Welcome Guest!
twitter facebook rss

,

निर्वाचन मितीको विषयमा अझै जुहारी जारी


all party meeting२९ भाद्र, काठमाडौं । उच्चस्तरीय राजनीतिक समितले वर्तमान सरकारकै नेतृत्वमा मंसिर ४ गते निर्वाचन सम्पन्न गर्नुपर्ने निष्कर्ष निकालेको छ । समितीको कार्यलय नयाँ बानेश्वरमा आज साँझ बसेको बैठकले निर्वाचनको मिती सारिए देशलाई अस्थिरता, अन्यौलता र अराजकतातर्फ धकेल्ने भन्दै निर्वाचनलाई सुनिश्चित गर्न वर्तमान सरकारको निरन्तरता अहिलेको अपरिहार्यता भएको निष्कर्ष निकालेको हो । बैठकले मिति सार्ने र सरकार परिवर्तनबाहेक बाँकी प्राविधिक र विभिन्न पक्षलाई संयोजन गरी समेटेर लैजान नेकपा–माओवादीलगायतका दलहरुसँग सहमतिका लागि आग्रह गर्ने निर्णय पनि गरेको छ ।

बैठकपछि प्रतिक्रिया दिँदै नेकपा एमालेका नेता रघुजि पन्तले मंसिर ४ मा नै निर्वाचन गर्नुपर्ने र त्यसो हुन नसकेमा राजनीतिक गतिरोध लम्बने बताउनुभयो । नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले मङ्सिर ४ को निर्वाचनको मिति सार्ने र सरकार परिवर्तन गर्दा देश थप अन्यौल र अस्थिरतामा फस्ने भएकाले दुबै परिवर्तन नगर्ने पाँच दलबीच सहमति भएको बताउनुभयो ।

बैठकमा एकीकृत माओवादीका नारायणकाजी श्रेष्ठ, पोष्टबहादुर बोगटी, कृष्णबहादुर महरा, नेपाली काँग्रेसका सभापती शुशिल कोईराला, नेता शेरबहादुर देउवा, उप–सभापती रामचन्द्र पौडेल, नेताहरु अर्जुननरसिह केसी, मिनेन्द्र रिजाल र एमालेका नेताहरु रघुजि पन्त्र र अग्नि खरेल लगायतका नेताहरु सहभागी हुनुहुन्थ्यो । राष्ट्रपति डा रामवरण यादवले आह्वान गर्नुभएको सर्वदलीय छलफल भोलि दिउँसो १ बजे राष्ट्रपति कार्यालय शीतलनिवासमा पुनः बस्ने छ ।
हिजो भएको सर्वदलीय छलफलमा नेकपा–माओवादीले प्रस्तुत गरेको चारबुँदाका बारेमा दलहरुले आज आन्तरिक छलफल गर्न समय माग गरेपछि छलफल आइतबारका लागि स्थगन भएको थियो । नेकपा माओवादीले प्रधानन्यायाधिस पदबाट मन्त्रीपरिषद्का अध्यक्ष खिदराज रेग्मीले राजिनामा दिनुपर्ने, रेग्मीकै नेतृत्वमा राजनीतिक सहमतिको सरकार, राष्ट्रिय सहमतिका लागि गोलमेच सभाको आयोजना र निर्वाचन चैत्रमा गर्नुपर्ने अडान राखेको छ । उच्चस्तरीय राजनीतिक समितिमा आबद्ध दल र नेकपा–माओवादीसहितको ३३ दललाई निर्वाचनका विषयमा छिटोभन्दा छिटो सहमतिमा पुग्न राष्ट्रपति डा यादवले हिजो सर्वदलीय छलफल डाक्नुभएको थियो । 

हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?

">See all videos'); document.write('

<\/script>"); ?max-results=8">Video Category

'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

Template

dailyvid


samabesionline.com. Powered by Blogger.

Search This Blog

सबैभन्दा बढि पढिएका

Latest Posts

Sponsored By

Featured Video

Our Sponsors

Our Sponsors

Visit Nepal Info and Guide