Tekman photo Tourism,
धदिङको एक झलक----pramod bhatta
								Posted by Unknown
								Published on Tuesday, August 13, 2013
यस भु भागमा डाफे र मूजुर एकै चोटि डम्फु र मादलको तालमा नाच्छन् भने कोइली र मुनाल रमाइलो भाकामा गाउछन् । यस वाहेक यहा सुन,तामा,फलाम,सिसा,अभ्रक आदीका खानी छन् भने देश भरलाई चाहिने भवन निर्माण गर्न र छाना छाउन पुग्ने किसिम किसिमका ढुङ्गा खानी छन् । यसरी नै यो भु भाग मानपाङ,कास्टे,आसी,थोपल,महेश,त्रिसुली,वुढिगण्डकी जस्ता नदिहरुले सु सिञ्चित भएको पाइन्छ । लेक,वेशी,टार,खर्क,खोच,गल्ली र वनपाखामा अत्यन्त मनोरम द«ष्य पनि उत्तीकै भेटिन्छ । यसरी यो जिल्ला ऐतिहासिक,सास्कृतिक,राजनैतिक,प्राकृतिक आदि विविध गरीमाले जसरी प्रख्यात छ त्यसरी नै भाषा,साहित्य र वालसाहित्यका क्ष्ँेत्रमा पनि प्रसिद्द छ ।परन्तु समुचित सोध,खोज र अनुसन्धानको अभावमा कतिपय प्रतिभा अन्धकारको गर्भमा नै छन् । परापुर्वक काल देखी नै यो जिल्ला लोकसाहित्य र लोक वाल साहित्यका फाटमा सुविख्यात छ ।
अवस्थिती
२७ डिग्री ४० मिनेट उत्तर अक्ष्ाँंश तथा ८४ डिग्री ३८ मिनेट पुर्व देखी ८५ डिग्री १६ मिनेट देशान्तर सम्म फैलिएको धादिङ जिल्लाको पुर्वमा काठमान्डौ,नुवाकोट र रसुवा जिल्ला पश्चिममा गोरखा जिल्ला उत्तरमा चिनको स्वशासित क्ष्ँेत्र तिब्वत र दक्ष्ँिणमा मकवानपुर र चितवन जिल्ला पर्दछ ।
यस जिल्लाको सुदुर उत्तरी भागमा रहेको लापा र तिप्लीङ गा वि स तिब्वत(चिन) को भु भाग संग जोडिएकाले धादिङको उत्तरी सिमानामा अन्तराष्ट्रीय सिमारेखा रहेको छ । धादिङ नाम चेपाङ भाषाबाट भएको पाईन्छ । उक्त भाषामा धा भनेको देवता र दिङ भनेको आगाको ज्वाला भन्ने हुन्छ । चेपा वस्ती भएको यस जिल्लामा ज्वालामुखी माईको मन्दिर पनि भएकाले धादि भन्ने नाम सार्थक हुन गएको पाइन्छ । सल्यानकोट गा वि स र आगिन्चोक गा वि स मन रहेको सल्यानकोटदेवीको मन्दिर महत्वपुर्ण शक्तीपिठ मध्यको एक मानिन्छ । उक्त मन्दिर सल्यानकोटका राजा राम शाह द्दारा स्थापना गरिएको भन्ने भनाइ छ । सल्यानकोटमा सल्यानकोटदेविको माइती तथा मावली र आगिन्चोक १ मा घर रहेको भनी बिभिन्न तिर्थमा सल्यानकोटदेवीलाई माइती,मावली तथा घर लैजाने पर्व मनाइन्छ र पुजा आराधना गरिन्छ । नुवाकोट आक्रमणमा निस्केका राष्ट निर्माता पृथ्विनारायण शाहलाई हांसे भन्ने ठांउमा राती बास बसेका बेला सपनामा यिनै देविले खड्क बरदान दिएकी थिइन भनि इतिहासमा पनि लेखिएको छ ।
ढोला गा वि स वडा नं ९ मा अवस्थित एक अति चर्चित धार्मिक स्थल मण्डलीमाईको स्थान जहां स्वदेश तथा विदेशबाट अधिकतम पुरुष भक्तजनहरु आर्ई पाठी अर्पण गर्ने नर्छन् । छिमेकी राष्ट भारत र नेपालको विभिन्न ठाउबाट प्रत्यक हप्ताको मंगलबार करीव ४०० पाठीको बली दिइने परम्परा बिद्यमान छ ।
खरी गा वि स मा रहेको त्रिपुरासुन्दरीको मन्दिर,सुनैलाबजारको भैरबी मन्दिर,आगिन्चोकको श्री सुन्दरी देविको मन्दिर तथा जलेश्वरी मन्दिर आदि धेरै मन्दिर एवम् धार्मिक स्थलहरु यस जिल्लामा रहेका छन् । आगिन्चोक ५ मा रहेको स्फटिकको खम्बा नामक स्थान छ विष्णुपुराणमा उल्लेख भए अनुसार आफ्ना भक्त प्रलादलाई वचाउनका लागि हिरण्यकशीपुलाई मार्न नृसिंह अवतार भगवान र हिरण्यकशीपुका बिच संग्राम भएर हिरण्यकशीपुको रगत बगेको भनी संग्रामे खोला भन्दै अहिले पनि संग्रामे खोलाको पानी नखाने मान्छेहरु पाइन्छ । त्यस्तै खड्कदेवि मन्दिर मैदी र मैदीकोट पनि महत्पिुर्ण छन् । मैदीकोटमा एकिकरण कर्ता पृथ्विनारायण शाहको ब्रतबन्ध गरिएको ऐतिहासिक तथ्य छ ।
