National news Political News Tekman photo,
खड्कालाई झड्का
								Posted by Unknown
								Published on Tuesday, August 14, 2012
 ३० साउन, काठमाडौं । कांग्रेसका खुमबहादुर खड्का यतिबेला न सरकारमा छन्, न पार्टीको शक्तिशाली पदमा । तर उनको शक्ति र ओज भने उस्तै छ । उनका पछिल्तिर ठूलो मानिस छन् भन्ने कुरा मंगलबार पनि छर्लङ्ग देखियो । उनका समर्थकले प्रदर्शन गर्ने डरले दिनभर सिंहदरबार आसपासमा सुरक्षा व्यवस्था कडा पारियो । ठाउँठाउँमा उनका समर्थकले प्रदर्शन गरे । पटकपटक गृहमन्त्री हुँदा उनले थुप्रै कार्यकर्ता र आसेपासेलाई सेना, प्रहरी लगायत शक्तिशाली ठाउँमा पुर्याएका छन् । त्यसैले पनि उनको पछि ठूलो समूह छ ।
३० साउन, काठमाडौं । कांग्रेसका खुमबहादुर खड्का यतिबेला न सरकारमा छन्, न पार्टीको शक्तिशाली पदमा । तर उनको शक्ति र ओज भने उस्तै छ । उनका पछिल्तिर ठूलो मानिस छन् भन्ने कुरा मंगलबार पनि छर्लङ्ग देखियो । उनका समर्थकले प्रदर्शन गर्ने डरले दिनभर सिंहदरबार आसपासमा सुरक्षा व्यवस्था कडा पारियो । ठाउँठाउँमा उनका समर्थकले प्रदर्शन गरे । पटकपटक गृहमन्त्री हुँदा उनले थुप्रै कार्यकर्ता र आसेपासेलाई सेना, प्रहरी लगायत शक्तिशाली ठाउँमा पुर्याएका छन् । त्यसैले पनि उनको पछि ठूलो समूह छ ।दाङबाट कांग्रेसको राजनीति थालेका खड्का २०४८, ०५१ र ०५६ तीनपटक नै प्रतिनिधिसभाको सदस्य भए । २०४८ सालदेखि २०५८ सालसम्म ८ पटक मन्त्री भए । धेरैपटक मन्त्री हुने व्यक्तिको सूचीमा उनले नै अरुलाई उछिनेका छन् । मन्त्री हुँदा उनले लरोतरो मन्त्रालय रोजेनन् । सिधै गृह र अरु मालामाल हुने मन्त्रालय सम्हाले । २०५१ सालमा एमालेको ९ महिने शासनकाल र २०५२ मा लोकेन्द्रबहादुर चन्दको पालामा बाहेक ०५८ अघिको हरेक सरकारमा उनको हालिमुहाली थियो । पावरफूल मन्त्री भएकाले उनलाई कसैले छुन सकेन । उनको पछिल्तिर कांग्रेस कार्यकर्ताको एउटा ठूलो झुण्ड नै छ ।
पद र लाभको लागि जे पनि गर्न तयार हुने नेताको रुपमा खड्कालाई चिनिन्छ । गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री भएको बेला पनि यिनी मन्त्री भए, शेरबहादुर देउवा भएको बेला पनि । यिनी कहिले यो समूहमा जान्छन् । फाईदा हुने बित्तिकै कित्ता परिवर्तन गर्छन् । कांग्रेस पार्टी विभाजन हुँदा पहिले उनी देउवा खेमामा थिए, पछि फेरि संस्थापन पक्षमै फर्किए । २०५९ मा विशेष अदालतमा भ्रष्टाचारको मुद्दा पर्नुअघिसम्म उनलाई सबैले मान्थे पनि । शक्तिशालीसँगै लोकपि्रय पनि थिए । तर जब उनले भ्रष्टाचारको मुद्दा खेपे, त्यसपछि यिनको लोकपि्रयता घट्यो । उनको नून नखाएकाले नाम