breakingnews,
बाढीले एकको मृत्यु, अधिकांश गाउँ डुबानमा
								Posted by Unknown
								Published on Saturday, August 4, 2012
नदीमा दाउरा निकाल्न गएका खटिकको पानीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । अबिरल वर्षाका कारण बाँकेका अधिकांश गाउँ डुबानमा परेका छन् ।२० साउन, नेपालगञ्ज । राप्ती नदीमा आएको बाढीले बगाउँदा बाँकेको बेताहनी-९ अमृतपूर्वाका ४५ वर्षीय भोला खटिकको मृत्यु भएको छ ।
राप्ती नदीमा आएको भीषण बाढीले जिल्लाको होलिया, गङ्गापुर, मटेहिया, फत्तेपुर गाविसका अधिकांश गाउँ डुबानमा परेका हुन् । बाढीले होलियाका २२३ घर विस्थापित भएका छन् ।  राति बस्ती नै डुबानमा परेपछि होलियाको वडा नं २, ३, र ४ का स्थानीयवासी विस्थापित भएका हुन् । विस्थापित परिवारलाई छिमेकी उचुवा गाउँमा स्थानान्तरण गरिएको छ ।
बाढी आउने पूर्व जानकारी पाएलगत्तै स्थानीयवासी सुरक्षित स्थानतर्फ लागेको प्रहरी नायब उपरीक्षक उदय तामाङले जानकारी दिनुभयो । यस्तै राप्ती नदीको बाढीले होलिया गाविसका सबै वडा, गङ्गापुरको वडा नं १, २, ३, ६, ८, र ९ मटैहियाको वडा नं १, २, ३ र ४ फत्तेपुरको वडा नं ४, ५ र ६ वडा डुबानमा परेका छन् ।
गाउँ नै डुबेर घरभित्र पानी पसेपछि त्यहाँका स्थानीयवासी छाप्रो, खाट, अग्लो स्थान र त्यस क्षेत्रमा निर्माण गरिएको बाढीग्रस्त उद्धार सेन्टरमा गएर बास बसेको नेपाल रेडक्रस सोसाइटी गङ्गापुर उपशाखा सचिव सोहनलाल यादवले जानकारी दिनुभयो । यादवका अनुसार अहिले पनि घरभित्र पानी जमेकाले खाद्यान्नलगायतका सामान बगेर नष्ट भएको छ ।
शुक्रराति ८ मिटर पुगेको राप्ती नदीमा पानीको सतह घटे पनि खतराको सङ्केत पाँच मिटर आसपासमै रहेको कुसुम जलमापन केन्द्रले जनाएको छ । रासस
हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?
">See all videos');
document.write('
<\/script>"); ?max-results=8">Video Category
'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
Template
dailyvid
samabesionline.com. Powered by Blogger.




 

