Welcome Guest!
twitter facebook rss

,

अखण्ड पार्टी घोषणा


१३ जेठ, काठमाडौं । आदिवासी जनजाती समुदायको अधिकारको पक्षमा वकालतगर्न दुइवटा पार्टी घोषणा भएको ६ महिनापछि ब्राह्मण क्षेत्रीको अधिकारको पक्षमा वकालतगर्न अखण्ड नेपाल पार्टीको घोषणा भएको छ । क्षेत्री समाजमा सक्रिय कुमार खडकाको अध्यक्षतामा गठित विभिन्न समुदायका प्रतिनिधिलाइ उपाध्यक्ष र सचिव बनाइएको छ । क्षेत्री समाजका अध्यक्ष डा दिलबहादुर गुरुङको प्रमुख आतिथ्यमा काठमाण्डौको खुल्लामञ्चमा कार्यक्रमको आयोजनागरि अखण्ड नेपाल पार्टीको घोषणा गरिएको हो । घोषणा सभामा बोल्ने वक्ताहरुले प्रमुख चारदलले नेपाललाइ असफल राष्ट बनाएको आरोप लगाउदै नयाँ पार्टी घोषणा गर्नुपरेको बताएका हुन । 

दलित, जनजाती र मधेशीहरुलाइ समेत समेटिएपछि अखण्ड नेपाल पार्टीका अधिकाशं अनुहार ब्राह्मण, क्षेत्री समुदायमा आबद्ध व्यक्तीहरु सहभागि छन । उनिहरुले आफूहरुको पार्टी संघीयता विरोधी नभएको र सबै जाजजातिको अधिकारको पक्षमा काम गर्ने प्रतिबद्धता जनाएका छन । 
कार्यक्रमलाइ संवोधनगर्दै अखण्ड नेपाल पार्टी घोषणा सभामा क्षेत्री समाजका अध्यक्ष डा क्षेत्रीले ठूला दलले नेपाली जनतालाइ अपमान गरेका कारण नयाँ पार्टी गठन गर्नुपरेको बताउनुभयो । प्रमुख दलका शीर्ष नेताले ब्राह्मण, क्षेत्री समुदायलाइ अपमान गरेका कारण आफूहरु नयाँ पार्टी गठन गर्नुपरेको दावी गर्नुभयो । 
अखण्ड नेपाल पार्टीले २०४६ सालयता सरकारमा गएर नेताहरुले लुटेको सम्पत्ति राष्टियकरण गरेर भष्ट नेतालाइ जेल हाल्ने चेतावनी दिएको छ । घोषणा सभामा अखण्ड नेपाल पार्टीका महासचिव प्राध्यापाक डा नन्दबहादुर सिंहले सरकारमा बसेर कागे्रस, एमाले र माओवादीको नेताले लुटेको राष्टिय सम्पत्ति फीर्ता गराउने बताएका हुन । 

हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?

">See all videos'); document.write('

<\/script>"); ?max-results=8">Video Category

'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

Template

dailyvid


samabesionline.com. Powered by Blogger.

Search This Blog

सबैभन्दा बढि पढिएका

Latest Posts

Sponsored By

Featured Video

Our Sponsors

Our Sponsors

Visit Nepal Info and Guide