सुन्न पनि चाहेनन् । कांग्रेसले आयोजना गर्ने कार्यक्रममा उनको भूमिका कम हुन थाल्यो । तर उनी लाज पचाएरै सार्वजनिक कार्यक्रममा पुग्थे । पार्टीले भूमिका नदिएपनि अगाडि सर्न खोज्थे । जनआन्दोलनको बेला आफ्ना आसेपासेलाई अघिपछि लगाएर उनी आप\mनै ढंगले जुलुस लिएर रत्नपार्क र सुन्धारा फन्का मार्थे । आफू भ्रष्टाचारी होइन भनेर पुष्टी गर्न उनले अनेक प्रयत्न गरे । २०६३ मा विशेषले सफाई दिएपछि उनको चुरीफुरी झनै बढ्यो । तर पनि मान्छेले उनलाई चोखो मान्न तयार भएनन् । राजनीतिका चतुर खेलाडि खुमबहादुर बेलाबेला अग्रसर भैरहे । पार्टीका एक तप्का र अरु धेरैले नमानेपनि आफ्ना आसेपासे र केही समर्थकको भरमा उनी फेरि राजनीतिमा क्रियाशिल हुन खोजिरहे । साउन ३० मा सर्वोच्चले आफ्नो मुद्दाबारे गर्न लागेको फैसलालाई प्रभावित पार्न उनले ठूलै प्रयास गरे ।
उही ड्याङ्का मूला
प्रजातन्त्र आएयता नेपालको इतिहासमा भ्रष्टाचारको मुद्दा खेप्ने पहिलो ५ मन्त्री थिए, चिरञ्जीवि वाग्ले, जयप्रकाशप्रसाद गुप्ता, खुमबहादुर खड्का, गोविन्दराज जोशी र रवीन्द्रनाथ शर्मा । यीमध्ये वाग्ले बाहेक सबैलाई विशेष अदालतले सफाई थियो । विशेषले सफाई दिएपछि अख्तियारले सबैमाथि सर्वोच्चमा पुनरावेदन थियो । पुनरावेदन परेका ती मुद्दाका फाइल सर्वोच्चमा वर्षौंसम्म थन्किए । पूर्व प्रधानन्यायाधीश रामप्रसाद श्रेष्ठले थालेको विकृतिविहीन न्यायपालिकाको अभियानका क्रममा यी फाइल फेरि पल्टिएका हुन् ।
झण्डै एक दशक लगाएर मुद्दा चलेपछि पूर्वमन्त्री तथा कांग्रेस नेता चिरञ्जीवि वाग्ले कैद भुक्तान गरेर बाहिरिसके । ऊबेलाका कांग्रेस नेता तथा फोरम गणतान्त्रिकका अध्यक्ष जेपी गुप्ता जेलमा छन् । अर्का कांग्रेसी नेता तथा पूर्वमन्त्री गोविन्दराज जोशीलाई विशेष अदालतले भ्रष्टाचारी ठहर गरिसकेको छ । यसपछि खड्काको पालो आएको हो । कांग्रेस राजनीतिका यी चारै अनुहार एउटै ड्याङका हुन् । जो पटकपटक शक्तिशाली मन्त्री भए र लाभको पदमा बसेर पदीय दुरुपयोग गरेर करोडौं कुम्ल्याए । जेल जानबाट जोगिन यिनले अनेक बहाना बनाए । वाग्लेले छोरोल कमाएको भने । जोशीले किताब लेखेर पैसा बटुलेको बताए । खड्काले चाहिं मन्त्री हुँदा विदेश भ्रमणबाट बचेको रकम र श्रीमतीको माइतीतर्फबाट आएको दाइजोलाई मुख्य आयस्रोतको रुपमा दावी गरे ।
हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?
">See all videos');
document.write('
<\/script>"); ?max-results=8">Video Category
'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
Template
dailyvid
samabesionline.com. Powered by Blogger.




 

