breakingnews business news,
राजस्व र विप्रेषणले मात्र अर्थतन्त्र धान्न सक्दैन
								Posted by Unknown
								Published on Tuesday, October 1, 2013
काठमाडौँ, १५ असोज । नेपाल उद्योग वाणिज्य महासङ्घले विप्रेषण र राजस्वले मात्र मुलुकको अर्थतन्त्र धान्न नसक्ने भन्दै उत्पादनमूलक क्षेत्रमा लगानी बढाउने वातावरण तयार गर्न सरकारसँग आग्रह गरेको छ । महासङ्द्धारा राजधानीमा मंगलबार आयोजित आर्थिक पत्रकारसँग आयोजना गरेको छलफल कार्यक्रममा मुलुकको अहिलेको विषम राजनीतिक परिस्थितिमा आर्थिक गतिविधिले अपेक्षित गति लिन नसकेकामा महासङ्घले चिन्ता प्रकट गरेको छ । 
महासङ्घका वरिष्ठ उपाध्यक्ष भाष्करराज राजकर्णिकारले राजनीतिक दलहरूले आर्थिक विकास र उत्पादन वृद्धिका साझा कार्यक्रम घोषणापत्रमार्फत सार्वजनकि गर्नुपर्ने माग गर्दै राजनीतिक दलबीच मतभेद भए पनि आर्थिक विकासका मुद्दामा सबै एकमत हुनुपर्नेमा जोड दिनुभयो । 
अर्का उपाध्यक्ष पशुपति मुरारकाले देशको सामाजिक–आर्थिक विकासका लागि उद्यमी–व्यवसायी सरकारसँग हातेमालो गरेर अघि बढ्न चाहन्छ भन्दै पछिल्लो समयमा आफूहरूले झेल्नुपरेको चन्दा आतङ्कबाट उद्योगधन्दा नै धरासायी हुने अवस्था सिर्जना भएको गुनासो गर्नुभयो । त्यसैगरी उपाध्यक्ष प्रदीपजङ्ग पाण्डेले राष्ट्रको आर्थिक उन्नतिका निम्ति सञ्चारकर्मीले निर्वाह गरेको भूमिकाको सराहना गर्दै पत्रकारलाई अझ विश्लेषणात्मक एवम् अनुसन्धानमूलक समाचार सम्प्रेषण गर्न आग्रह गर्नुभयो । 
हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?
">See all videos');
document.write('
<\/script>"); ?max-results=8">Video Category
'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
Template
dailyvid
samabesionline.com. Powered by Blogger.




 

