National news,
पत्रकारमाथी मुक्का, १० महिनाको तलब पाएन
								Posted by Unknown
								Published on Wednesday, July 24, 2013

०९ श्रावण काठमाडौं । संचार माध्यममा काम गर्ने संचारकर्मीहरुको समयमा तलब नपाउने र पाएपनि थोरै  मात्र पाउने समस्या सामान्य बनिसकेको छ । पत्रकारिता क्षेत्रमा लाग्ने धेरैको रहर भएपनि पछिल्लो समय भने यस क्षेत्रबाट भाग्ने क्रम समेत बढेको छ । केहि समयअगाडी संचारगृहले तलब नदिएको भन्दै राजधानीमा रहेको रेडियो रियाजका पत्रकारहरु आन्दोलिन भएका थिए ।
त्यस्तै अवस्थालाई सामना गर्दै आएका अर्का चर्चित टेलिभिजन एभिन्युज टेलिभिजनका संचारकर्मीले तलब पाउनुपर्ने गुनासो गर्दा कुटाई खानुपरेको छ । संचारगृहमा काम गर्ने पत्रकारहरुले अरुको बारेमा धेरै कलम चलाउने गर्दछ । तर आफुलाई त्यस्तै अवस्था सिर्जना हुँदा भने हेरिदिने र बोलिदिने कोहि हुँदैन । एभिन्युज टेलिभिजनका पत्रकार नवीन ढुंगानालाई टेलिभिजनका अध्यक्ष भाष्करराज राजकर्णिकारले समाचार कक्षभित्रै कुटपिट गरेको छ । ‘तलबको कुरा गर्ने यही हैन भन्दै एक मुक्का हान्नुभयो’, प्रत्यक्षदर्शी एक पत्रकारले भने, ‘हामी सबै समाचारकै तयारीमा थियौँ ।’ घटनापछि न्युजरुम दिनभर आतंकित बनेको थियो ।
एभिन्युज टिभीका कार्यकारी अध्यक्ष राजकणिर्कार नेपाल उद्योग वाण्ज्यि महासंघका वरिष्ठ उपाध्यक्ष समेत हुन् । व्यवस्थापनले ढुंगानालाई निलम्बन समेत  गरेको छ । ढुंगानाले नेपाल भनेका छन्ः ‘१० महिनादेखि नियमित तलब पाएका छैनौँ । 
तलबका लागि हामीले सम्बन्धित निकायलाई पटक पटक जानकारी गराएँ तर, सुनुवाई भएन । आज एक्कासी तलबको कुरा गर्ने ?यहाँ तलबका लागि अरु कर्मचारीलाई उस्काउने र राजनीति गर्ने ? तँ जस्तो पत्रकार चाहिँदैन भन्दै कुट्न थाले ।’
पत्रकार रोजिता कँडेल र शाहबीच फेसबुकमा चर्केको व्यक्तिगत विवाद व्यवस्थापनसम्म पुगेपछि व्यवस्थापनले शाहसँग स्पष्टीकरण मागेको थियो । स्पष्टीकरण चित्त बुझ्दो नभएको भन्दै उनलाई व्यवस्थापनले बर्खास्त गरेपनि पत्रकारहरुले भने उनीमाथि अन्याय गरिएको बताएका छन् ।
एभिन्युज टिभीका अधिकांश पत्रकारले एक वर्षदेखि तलब पाएका छैनन् । ‘व्यवस्थापनले ल्याएकाहरुलाई पहिल्यै पेश्की दिइन्छ । प्रतिष्पर्धाबाट आउने हामी तलब नपाएर हैरान’, एभिन्युजका एक पत्रकारले भने ।
विरोधमा दिएको उजुरीमा भनिएको छः
म नवीन ढुंगाना समाचार संकलन गरेर समाचार कक्षमा फर्कदै थिएँ । समाचार कक्षमा कोही चर्को स्वरमा बोलिरहेको सुने । मलाई खोजिएको खबर रिपोर्टर चिफ शिव दाहालले जानकारी दिएपछि म त्यहाँ माहौलमा पुगे, जहाँ कार्यकारी अध्यक्ष उफ्रिरहेका थिए । मलाई देख्नासाथ उनी झोक्किए र मलाई मिथ्या आरोप लगाएर मुक्का ताके । म बोलिनँ । प्रतिवाद गरिन । तर उनले मलाई पाखुरा र कुहिनामा मुक्का हाने ।
मलाई हात हाले पछि जेनेरल म्यानेजर लक्ष्मण बास्तोलाले राज कणिर्कारलाई समाए । उनले तल्लो तहमा उत्रिएर हामीलाई गाली गरे । आफू कानुन नियम केही नमान्ने भन्दै एक एक गरी ठेगान लगाउने उनले धम्की दिए । तलब माग्ने, अधिकार खोज्ने र व्यवस्थापनको गल्तितबारे बोल्नेलाई निष्काशन गर्न निर्देशन दिए । र, बाहिरीए । मैले एक महिला सञ्चारकर्मीमाथि भएको अन्यायको बिरुद्धमा आवाज उठाउनु गलत थियो ? पसिना बगाएर गरेको मेहनतको पारिश्रमिक माग्नु गलत थियो ? 
उजुरीमा अन्य पत्रकारलाई पनि निष्कासन गर्ने धम्की दिइएको उल्लेख छ ।
हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?
">See all videos');
document.write('
<\/script>"); ?max-results=8">Video Category
'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
Template
dailyvid
samabesionline.com. Powered by Blogger.




 

