Welcome Guest!
twitter facebook rss

,

राजावादी र माओवादी मिल्ने रे !


९ श्रावण, काठमाडौं । केहि दिनअघि राजासँग सहकार्य गरेर अगाडी बढ्ने नेकपा–माओवादीले दिएको अभिव्यक्तिलाई राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पनि समर्थन गर्नुभयो । आगामि मंसिर ४ गतेको लागि तय भएको संविधानसभाको निर्वाचन अवरुद्ध भए राजावादी र माओवादी वीच सहकार्य हुने थापाले ठोकुवा समेत गर्नुभयो ।

नेकपा–माओवादीको कारण नभई चार दलको कारण निर्वाचन अवरुद्ध हुन सक्ने उहाँको भनाइ थियो । रिर्पोटस क्लवले आज राजधानीमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष थापाले राष्ट्रियताको रक्षाको लागि राजा र माओवादी सहित सबै राष्ट्रबादी शक्तिहरुवीच सहकार्य हुने बताउनु भएको हो । नेकपा माओवादीका अध्यक्ष मोहन बैद्य, सचिवहरु नेत्रविक्रम चन्द्र र देब गुरुङसँग आफ्नो भेटवार्ता भएको र अहिले पनि नियमित सम्पर्क भईरहेको थापाले बताउनुभयो । मलुकको राष्ट्रियता धरापमा परेको र रक्षाको लागि राष्ट्रबादी शक्तिहरुवीचको एकता आवश्यक रहेको भन्ने भनाई स्वागत योग्य रहेको थापाले बताउनुभयो ।

नेपाली काग्रेसका नेता शसांक कोइराला र मोहन बैद्य किरण जस्तो जिम्मेवार नेताहरुले दिएको अभिब्यक्तिले नेपालमा राजसंस्थाको औचित्य र सान्र्दभिकता भएको पुष्टि भएको समेत थापाको जीकिर थियो । उनले मोहन बैद्यसँग विभिन्न पार्टीमा हिन्दु धर्म र संबैधानिक राजतन्त्र सहितको प्रजातन्त्रका समर्थक नेताहरुसँग पनि नियमित सम्पर्क भईरहेको जानकारी साक्षात्कारमा दिए । शान्ति, स्थायीत्व र प्रजातन्त्रको सुदृढिकरणको लागिलाई सबै पक्षवीच मेलमिलाप आवश्यक रहेको भन्दै कसैलाई निषेध गरेर नेपालमा स्थायीत्व हुनै नसक्ने ठोकुवागरे । थापाले राजा र माओवादी मिलेर जानु पर्छ भनि प्रस्ताव राख्ने पहिलो ब्यक्ति पूर्व प्रधानमन्त्री डा बाबुराम भटटराई नै भएको खुलासा पनि साक्षात्कारमा गरे । 

हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?

">See all videos'); document.write('

<\/script>"); ?max-results=8">Video Category

'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

Template

dailyvid


samabesionline.com. Powered by Blogger.

Search This Blog

सबैभन्दा बढि पढिएका

Latest Posts

Sponsored By

Featured Video

Our Sponsors

Our Sponsors

Visit Nepal Info and Guide