Political News,
चार दलिय सिन्डिकेटको खारेजीपछि मात्र निर्वाचन
								Posted by Unknown
								Published on Saturday, August 3, 2013
१९ श्रावण। काठमाडौं । संघीय समाजवादी पार्टीका अध्यक्ष अशोक राईले चार दलिय सिण्डिकेटको रुपमा रहेको उच्चस्तरीय राजनीतिक समिति भंग हुने वित्तिकै संविधानसभा निर्वाचनको बातावरण बन्ने दावी गरेका छन् । हिमालय टेलिभिजनमा आज राती नौ बजेर पाँच मिनेटमा प्रशारण हुने द आरडी सोका लागि ऋषि धमलासँगको कुराकानीमा उनले अहिलेसम्म राजनीतिक समितिको गतिविधीको कारण चुनावको बातावरण बन्न नसकेको भन्दै चारदलले विगारेको बातावरण समितिको खारेजीसँगै बन्ने बताए । 
उनले आफूहरुले प्रधानन्यायाधिसको पदबाट राजिनामा नमागेकोले खिलराज रेग्मी नेतृत्वको सरकारले नै चुनाव गराउँदा आफूहरुलाई कुनै आपत्ति नहुने भन्दै ११ र २५ बुँदे आदेशमा समान्य संसोधनको माग मात्रै गरेको स्पष्ट पारे । संविधानसभाबाटै संविधान निर्माण गर्नुपर्ने पक्षमा रहेको उल्लेख गर्दै राईले अहिलेको प्रक्रियको विरोध गरिरहेका मोहन बैद्य र उपेन्द्र यादव समूहसँग सहकार्य हु नसक्ने स्पष्ट पारे ।
राईले नेपाल बहुभाषिक, बहुजातीय र बहु सास्कृतिक मुलुक भएकोले यहाँ एकल जातीय पहिचान यूक्त संघीयता नहुने भन्दै आफूहरु एकल जातीय पहिचान यूक्त संघीयताको पक्षमा नभएको बताए । उनले भने–नेपाल अखण्ड हुनु पर्छ । उनले मोहन बैद्य समूहले राष्ट्रियताकोलागि राजासँग सहकार्य गर्ने भनि ब्यक्त गरेको भनाई बेमौसमी भएको टिप्पणी पनि गरे ।

हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?
">See all videos');
document.write('
<\/script>"); ?max-results=8">Video Category
'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
Template
dailyvid
samabesionline.com. Powered by Blogger.