, गोवर्धन पूजा र म्हःपूजा गरिँदै छ ।आज नेपालीहरुले आ–आफ्नो घर आँगनमा गाईको गोबर र रातोमाटोले लिपपोत गरी गोवर्धन पर्वतको आकृति बनाई गोवर्धन पूजा गर्दछन् । आज समस्त कृषकजनले विशेष गरी गाईको बाच्छो वा गोरुको पूजा गर्ने गर्छन् । गोरुले कृषकको जमिन जोत्न र गाडा तान्न सहयोग गरेकाले विभिन्न परिकार नाङ्गलामा राखी गोरुलाई खुवाउने र पूजा गर्ने परम्परा छ । गाईको गोबरले घर तथा आँगन लिपपोत गर्नाले अन्य शत्रु जीवाणुले आक्रमण गर्न सक्दैन भन्ने विश्वास गरिन्छ ।
आज गोबरको पूजा गर्ने दिन भएकाले कृषकहरुले गोबरलाई सम्मान गर्ने गर्दछन् । गोबरबाट प्राङगारिक मल बनाई विषादीरहित फसल उत्पादन गर्नसक्ने भएकाले पनि गोबरको पूजा गर्ने चलन परम्परादेखि नै चल्दैआएको पण्डित गोविन्द वाग्लेले बताउनुभयो । गोबरलाई परम्परादेखि नै इन्धनको रुपमा पनि प्रयोग गरिँदै आएको छ । गाईको गोबरबाट तयार गरिएको गुइँठाबाट खानेकुरा पकाउने चलन अझै कायम छ ।
गाईवस्तु पाल्ने कृषकका लागि घाँसपात उपलब्ध गराएर सहयोग पु¥याउने भएकाले पर्वतको प्रतिनिधि गोवद्र्धन पर्वतको पनि आजै पूजा गरिन्छ । गाईको गोबरको पर्वत तथा कुण्ड बनाई अनेक तरहले गोवर्धन पर्वतलाई पूजा गर्ने परम्परा नेपाली समाजमा छ । द्वापरयुगमा भगवान् श्रीकृष्णले आफ्नै हातले गोवद्र्धन पर्वत उचाली गोकुलवासीलाई वर्षाबाट बचाई इन्द्रको घमण्ड नष्ट गरिदिनु भएकाले त्यसै बेलादेखि गोवर्धन पर्वतकोे पूजा गर्ने चलन चलेको हो भन्ने धार्मिक विश्वास रहेको छ । त्यसैगरी आजै नेवार समुदायमा पनि साँझ परिवारका सम्पूर्ण व्यक्ति बसी म्हःपूजा अर्थात् आत्मपूजा गर्ने चलन छ ।
संसारमा सबैभन्दा ठूलो आत्मा हो । आत्मा सन्तुष्ट भए देवता खुसी हुने र सबै काम फलिफाप हुनाका साथै जीवन पनि सार्थक हुने विश्वासका साथ यो पूजा गरिँदै आएको धार्मिक मान्यता  पाइन्छ । म्हःपूजा अर्थात स्वयम् पूजा गर्ने प्रथा नेवारी समुदायको ठूलो पर्व हो । नेवारी भाषामा म्हःको अर्थ शरीर हो । यस दिन परिवारको प्रत्येक सदस्यलाई घरमूलीले पूजा गर्ने चलन छ ।

हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?

">See all videos'); document.write('

<\/script>"); ?max-results=8">Video Category

'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

Template

dailyvid


samabesionline.com. Powered by Blogger.

Search This Blog

सबैभन्दा बढि पढिएका

Latest Posts

Sponsored By

Featured Video

Our Sponsors

Our Sponsors

Visit Nepal Info and Guide