Political News,
मंसिर ४ मा कुनैपीन हालतमा निर्वाचन हुन्न– यादव
								Posted by Unknown
								Published on Monday, July 22, 2013

०७ श्रावण, काठमाडौं । मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले केही नेता र निर्वाचन आयोगले चुनाव हुन्छ भन्दैमा चुनाव हुन नसक्ने ठोकुवा गर्नुभएको छ । मंसिर ४  मा कुनै हालतमा निर्वाचन नहुने भन्दै उहाँले संविधान बन्ने सुनिश्चितता नभएसम्म संविधानसभाको निर्वाचनको कुनै औचित्य समेत नभएको बताउनुभयो । 
राजधानीमा आयोजित एक अन्तरक्रियामा अध्यक्ष यादवले आफ्नो पार्टीले संविधानको सुनिश्चिततासँगै संविधानसभाको निर्वाचन चाहेको भन्दै मंसिर ४ मा त्यस्तो वातावरण नबन्ने बताउनुभयो ।
पछिल्लो समयमा ४ दलिय सिण्डीकेट र सरकारले गरेका निर्णयले लोकतन्त्रलाई नै समाप्त पार्ने खतरा बढेको भन्दै उहाँले संविधानसभाको नाममा परिवर्तन नै खतरामा परेको बताउनुभयो ।
मोहन बैद्य नेतृत्वमा रहेको नेकपा मााअेवादीसँग आफ्नो पार्टीको कुनै सम्बन्ध नरहेको प्रष्ट पार्दे उहाँले बर्तमान अबस्थामा गोलमेच सम्मेलनले निकास निस्कन नसक्ने उल्लेख गर्नुभयो । संविधान सभा र संसद एउटै भएका कारण पनि देशमा संविधान बन्न नसकेको उहाँले टिप्पणी गर्नुभयो ।
हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?
">See all videos');
document.write('
<\/script>"); ?max-results=8">Video Category
'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
Template
dailyvid
samabesionline.com. Powered by Blogger.




 

