Welcome Guest!
twitter facebook rss

,

देशबासीको नाममा रेग्मीको सम्बोधन

khil raj३१ जेष्ठ, काठमाडौं । अन्तरिम मन्त्रीपरिषदका अध्यक्ष खिलराज रेग्मीले तोकिएको समयमै निर्वाचन हुनेमा आशंका नगर्न आग्रह गर्दै सफल बनाउन सबैसंग अपील गर्नुभएको छ । सरकार गठनपछिको तिन महिनामा निर्वाचनको वाताबरण बन्दै गएको दावी गर्दै उहाँले निश्पक्ष निर्वाचन हुने बिषयमा आशंका नगर्न आग्रह गर्नुभयो ।

सरकार प्रमुखमा नियुक्त भएको तीन महिनापछि आज राष्टको नाममा पहिलो संवोधनगर्दै अध्यक्ष रेग्मीले संविधानसभाको निर्वाचनमा सहभागि हुन सबैदलसंग अपिल गर्नुभएको हो । सरकारको मुख्य उद्देश्य स्वतन्त्र र भय रहित वाताबरणमा निर्वाचन सम्पन्न गर्नु भएकोले यसप्रति सरकार प्रतिबद्ध रहेको बताउनुभयो । सरकार निर्माणमा असहमति राख्ने र निर्वाचनप्रति विरोध जनाइरहेका दललाइ निर्वाचनमा सहभागि हुन उहाँले विशषे आग्रह गर्नुभयो । कुनैपनि राजनीतिक दलले निर्वाचनमा सहभागि नहुने कुराले लोकतान्त्रिक प्रक्रिर्यालाइ कमजोर बनाउने उल्लेख गर्नुभयो । 

नेपाल बार एसोशिएसन लगायत संस्थाले उठाउदै आएको शक्तिपृथकीकरणको सिद्धान्तको व्याख्यागर्दै रेग्मीले सामान्य अबस्थामा सरकार चलेको अबस्थामा मात्र व्यबहारिक कार्यान्वयन हुने बताउनु भयो । प्रधानन्यायाधीशको नेतृत्व गरेको व्यक्तीलाइ सरकार प्रमुखको जिम्मेवारी लिनु व्यक्तीगत चाहाना नभएको दावी गर्नुभयो । वर्तमान अबस्थामा न्यायपालीकोको भूमिकावाट पृथक रहेको अन्यथा चिन्ता नराख्न आग्रह । 
आफैपनि स्वतन्त्र न्यायपालीकाको सम्बन्धमा ।

 सामान्य अबस्थामा सरकार रहेको आबस्थामा मात्र शक्तिपृथकिरिणको सिद्धान्त व्यबहारिक कार्यान्वयन हुने भएपनि विशिष्ठ अबस्थामा प्रधानन्यायाधीशले सरकारको नेतृत्व लिनुपरेको  बताउनुभयो । सरकार गठनप्रति पृथक धारणा राख्ने दलहरुप्रतिपनि आफ्नो सम्मान रहेको उहाँले बताउनुभयो । झण्डै १५ मिनेट लामो संवोधनका क्रममा अध्यक्ष रेग्मीले सरकारका कामवाट जनतामा आशा बढेको र महङ्गी नियन्त्रणमा सरकार लागिपरेको उल्लेख गर्नुभयो । 

हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?

">See all videos'); document.write('

<\/script>"); ?max-results=8">Video Category

'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

Template

dailyvid


samabesionline.com. Powered by Blogger.

Search This Blog

सबैभन्दा बढि पढिएका

Latest Posts

Sponsored By

Featured Video

Our Sponsors

Our Sponsors

Visit Nepal Info and Guide