Political News,
भट्टराइद्धारा एकीकृत माओवादी उपाध्यक्ष पदबाट राजिनामा
								Posted by Unknown
								Published on Saturday, June 29, 2013
  काठमाडौं, १५ असार एकीकत माओवादी उपाध्यक्ष बाबुराम भट्टराईले उपाध्यक्ष पदबाट राजिनामा दिएका छन् ।
  माओवादीको जारी केन्द्रीय समिति बैठकमा पदाधिकारी, स्थायी समिति, पोलिटब्यूरो र केन्द्रीय समिति मनोनयनमा विवाद भइरहेको छ । 
  बैठकमा भट्टराइले भने “पदको लागि 
मरिमेट्ने, आँफैलाई चाहिन्छ  भन्ने, यस्तो कुरा सर्वहाराका नेताहरुलाई 
सुहाउँदैन, पार्टी भद्रगोल हुनुभन्दा मैले उपाध्यक्ष पद छाडेको घोषणा 
गर्दछु ।” भट्टराईले पार्टीको जुनसुकै पदमा बसेर पनि योगदान गर्न सकिने 
भन्दै आफु साधारण सदस्य रहेर सहयोग गर्ने बताए । 
  यसबारेमा एकीकृत माओवादीका नेता अग्नि सापकोटाले केही बोल्न चाहेनन् । 
  एमाओवादीमा नयाँ पदाधिकारीको नाम प्रस्ताव
 गरेको भन्दै केन्द्रीय सदस्यहरुले चर्को आलोचना गरेका थिए । सय भन्दा बढी 
केन्द्रीय सदस्यले अध्यक्ष दाहाललाई हस्ताक्षर बुझाउँदै अध्यक्षबाहेका सबै 
पदाधिकारीमा निर्वाचन गर्नुपर्ने माग गरेका थिए ।
  एमालेबाट आएका नेता रामचन्द्र झाले त झन् 
पार्टीबाटै सन्यास लिने बताएका थिए । हिजोको बैठकमा सदस्यहरुले नेतृत्वको 
कडा आलोचना गरेका थिए । उनीहरुले हेटौडा महाधिवेशनको म्याण्डेट विपरित 
गुठबन्दीको आधारमा पदाधिकारी सिफरिस गरेको बताएका थिए ।
हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?
">See all videos');
document.write('
<\/script>"); ?max-results=8">Video Category
'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
Template
dailyvid
samabesionline.com. Powered by Blogger.




 

