National news,
पानिको बहाब अझै बढ्यो
								Posted by Unknown
								Published on Monday, June 17, 2013
माहाकाली नदीमा पानिको बहाब बढ्ने क्रम अझै जारी छ । हाव उच्च भएपछि सीमा पुल वनवसामा सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । पुलको अवस्था कमजोर भएका कारण पानीको बहाव एक लाख क्यूसेक बढी भएमा सवारीसाधनमा रोक लगाउने गरिएको छ । नदीमा आएको बाढीका कारण दार्चुला सदरमुकाम उच्च जाोखिमा परेको छ । अविरल वर्षासँगै आएको बाढीले आज मध्यान्हसम्ममा पाँच वटा कार्यालयसहित तीन दर्जन बढी घर बगाएको छ । बाढीले जिल्ला वन कार्यालय, भू–संरक्षण कार्यालय र जिल्ला अस्पताल भवन बगाएको छ । अन्य दर्जनौ घर तथा कार्यालय जोखिममा रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय र नेपाल दूर सञ्चार प्राधिकरणको कार्यालय बाढीको उच्च जोखिममा रहेको प्रहरीले जनाएको छ । नेपाली सेना, प्रहरी तथा रेडक्रसले जिल्ला अस्पतालमा रहेका उपकरण तथा औषधी सुरक्षित स्थानमा सार्र्दै छन् । यस्तै घर नजिकै आएको बाढी हेर्न गएकी धाप ५ की ३८ वर्षीया सरस्वती रैखोलालाई बाढीले बगाएको छ । भारतले आफ्नो तर्फ एकतर्फी बाध बनाएका कारण माहाकाली नदीमा आएको बाढीले नेपाल भारत जा्ेड्ने धारचुला पुल समेत भत्किने अवस्था रहेको प्रहरीले जनाएको छ ।
यसैबिच अबिरल बर्षापछि तिनाउ नदीमा आएको बाढीले बुटवल–१ का स्थानिय हपिस अन्सारीलाई बगाएको छ । अन्सारीको खोजी भैरहेको प्रहरलिे जनाएको छ । यस्तै बर्षाले बुटवल बजार पुरै जलमग्न भएको छ ।
यस्तै
नदिको बिचमा हिजोदेखि फसिरहेका २३ जना कामदारको शकुसल उद्धार गरिएको छ । नेपाली सेना, प्रहरी लगायत स्थानियबासीहरुको सहयोगमा बिहान ११ बजेतिर उनीहरुको सकुशल उद्धार गरिएको कंचनपुरका एसपी बिनोद शर्मा घिमिरेले जानकारी दिनुभयो । उद्धारका लागि सेनाको हेलिकप्टर खराब मौसमका कारण जान नसकेपछि ट्युबको साहाराले सरक्षकर्मी लगाएत स्थानियको संयुतm सहयोगमा उद्धार गरिएको एसपी घिमिरेले बताउनु भयो । हिजो बिहान बालुवा र गिट्ट लिन ११ वटा सवारी साधन सहित गएका २३ जना कामदारहरु माहाकाली नदीमा एक्कासी बाढी आएपछि नदीको बिच भाग कंचनपुरको पिपरिया घाटमा फसेका थिए ।
हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?
">See all videos');
document.write('
<\/script>"); ?max-results=8">Video Category
'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
Template
dailyvid
samabesionline.com. Powered by Blogger.




 