जातीय समुदाय र पेशा
धादिङ जिल्लामा अधिक वा निम्न संख्यामा रहेका गरी ६८ भन्दा वढी जातीका मानिसहरु बसोबास गर्दछन् । तामाङ,क्ष्ँेत्री,ब्रामह्ण जाती यहाका बहुसंख्यक जाती हुन् । त्यस पछि मगर,गुरुङ र नेवार जातीहरु पर्दछन् । सार्की कामी दमाइको संख्या पनि प्रशस्त रहेको छ । त्यस पछिको धेरै संख्यामा रहेको जाती चेपाङ हो । चेपाङ जातीका मानिसहरु यस जिल्लाको पश्चिम तिर वसोवास गर्दछन् । वाहिर बाट काडमान्डौमा भित्र्याइने तरकारी मध्य २० प्रतिशत तरकारी धादिङबाट जाने गर्छ । त्यस्तै धादिङको महेश तथा त्रिसुली नदीबाट निकालिएको बालुवा तथा गिटीबाट धादिङ जिल्लाले बार्षिक ५ करोड कर प्राप्त गर्ने गर्छ । त्यस्तै पृथ्वी राजमार्गको होटल व्यवसाय पनि धादिङको भरपर्दाे आयश्रोतको माध्यम हो ।
राजनैतिक विभाजन
धदिङ जिल्लाको सिमानाको बारेमा सुरुमा नै उल्लेख भइसकेको छ । यस जिल्लामा नेपालको संविधान २०४७ कार्यन्वयन पछि जनसंख्याका आधारमा संसदीय निर्वाचन क्ष्ँेत्र निर्धारण गरीसके पछि तिन वटा निर्वाचन क्ष्ँेत्रहरु रहेका छन् त्यस्तै जिल्ला विकास समीतिका १३ वटा इलाका तथा ५० वटा गा वि स हरु रहेका छन् । हाल जिल्ला सदरमुकाम धादिङवेशी रहेको निलकण्ठ गा वि स लाई नगरपालिकामा प्रस्तावित गरिएको छ । त्यस्तै नगरोन्मुख गा वि स हरु सल्यानटार र गजुरीमा नगर विकास समीतिको गठन गरिएको छ । धादिङ जिल्लाको संसदीय निर्वाचन क्ष्ँेत्र नं १ मा २० वटा गा वि स हरु रहेका छन् । ति हुन लापा,री,गुम्दी,तिप्लिङ,सेर्तुङ,झार्लाङ,दार्खा,सत्यवती,फुलखर्क,बसेरी,वुढाथुङ,मुलपानी,सल्यानकोट,त्रिपुरेश्वर,आगिञ्चोक,सल्यानटार,सेम्जोङ मार्पाक,कटुन्जे र धुवाकोट रहेका छन् । त्यस्तै क्ष्ँेत्र नं २ मा १६ वटा गा वि स हरु रहेका छन् ती हुन् चैनपुर,मुरलिभञ्ज्याङ,खरी,ढोला,ज्यामरुङ,साङ्कोष,निलकण्ठ,खाल्टे,सुनौलाबजार,कल्लेरी,गोगनपानी,कवलपुर,मैदी,कुम्पुर,नलाङ र सलाङ रहेका छन् । त्यस्तै निर्वाचन क्ष्ँेत्र नं ३ मा १४ वटा गा वि स हरु रहेका छन् । ती हुन जिवनपुर,छत्रेदेउराली,नौबिसे, थाक्रे,तसर्पु,भुमेस्थान,वैरेनी,पिडा,किरान्चोक,गजुरी,महादेवस्थान,बेनिघाट,धुसा र जोगिमारा रहेका छन् ।
नेपालको मानचित्रमा धादिङ जिल्लाको अवस्थिती विशेष गरी भौगोलिक सन्दर्भमा छोटकरीमा प्रस्तुत गर्ने प्रयास गरेको छु । जिल्लाको सम्पुर्ण भौगोलिक परिस्थितिको विशीष्ठ अध्ययन एवम् अनुसन्धान भइरहेको अवस्थामा प्राप्त तथ्यमा आधारित रहेर धादिङको भौगोलिक विषयवस्तुलाई यसमा उल्लेख गरिएको छ । जिल्ला भरीको समग्र अवस्थाका बारेमा व्यापक रुपले उल्लेख गर्न एउटा लेखमा मात्र सम्भव हुने कुरा होइन । त्यसैले लेख्ने क्रममा कुनै गल्ती वा कमिकमजोरी भएमा क्ष्ँमा याचना प्रकट गर्दै सुझाव सल्लाह र प्रतिक्रीयाका लागि हार्दिक अनुरोध गर्दछु । अस्तु
हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?
">See all videos');
document.write('
<\/script>"); ?max-results=8">Video Category
'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
Template
dailyvid
samabesionline.com. Powered by Blogger.




 

