business news,
झापा विद्युत चोरीबाट मुक्त क्षेत्र घोषणा
								Posted by Unknown
								Published on Wednesday, August 14, 2013
सो अवसरमा आयोजित कार्यक्रममा झापाका प्रजिअ एकमणि नेपाल, नेपाल विद्युत प्राधिकरण क्षेत्रीय कार्यालय विराटनगरका प्रमुख दीपकराज आचार्य र विभिन्न राजनीतिक पार्टीका नेताहरुको उपस्थितिमा ती गाविस र नगरपालिकाको नाम सार्वजनिक गरिएको थियो । 
सोअनुरुप भद्रपुर र मेचीनगरपालिकाका साथै शान्तिनगर चन्द्रगढी, जलथल, पृथ्वीनगर, केचना, पाठामारी, बालुबारी, घेराबारी, दुवागढी, बाहुनडाँगी गाविस छन् । त्यसैगरी पथरिया, हल्दिबारी, ज्यामिरगढी, महेशपुर, खुदनाबारी, बनियानी, धाइजन, बुधबारे गाविसरहेको नेपाल विद्युत प्राधिकरण भद्रपुरका प्रमुख कुशेश्वर साहुले जानकारी गराउनुभयो ।
विद्युतको तारबाट अनाधिकृत रुपमा विद्युत चोरी गर्नेहरुमाथि उक्त कार्यालयले गत आवमा सो क्षेत्रका २९९ जनालाई कारबाही गर्दा जरीवानाबापत रु नौं लाख ८७ हजार ६७२ सङ्कलनभएको बताइएको छ । यस क्षेत्रमा दुई वर्षअघि ४० प्रतिशत विद्युत चुहावट भइरहेकामा गत आर्थिकमा त्यो २१ प्रतिशतमा झरेको उहाँले बताउनुभयो । 
हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?
">See all videos');
document.write('
<\/script>"); ?max-results=8">Video Category
'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
Template
dailyvid
samabesionline.com. Powered by Blogger.




 

