National news,
निर्वाचन सार्ने गरी सहमति नगर्ने सम्यन्त्रको भनाई
								Posted by Unknown
								Published on Wednesday, August 7, 2013
२३ श्रावण, काठमाडौं । उच्चस्तरीय राजनीतिक समितिले सरकार विघटन र मंसिर ४ को निर्वाचन सार्ने गरी असन्तुष्ट दलहरुसंग सहमति हुन नसक्ने जनाएको छ । निर्वाचनप्रति असन्तुष्ट दलहरुसंग हिजो भएको वार्ताको समिक्षा गर्न बुधबार बसेको उच्चस्तरीय राजनीतिक समितीको बैठकले यस्तो निश्कर्ष निकालेको हो । समितीको कार्यालय नयाँ बानेश्वरमा बसेको बैठकमा नेकपा माओबादी नेतृत्वको ३३ दलीय मोर्चाले  पेश गरेको १८ बुँदे र फोरम नेपाल नेतृत्वको मोर्चाले पेश गरेको ६ बुँदे मागको बारेमा छलफल भएको बैठकपछि नेताहरुले जानकारी दिएका थिए ।
बैठकमा असन्तुष्ट दलहरुसंग हिजो भएको वार्ताको समिक्षा भएको र ती दलहरुले पेश गरेको मागका बिषयमा तीन दलले आफ्नो पार्टी र मधेशी मोर्चाले मोर्चाका घटक दलहरुमा छलफल गरी सहमतिमा पुग्ने निर्णय गरेको एकीकृत माओवादीका नेता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । वार्तामा पेश भएका मागहरुका बारेमा आ–आफ्नो दलमा छलफल गरेर समितिको धारणा तय गर्ने बताए पनि सहमितिका क्रममा सरकार विघटन र निर्वाचन मिति सार्ने बारेमा भने सम्झौता नगर्नेमा चारवटै राजनीतिक शक्तिवीच एकमत रहेको नेताहरुले दावी गरेका छन् । 
हिजोको वार्तामा नेकपा माओवादी नेतृत्वको मोर्चाले सरकार परिवर्तन, निर्वाचन कार्यक्रम स्थगन, २५ बुँदे आदेश खारेज लगायत १८ बुँदे माग पेश गरेको थियो । यस्तै मधेशी फोरम नेपालको नेतृत्वमा रहेको मोर्चाले प्रधानन्यायधीशबाट खिलराज रेग्मीको राजीनामा, चारदलीय समिति खारेज, लगायतका ६ बुँदे माग अघि सारेको थियो । कयसैबीच, उच्चस्तरिय राजनीतिक समिति र संघीय समाजवादी पार्टीवीच भोली विहान वार्ता हुने भएको छ । वार्ता आज हुने भनिएपनि समय अभावका कारण हुन नसकेको बताइएको छ । 
हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?
">See all videos');
document.write('
<\/script>"); ?max-results=8">Video Category
'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
Template
dailyvid
samabesionline.com. Powered by Blogger.




 

