National news Top News,
आज बडादशैंको आठौं दिन, नवदुर्गा भवानीको पूजा आराधना गरी देशभर महाष्टमी पर्व मनाईंदै
Posted by Unknown
Published on Friday, October 11, 2013
काठमाडौं, असोज २६– आज शनिबार, बडादशैंको आठौं दिन, नवदुर्गा भवानीको पूजा आराधना गरी देशभर महाष्टमी पर्व मनाईंदैछ । आश्विन शुक्ल प्रतिपदाका दिन पूजाकोठा, दशैंघर अथवा मण्डपममा वैदिक विधिपूर्वक घटस्थापना गरिएको ठाउँमा महाष्टमीको दिन बिशेष भक्तिपूर्वक पुजाआजा गरिन्छ । मध्यरातमा बलि सहित कालरात्रिको पूजा गर्ने चलन छ ।
महाष्टमी पर्वको अवसरमा बिहानैदेखि देशभरी शक्तिका प्रतीक महाकाली, महालक्ष्मी, महासरस्वती र देवी भगवतीका मन्दिरहरुमा भक्तजनहरुको घुईंचो लागेको छ । काठमाडौं उपत्यकाका दक्षिणकाली, गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, नक्साल भगवती, शोभा भगवती, भद्रकाली, बिजेश्वरी, ईन्द्रायणी, नरदेवी, बज्रवाराही, रक्तकाली, संकटा, बंगलामुखी लगायत शक्तिपीठहरुमा बलि चढाउने र पूजाआराधना गर्नेहरुको बिहानैदेखि घुईंचो छ ।
काभ्रेको पलान्चोक भगवती, बनेपाको चण्डेश्वरी, गोरखाका गोरखकाली तथा मनकामना, सप्तरीको छिन्नमस्ता, नुवाकोटको नुवाकोट भैरवी, डोटीको शैलेश्वरी, धरानको दन्तकाली, नेपालगंजको बागेश्वरी र भोजपुरको सिद्धकाली लगायतका शक्तिपीठहरुमा पनि दर्शनार्थीको भीड लाग्छ ।
हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?
">See all videos');
document.write('
<\/script>"); ?max-results=8">Video Category
'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
Template
dailyvid
samabesionline.com. Powered by Blogger.





