National news,
आमाबाट खुट्टा काटिएकी शिशुलाई आर्थिक सहयोग
								Posted by Unknown
								Published on Wednesday, August 21, 2013
 टेकमान शाक्य । काठमाडौँ, भाद्र ०५ । आफ्नै आमाले दुईवटै खुट्टा काटिदिएपछि राजधानीको शिक्षण अस्पतालमा उपचार गराइरहेकी दिलकुमारी दुवाडीको उपचारका लागि आज आर्थिक सहयोग प्राप्त भएको छ । धादिङ जिल्ला ढोला गाउँ विकास समिती वडा नं. २ तीनघरेकी ३ महिने बालिका दिलकुमारी दुवाडीको उपचारका लागि आर्थिक सहयोग प्राप्त भएको हो । उनको गत आषाढ २५ गते मानसिक सन्तुलन गुमाएकि आफ्नै आमाले खुट्टा काटिदिएकि थिइन् ।

समावेशी अनलाईन डट कममा गत सोमबार प्रकाशित समाचारको प्रभावले नारी जागरण केन्द्र धादिङकी अध्यक्ष भगवती उप्रेती र मंगलबार प्रकाशित समाचारको प्रभावले पर्यटन व्यबसायी धादिङ ज्यामरुङ्गका रामप्रसाद सापकोटा कमलले दुवाडीलाई आर्थिक सहयोग प्रदान गर्नुभएको.हो । उप्रेतीले शिशुको उपचारका लागि पाँच हजार सहयोग गर्ने समाचार प्रकाशित भएपछि त्यसको प्रभावले सापकोटाले आज राजधानीमा शिशुको आफन्तलाई २० हजार रकम अनलाईन प्रमूख टेकमान शाक्य मार्फत हस्तान्तरण गर्नुभएको हो । सापकोटाले उपचारमा लाग्ने अन्य खर्च जुटाउन कठिनाइ भएमा आफुले पहल गर्ने समेत प्रतिबद्धता जनाउनुभएको छ ।
सहयोगको आवश्यकता रहेको बारेमा समाचार प्रकाशित भैसकेपछि सापकोटाले सामाजिक सञ्जाल फेसबुकमा रहेको अनलाइनको पेजमा आफ्नो म्यासेज छोड्नु भएको थियो । सापकोटाले सो घटनाले आफुलाई रुवाएको भन्दै आफूले सहयोग रकम उपलब्ध गराएको बताउनुभयो । राजधानीको सोह्रखुट्टे स्थित आफ्नै संस्था माउन्टेन डिलाईटमा आज शिशुकी आफन्त हिमालय शाह र अनलाईन प्रमूख टेकमान शाक्यलाई उहाँले रकम हस्तान्तरण गर्नुभएको हो । त्यस्तै जापानमा बस्दै आउनुभएकी भगवती उप्रेतीले पनि राष्ट्रिय बाणिज्य बैंकमा रहेको खातामा रकम जम्मा गरेर सहयोग गर्नुभएको छ । उहाँले गत सोमबार प्रकाशित समाचार पढेपछि सहयोग गर्नु भएको हो । दुवाडीको उपचारका लागि गैरीपूर्सु युवा समाज काठमाडौंले पनि ६ हजार रुपैयाँ सहयोग रकम उपलब्ध गराएको छ । आर्थिक अभाव भएपछि उनको उपचारका लागि राष्ट्रिय बाणिज्य बैङकमा रहेको खाता नंबर १०९१०५९४४८१० मा आथिर्क सहयोग गर्न आग्रह गरिएको छ ।
हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?
">See all videos');
document.write('
<\/script>"); ?max-results=8">Video Category
'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
Template
dailyvid
samabesionline.com. Powered by Blogger.