National news Tekman photo,
नेवि संघमा देउवा पक्षले समानान्तर संगठन बनाउने पुस १६ गते महाधिवेशन गर्ने घोषणा
								Posted by Unknown
								Published on Saturday, August 4, 2012

२० साउन, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवा पक्षले विद्यार्थी संगठन नेपाल विद्यार्थी संघमा समानान्तर संगठन बनाउने भएको छ ।
संस्थापन पक्षले एकलौटी निर्णय गर्दै महाधिवेशनको मिति घोषणा गरेको भन्दै नेवि संघमा रहेका देउवा पक्षीय ४८ केन्द्रीय सदस्यहरुले केन्द्रदेखि तल्लो तहसम्म छुट्टै महाधिवेशन गर्ने घोषणा गरेका छन् । असन्तुष्ट पक्षले भदौ १५ गते साधारण सदस्यता वितरण, विधान तथा नियमावलीको आवश्यक संशोधन गर्ने, भदौ मसान्तसम्म अञ्चलस्तरीय प्रशिक्षण कार्यक्रम गर्ने, असोज १५ गते २४० वटा निर्वाचन क्षेत्रमा क्षेत्रीय भेला गर्ने कार्यक्रम पनि सार्वजनिक गरिएको छ । यस्तै असोज मसान्तसम्म मुलुकभरका क्याम्पसमा अधिवेशन सम्पन्न गरी प्रतिनिधिहरु निर्वाचित गरिने, कात्तिक मसान्तसम्म जिल्ला अधिवेशन सम्पन्न गरी प्रतिनिधिहरु निर्वाचित गरिने, मंसिर १५ सम्म उपत्यकाका क्याम्पसमा अधिवेशन सम्पन्न गर्ने कार्यक्रम राखिएको छ ।
असन्तुष्ट पक्षले मंसिर मसान्तभित्रै महाधिवेशन प्रतिनिधिहरुको नामावली केन्द्रीय कार्यालयबाट प्रकाशित गर्ने र राष्ट्रिय मेलमिलाप दिवसको अवसर पारेर पुस १६, १७ र १८ गते वीरगञ्जमा राष्ट्रिय महाधिवेशन गर्ने कार्यक्रम सार्वजनिक गरेको छ । संस्थापन पक्षले आगामी पुस २५ देखि २७ गतेसम्म महाधिवेशन गर्ने घोषणा गरेको थियो । पत्रकार सम्मेलनमा केन्द्रीय सदस्य ऋषिकेशजंग शाहले पार्टीका शीर्ष नेताहरुको सहमतिपछि पनि अध्यक्ष रन्जित कर्णले संघलाई मनोमानी ढङ्गले अगाडि बढाउने दुष्प्रयास गरिरहेको आरोप लगाउनु भयो ।
हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?
">See all videos');
document.write('
<\/script>"); ?max-results=8">Video Category
'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
Template
dailyvid
samabesionline.com. Powered by Blogger.




 

