Welcome Guest!
twitter facebook rss

,

सप्तरीमा बाढीबाट ६१ को मृत्यु

३ असार, सप्तरी । विपद्को अत्यधिक जोखिममा रहेको सप्तरीमा बाढी र बाढीका फैलिने महामारीका कारण वर्षेनी सरदर ६० जनाको मृत्यु हुने गरेको छ । जिल्ला दैवी प्रकोप उद्धार समिति तथा नेपाल रेडक्रस सोसाइटी सप्तरीले विभिन्न निकायसँग मिलेर गरेको अध्ययनले सप्तरीमा हरेक वर्ष बाढीले यो सङ्ख्यामा मानिसको मृत्यु भइरहेको देखाएको छ । बाढीबाट मात्र हरेक वर्ष करिब १० जनाको मृत्यु हुन्छ । बाढीपश्चात् फैलिने महामारीबाट हरेक वर्ष करिब ५० जनाको मृत्यु हुने गरेको उक्त प्रतिवदेनमा उल्लिखित छ ।
जिल्लाको ३३ गाविस बाढीको उच्च जोखिममा रहेका छन् । उच्च जोखिममा रहेका ३३ गाविसका ६ हजार ४०२ परिवारका ३८ हजार ४१२ जना बाढीबाट प्रभावित हुने गरेका छन् । पैसठ्ठी परिवारका ३९० जनसङ्ख्यालाई त झन् प्रतिवर्ष बाढीका कारण विस्थापित नै हुनुपर्ने अवस्था रहेको सो प्रतिवेदनमा औँल्याइएको छ ।

कोसीसहित एक दर्जन बढी नदीले सप्तरी सदरमुकाम राजविराजलगायत विभिन्न ६३ भन्दा बढी गाविसलाई प्रभाव पार्ने गरेको छ । कजरा, मुतनी, घोडदह, भलुवाही, गङ्गाजली, जिता, सुरुङ्गा, पौडा, विहुल, फाँची, सिंहेश्वर, अमहा, खाँडो, महुली र कोसी नदीले वर्षेनी ठूलो परिमाणमा धनजनको क्षति हुने गरेको प्रतिवेदनमा जनाइएको छ ।

यस्तै बाढीको उच्च जोखिममा रहेको सप्तरीको ३३ गाविसमा हरेक वर्ष साढे ४ अर्ब रुपैयाँभन्दा बढीको क्षति हुने गरेको छ ।

प्रतिवेदनमा भनिएको छ – पाल्तु जनावर, बालीनाली तथा अन्य सम्पत्ति गरी बाढीको उच्च जोखिममा रहेको ३३ गाविसमा प्रतिगाविस वर्षेनी १३ करोड ४२ लाख मूल्य बराबरको क्षति हुने गरेको छ ।

हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?

">See all videos'); document.write('

<\/script>"); ?max-results=8">Video Category

'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

Template

dailyvid


samabesionline.com. Powered by Blogger.

Search This Blog

सबैभन्दा बढि पढिएका

Latest Posts

Sponsored By

Featured Video

Our Sponsors

Our Sponsors

Visit Nepal Info and Guide