Sport news Tekman photo Top News,
सफल पोखराकपको उपाधि मनाङलाई
Posted by Unknown
Published on Saturday, November 2, 2013
पोखरा, १७ कात्तिक । मनाङ मस्र्याङ्दी क्लबले दश खेलाडीमा सिमित थ्री स्टार क्लबलाई २–१ गोलअन्तरले पराजित गर्दै तेस्रो सफल पोखरा कप अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि रक्षा गरेको छ । पोखरा रङ्गशालामा शनिबार सम्पन्न फाइनल खेलमा मनाङलाई लगातार दोस्रोपटक सफल कपको उपाधि दिलाउने क्रममा विशाल राई नायक सावित भए । विशालले अतिरिक्त समयको १०२ औं मिनेटमा गोल गरेपछि ए डिभिजन लिग च्याम्पियन थ्री स्टार २–१ ले स्तब्ध भएको हो ।
विशालले, कप्तान सागर थापाको प्रहार थ्री स्टार किपर किरण चेम्जोङले पञ्च गरेपछि रिवाउण्ड बललाई पोस्टको दिशा दिएका थिए । यसअघि निर्धारित समयमा दुवै टिमले एक÷एक गोलको बराबरी खेलेका थिए । प्रतिस्पर्धात्मक र रोमाञ्चक खेलको ३८ औं मिनेटमा स्ट्राइकर सन्तोष साहुखलले कर्नरमार्फत उत्कृष्ट गोल गर्दैै थ्री स्टारलाई एक शून्यको अग्रता दिलाएका थिए । तर थ्रिस्टारले आफ्नो अगैता धेरै समय भने जोगाउन सकेन ।
पोखरेली दर्शकको भरपुर साथ पाएको मनाङले पहिलो हाफको अन्तिम मिनेटमा सुजल श्रेष्ठको पेनाल्टी गोलमार्फत बराबरी गोल फर्कायो । शिव श्रेष्ठको प्रहारमा थ्रीस्टारका सरोज दाहालले ह्याण्ड गरेपछि मनाङले पेनाल्टिको अवसर प्राप्त गरेको थियो । वर्षासँगै सुरु भएको दोस्रो हाप थप प्रतिस्पर्धात्मक बनेको थियो । दुवै टिमले पाएका अवसर सदुपयोग गर्न नसक्दा अग्रता दोब्बर बनाउने अबसर खेल फालेका थिए । स्ट्राइकर अनिल गुरुङ वान भर्सेस वानमा चुक्दा मनाङ चुकाउन पुगेको थियो । त्यस्तै थ्री स्टारका डोडोजको सशक्त प्रहार मनाङ किपर विशाल श्रेष्ठले उत्कृष्ट बचाउ गरेका थिए ।
७३ औं मिनेटमा मनाङकै पूर्व खेलाडीसमेत रहेका सविन्द्र श्रेष्ठ दोहोरो पहेलो कार्डको सिकार बनेपछि थ्रीस्टार दस खेलाडीमा समेटिएको थियो । तर खेलको नियमित समयमा मनाङले गोल फर्काउन सकेन । उपाधिसँगै मनाङले तीन लाख ५५ हजार नगद पुरस्कार पायो भने उपविजेता थ्री स्टारले दुई लाख एक हजारमा चित्त बुझायो । प्रतियोगिताको उत्कृष्ट डिफेन्डर थ्री स्टारका सन्दीप राई घोषित भए त्यस्तै उत्कृष्ट मिडफिल्डर मनाङका शिव श्रेष्ठले हात पारे ।
उत्कृष्ट स्ट्राइकर प्रतियोगितामा सर्वाधिक पाँच गोल गरेका हङकङ नेपाली फुटवल एसोसिएशनका भिक्टर नाजिज घोषित भए । मनाङका गोलकिपर विशाल श्रेष्ठ उत्कृष्ट गोलकिपर बन्न सफल भए भने प्रशिक्षक हेमन्त आले घोषित भए । विजेता सबैले जनही १५ हजार पुरस्कार पाए । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी मनाङका स्ट्राइकर दीपक राईले मोटरसाइकल पुरस्कार पाए । जारी सिजनमा मनाङको यो तेस्रो उपाधि हो । यसअघि वैसाखमा भएको गोर्खाकप फुटबलको उपाधि जितेको थियो भने त्यसको दुई महिनापछि भुटानमा किङ्स कप फुटबलको उपाधि उचालेको थियो ।
हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?
">See all videos');
document.write('
<\/script>"); ?max-results=8">Video Category
'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
Template
dailyvid
samabesionline.com. Powered by Blogger.