Welcome Guest!
twitter facebook rss

,

मोर्चा र उच्चस्तरीय राजनीतिक समितिवीच मध्यरातमा ६ बुँदे सहमति

३२ साउन, काठमाडौं । मधेसी जनअधिकार फोरम नेतृत्वको संघीय लोकतान्त्रिक मोर्चा र उच्चस्तरीय राजनीतिक समितिवीच विहीबार मध्यरातमा ६ बुँदे सहमति भएको छ । सहमतिअनुसार मोर्चा मंसिर ४ को चुनावमा भाग लिन सहमत भएको छ । २५ बुँदे बाधा अड्काऊ संशोधन गरी समानुपातिकतर्फको सीट संख्या बढाउन चार दल सहमत भएका छन् ।
राति अबेर गरिएको द्वीपक्षीय सहमतिअनुसार संविधानसभाको सदस्य संख्या ५ सय ८५ बनाइने भएको छ । प्रत्यक्षतर्फ २४० सीटलाई नै कायम राख्न मोर्चा सहमति भएको छ भने समानुपातिकतर्फ ०६४ सालमा जस्तै ३३५ सीट कायम गरिने भएको छ । मन्त्रिपरिषदबाट गरिने मनोनित सीटतर्फ भने ०६४ सालमा २६ र बाधा अड्काऊ आदेशमा ११ सीट रहेकोमा अब १० सीटमात्रै रहने सहमति भएको छ । रेग्मी सरकार गठनका बेलामा भएको बाधा अड्काऊ फुकाउ आदेशमा प्रत्यक्ष र समानुपातिक तर्फ २४०/२४० सीट र मनोतिमा ११ गरी ४९१ सदस्यीय संविधानसभा रहने उल्लेख थियो ।
सहमति अनुसार मतदाता नामावली संकलनका लागि निर्वाचन आयोगले थपेको सात दिने म्याद बढाएर दुई सातासम्म बनाउन आयोगलाई आग्रह गरिने भएको छ । निर्वाचन आयोगले विहीबार एक सूचना जारी गरेर मतदाता नामावली संकलनको म्याद ७ दिनलाई थपेको थियो । सहमति अनुसार उच्चस्तरीय राजनीतिक समितिमा उपेन्द्र यादवको मोर्चालाई समेत सहभागी गराइने भएको छ । त्यसैगरी ‘संविधानका आधारभूत सिद्धान्तका बारेमा सहमति गर्ने कार्य अघि बढाउने’ समेत सहमति भएको छ । संविधानसभाको चुनाव सम्पन्न गर्न आम जनसमुदायलाई अपील गर्ने दुबैपक्षले सहमति गरेका छन् ।
२५ बुँदे बाधा अड्काऊ संशोधन हुने
मोर्चासँग भएको सहमतिअनुसार २५ बुँदे बाधा अड्काऊ फुकाउने आदेश अब संशोधन हुने भएको छ । दलीय सहमतिपछि अब मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिमार्फत् बाधा अड्काऊ फुकाउने आदेशमा संशोधन गरिनेछ ।
वैद्य र राईसँग सहमति हुन बाँकी
चार राजनीतिक दलले मोर्चासँग सहमति गरिसकेपछि अब अशोक राईको संघीय समाजवादी र मोहन वैद्य नेतृत्वको ३३ दलीय मोर्चासँग सहमति गर्न बाँकी छ । राई र वैद्यको मोर्चासँग आजै सहमति गरिसक्ने चार दलको तयारी छ । सबै असन्तुष्ट दलहरुसँग सहमति गरिसकेपछि बाधा अड्काऊ सम्बन्धी आदेश संशोधन प्रक्रिया अगाडि बढाइने नेताहरुले बताएका छन् ।

हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?

">See all videos'); document.write('

<\/script>"); ?max-results=8">Video Category

'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

Template

dailyvid


samabesionline.com. Powered by Blogger.

Search This Blog

सबैभन्दा बढि पढिएका

Latest Posts

Sponsored By

Featured Video

Our Sponsors

Our Sponsors

Visit Nepal Info and Guide