National news,
बाढीपहिरोले जनधनको क्षती, १४ जनाको ज्यान गयो
								Posted by Unknown
								Published on Tuesday, June 18, 2013

०४ आषाढ । अविरल बर्षासँगै आएको पहिरोले पुरिएर दैलेख, बैतडी र अछाममा १४ जनाको मृत्यु भएको छ । दैलेखको मालिका २ मा झरेको पहिरोले पुरिएर एकै परिवारका ७ जनाको ज्यान गएको छ । मंगलबार बिहान घरमा बसीरहेका ७ जनाको माथिबाट खसेको पहिरोले पुरिएर मृत्यु भएको हो । ज्यान जानेमा ३० बर्षिय मोहन कुमाल, २७ बर्षिय तुलसा, ७ बर्षिय खगेन्द्र, ६ बर्षिय नगेन्द्र, ३ बर्षिय बिष्णु र २ बर्षिय सन्तला कुमाल रहेको जनाइएको छ ।  
यस्तै, अविरल बर्षासँगै बैतडीको सिद्धेश्वर ९ खोड्पेमा पहिरो जाँदा पुरिएर एकै घरका ५ जनाको मृत्यु भएको छ । अविरल बर्षाका कारण गएराती घरमाथि बाट पहिरो खस्दा सिद्धेश्वर ९ का रामसिंह ऐरको परिवार पहिरोमा पुरिएका थिए । उनीहरु सबै आज बिहान मृत्त फेला परेका हुन् । पहिरोमा परि मृत्यु हुनेहरुमा २६ बर्षिया सिता ऐर, उनका १ बर्षिय नावालक छोरा अर्जुन तथा तीन बर्षिया छोरी विन्देश्वरी, ३४ बर्षिया कलावती ऐरी, उनका १२ बर्षिया छोरा परमेश्वर रहेको प्रहरीले जनाएको छ । 
पहिरोमा केही चौपाया समेत पुरिएका छन् ।  सात जनाको ऐर परिवारमध्ये करन ऐरी र उनका बुवा रामसिंह ऐर स्थानीय खोड्पे बजारमा ब्यापार गरी बस्ने गरेका थिए । उनिहरु पसलमै बसेकाले बाँच्न सफल भएको प्रहरीले बताएको छ । 
यस्तै अछामको कुन्ती बन्डाली ३ मा पहिरोले पुरिएर २ जनाको मृत्यु भएको छ भने ३ जना घाईते भएका छन् । मृत्यु हुनेमा स्थानीय अनिशा बोगटी र उनकी ४ बर्षिय छोरी रविना रहेकोे जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।
यस्तै नदीको छेउमा तटबन्ध नबनाएका कारण भारतीय सीमा नजिक रहेका सिरहाका २१ गाविस बाढीको उच्च जोखिममा परेका छन् ।
सिरहाका ४० वटा गाविस बाढीले बगाउने जोखिम क्षेत्रका रुपमा लिइएको नेपाल रेडक्रस सोसाइटी शाखा सिरहाले जनाएको छ । त्यसमध्ये सीमापारी लदनियादेखि दरहियासम्मको दुई किलोमिटरको तटबन्ध र कमला, मैनावती, गागन नदीमा भरपर्दो तटबन्ध नबनाइएकाले ती गाविस उच्च जोखिममा परेका छन् । 
यस्तै 	निरन्तरको वर्षासँगै स्थानीय नदी, नालाहरुमा आएको बाढीले उदयपुरको सदरमुकाम गाईघाटदेखि पूर्वीभेग चल्ने सम्पूर्ण यातायातका साधन अवरुद्ध भएका छन् । सदरमुकामदेखि बेल्टार, बसाहा, ठोक्सिला तथा जोगिदह र हँडिया क्षेत्र हुँदै सप्तरीको फत्तेपुरसम्म सञ्चालन हुने सम्पूर्ण यातायातका साधनहरु वर्षाका कारण बन्द भएको यातायात व्यवसायी डम्बरसिंह खड्काले बताउनुभयो । 
विगत चार दिनदेखि परेको अबिरल वर्षाका कारण आएको पहिरोले अर्घाखाँचीको अर्घा गाविस वडा नं–४ नौलापानीमा चिरन्जीवी भुसालको घर गोठ बगाएको छ । घरगोठ बगाउँदा मानवीय क्षति नभए पनि धनमाल, लत्ताकपडा र खाद्यान्न गरी करिब रु ११ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?
">See all videos');
document.write('
<\/script>"); ?max-results=8">Video Category
'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
Template
dailyvid
samabesionline.com. Powered by Blogger.




 

