National news,
सवारी दुर्घटनामा ३ जनाको मृत्यु, अन्य ४० जना घाईते
								Posted by Unknown
								Published on Sunday, July 28, 2013
घाईते मध्ये भारतका ५५ वर्षिय असोक तिवारी र कुसुम दिक्षीतको अवस्था गम्भिर छ । घाईते सवैको हेटौडा अस्पतालमा उपचार भईरहेको छ । राती पौने २ बजे काठमाण्डौबाट भारतको जगन्नाथपुरतर्फ जादै गरेको भारतिय नम्वरको बस र विरगंजबाट हेटौडा तर्फ आउदै गरेको ना २ ख ९३ ०३ नम्बरको ट्रक एक आपसमा ठक्कर खाई अनियन्त्रीत हुदा बस सडक बाट अन्दाजी २० फिट तल खसेको हो । 
यसैबिच नवलपरासीमा आईतबार साँझ जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमा नै मृत्यु भएको छ भने अन्य ४ जना घाईते भएका छन् । कावासोतीबाट बुलिङ्टारका लागि हिँडेको बा२च ३९६३ नम्बरको जिप जिल्लाको दलदले–बुलिङ्टार सडकखण्डअन्तर्गत बोझा पोखरीमा सडकबाट झण्डै ३०० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी कावासोतीका नन्दु न्यौपाने र प्रकाश बस्यालको घटनास्थलमा नै मृत्यु हो । घाइते मध्ये मणिराम तिवारीको अवस्था गम्भीर रहेकाले भरतपुरस्थित पुरानो मेडिकल कलेजमा पठाइएको देवचुली अस्पताल दलदलेले जनाएको छ । 
यता, गएराती बदिर्याको गुलरिया ८ स्थित भित्री सडकमा भएको सवारी दुर्घटनामा ८ जना घाईते भएका छन् । राती सवा २ वजे मोवाईल डिउटी गर्दै गरेको बा १ झ ६४ ३८ नम्वरको प्रहरीको भ्यान अचानक वेरक फेल भई पल्टीदा जिल्ला प्रहरी कार्यालय वदिर्यामा कार्यरत प्रहरी सायक निरिक्षक प्रकाश के सी, प्रहरी हवल्दार वल वहादुर वि क, प्रहरी जवान रमेश यादव, राजेन्द्र कुर्मी र दुर्गा दत्त जोसी सहित ५ जनाको अवस्था गम्भिर रहेकाले थप उपचारको लागी नेपाल प्रहरी क्षेत्रिय अस्पताल नेपालगंज पठाईएको छ ।
हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?
">See all videos');
document.write('
<\/script>"); ?max-results=8">Video Category
'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
Template
dailyvid
samabesionline.com. Powered by Blogger.




 

