Welcome Guest!
twitter facebook rss

,

दार्चुलामा भएको क्षतीबारे छानबिन समिती गठन

०८ आषाढ काठमाडौं । सुदुरपश्चिमका बिभिन्न राजनितीक दलका नेताहरुले हालै माहाकाली नदीमा आएको बाढीका कारण दार्चुलामा भएको ठुलो धनजनको क्षतीबारे छानबिन समिती गठन गरिनु पर्ने बताएका छन । 

राजधानिमा शनिबार आयोजित अन्तरक्रियामा भौतिक योजना निर्माण तथा शहरी विकास मन्त्री छविराज पन्तले दरमुकाम बगाउने गरी महाकाली नदिमा आएको बाढीको कारण पत्ता लगाउन नेपाल–भारत संयूक्त अध्ययन टोली गठन गर्ने बताउनुभयो ।  भारतको धौलीगंगा बाधको पानि नेपालतर्फ  फर्काइएको बिषयमा सरकारले कुटनीतिक तवरले प्रयत्न गरिरहेको उहाँले जानकारी दिनुभयो ।

उहाँले दार्चुललाई सरकारले संकटग्रस्त जिल्ला घोषणा गर्न तयारी गरिरहेको जानकारी दिदै त्यसको लागि कानूनी आधार र क्षतीको विवरणको मुल्याङकन गर्ने काम भईरहेको बताउनुभयो । यस्तै तिर्थ यात्रा गएका क्रममा भारतको उत्तराञ्चलमा बेपत्ता भईरहेका सयौ नेपालीहरुको उद्दारका सरकारसंग उद्धारका लागि आग्रह गरिसकिएको उहाँले जानकारी दिनुभयो ।
एकीकृत माओवादी नेता लेख राज भट्टले धौलिगंगाको पानी नेपाल तर्फ लगाउनु र भारतले आफ्नो तर्फ एकलौटीरुपमा पक्कि बाध बनाउनुले दार्चुलामा ठुलो क्षती भएको भन्दै यस विषयमा भारतसँग र अन्तर्राष्ट्रियस्तरमा समेत कुरा उठाउनु पर्ने बताउनु भयो । टनकपुर सन्धीमा भएको कमजोरीको असर दार्चुलाको क्षती भएको दावी गर्दै नेता भट्टले यस विषयमा नेपालले दह्रो खुट्टा टेकेर भारतसँग कुरा राख्नु पर्ने सुझाव सममेत दिनुभयो । नेपाली काग्रेसका प्रवक्ता दिलेन्द्र बडुले धौलि गंगाको पानि छाड्नु, दार्मामा पहिरो आउनु र भारतले आफ्नो तटमा पक्कि संरचना बनाएकोले दार्चुलामा क्षती भएको दावी गर्दै यस विषयमा भारतसँग प्रष्ट कुरा गर्नु पर्नेमा जोड दिनुभयो । 

यस्तै एमालेका नेता भीम रावलले धौलिगंगाका कारण महाकालीमा बाढी आएकोले तत्काल सरकारले उच्चस्तरी छानविन समिति गठन गरेर दोष भारतको देखिए उचित क्षतीपूर्ति लिनु पर्ने बताउनु भयो । नेता रावलले दार्चुलामा भएको क्षति अनुसार ३५ हजार राहत कम भएकोले तत्काल २ लाख रुपैयाको दरले राहत दिन माग गर्नुभयो । 

हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?

">See all videos'); document.write('

<\/script>"); ?max-results=8">Video Category

'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

Template

dailyvid


samabesionline.com. Powered by Blogger.

Search This Blog

सबैभन्दा बढि पढिएका

Latest Posts

Sponsored By

Featured Video

Our Sponsors

Our Sponsors

Visit Nepal Info and Guide