Welcome Guest!
twitter facebook rss

,

दलहरुवीच पूर्ण राजनीतिक सहमति असम्भवः अध्यक्ष खनाल



काठमाडौ, ११ जेठ । नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले निर्वाचनको लागि दलहरुवीच पूर्ण राजनीतिक सहमति सम्भव नरहेको स्पष्ट पारेका छन् । अहिलेको प्रक्रियाको विरोधमा रहेका दलहरुलाई पनि सहमति ल्याएर चुनाव हुनु पर्ने माग उठिरहेको बेला उच्चस्तरीय राजनीतिक समितिका संयोजक समेत रहेका खनालको त्यस्तो धारणा आएको हो । 
संविधानसभाको निर्वाचन घोषणा र असन्तुष्टहरुसँग सार्थक वार्ता गरेर निर्वाचनको बातावरण बनाउन दवाव दिने उद्देश्यले रिपोर्टर्स क्लब नेपालले सुरु गरेको अभियान अन्र्तगत अध्यक्ष ऋषि धमलाको नेतृत्वमा गएको पत्रकारहरुको टोलीसँगको कुराकानीमा उनले नेकपा–माओवादी चुनावमा नआए पनि निर्वाचन हुने संकेत गर्दै भने–निर्वाचन गर्न पूर्ण राजनीतिक सहमति हुन सक्दैन । दलहरुको विचार फरक हुने भएकोले विविधतामा पूर्ण सहमति सम्भव हुँदैन । त्यसैले बहुमतको प्रतिनिधित्व गर्ने दलहरुवीचको सहमतिलाई राष्ट्रिय सहमति मानेर अघि बढ्नु पर्छ । मुलुकलाई बर्तमान संकट र चुनौतिबाट निकास दिन निर्वाचन मात्रै एउटा विकल्प हो । 
निर्वाचनको लागि गठन भएको सरकारको पाईला उद्देश्यबाट चिप्लीदै गएको टिप्पणी गर्दै उनले निर्वाचनको सुनिश्चितताको लागि सरकार र राजनीतिक दलहरुवीच समन्वय हुनु पर्ने आवश्यकता औल्याए । खनालले भने–सरकारको खुट्टा उद्देश्यबाट चिप्लिदै छ । त्यसलाई ठिक ठाँउमा ल्याउन आईतवार हामि मन्त्री परिषद अध्यक्षसँग छलफल गर्दैछौ । त्यसपछि दुरी हटेर सरकार र दलहरुवीच उन्नता समझदारी बन्छ । यद्यपि उनले सरकारको निर्वाचन गराउन प्रयत्नशिल रहेकोले अहिले नै आलोचना र विरोध गर्नु पर्ने आवश्यकता नभएको बताए । 
चार दलले पूर्वाधार निर्माण भएको बताए पछि सरकारले निर्वाचनका मिति तोक्ने भन्दै उनले आईतवारको छलफलपछि सोही दिन वा एक दुई दिनभित्र सरकारले निर्वाचनको मिति तोक्ने विश्वास उनले ब्यक्त गरे । 
चार दल प्रतिबद्ध भएर अघि बढेमात्रै निर्वाचन हुन सक्ने भन्दै चारदल वीच एकता र समझदारी भए निर्वाचनको बातावरण बन्ने उनले स्पष्ट पारे । 
उनले भने–चार दलवीच सहमतिको आधार ११ बुँदे सहमति र २५ बुँदे बाधाँ अडकाउ हो । त्यसबाट एमाओवादी र मधेसी मोर्चा विचलित भएका छन । त्यसले गर्दा वातावरण बन्न सकेको छैन ।  
अध्यक्ष खनालले ११ बुँदे सहमति र २५ बुँदे बाधाँ अडकाउ फुकाउ खारेज नभई सुधार चाँही हुन सक्ने स्पष्ट पार्दै उच्चस्तरीय राजीतिक समितिलाई पनि बृहद बनाउने आवश्यकता भएको बताए । 
११ बुँदे सहमति र २५ बुँदे बाधाँ अडकाउ फुकाउ खारेज गर्नु पर्छ भन्नुको अर्थ निर्वाचन नै हुनु हुँदैन भन्ने नियत भएको दावी गर्दै उनले त्यस्तो माग गर्नेसँग सहमति हुन नसक्ने ठोकुवा गरे । खनालले नेकपा–माओवादी र फोरम नेपालसँग आफूले वार्ता गरेको केही मतभेद र केही सहमतिका विषय रहेकोले छिट्टै सहमति बन्न सक्ने विश्वास पनि सो अवसरमा ब्यक्त गरे । 
थ्रेस होल्डको विरोध गर्नुको औचित्य नभएको भन्दै खनालले थ्रेस होल्डले साना दलहरुलाई ठूलो दल बनाउन सहयोग गर्ने दावी गरे । 
सो अवसरमा अध्यक्ष धमलाले क्लबले विगतमा पनि दलहरुवीच सहमति गराउन दवाव मुलुक भूमिका खेल्दै आएको उल्लेख गर्दै संविधानसभाको निर्वाचनलाई समयमै सम्पन्न गराउन क्लबले यो अभियान अन्र्तगत सबै दलका शिर्ष नेताहरुलाई भेटेर ज्ञापन पत्र बुझाउँदै दवाव दिने प्रतिबद्धता ब्यक्त गरे । उनले अभियानलाई राष्ट्रब्यापी रुपमा अघि बढाउँदै गाँउ गाँउमा निर्वाचनको बातावरण निर्माणमा भूमिका खेल्ने बताए । धमलाले संविधानसभा निर्वाचनमा विरोधको स्वरहरु सुनिन नहुने भन्दै असन्तुष्ट पक्षलाई निर्वाचनको पक्षमा ल्याउन ईमान्दर प्रयत्न गर्न सुझाव दिए । 
उनले निर्वाचन अध्यादेशलगायत विवादित विषयमा दलहरुबीच तत्काल सहमति हुनु पर्ने, संविधानसभाको मिति तत्काल घोषणा नहुँदा जनतामा अनिश्चितता र अन्योलता बढेकोले तत्काल मिति घोषणा गर्नु पर्ने, तोकिएको समयमै स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित निर्वाचन गराउनु पर्ने माग सहितको ज्ञापनपत्र अध्यक्ष खनाललाई बुझाएका थिए । 

हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?

">See all videos'); document.write('

<\/script>"); ?max-results=8">Video Category

'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

Template

dailyvid


samabesionline.com. Powered by Blogger.

Search This Blog

सबैभन्दा बढि पढिएका

Latest Posts

Sponsored By

Featured Video

Our Sponsors

Our Sponsors

Visit Nepal Info and Guide