Welcome Guest!
twitter facebook rss

,

००>> नेता <<००

गोपाल ढकाल 'छन्दे'

देश सप्रिएर ओहो भन्ने भएको भए नेतालाई सायद सबैले राम्रो दृष्टिकोणले हेर्थे होलान्। देशको हालत यस्तो छ, २४ घण्टामा २५ घण्टा टे न्सन छ, त्यसैले आज म नेतालाई नेपाल बिगार्ने तालिमप्राप्त व्यक्तिको संज्ञा दिँदैछु ...। हुनत सबै नेता त्यस्ता छैनन्, तर याद राख्नुस् एउटा  कुहिएको आलुले आलुको बोरै कुहाउँछ भने कुहिएका आलुहरूको भीडमा दुई-चारवटा सद्दे आलु कसरी बच्नु ...?
हाम्रो देशको इतिहास हेर्नुस् त,  जुन जोगी आए पनि कानै चिरेका, नेताहरू भ्रष्टाचार गर्दै जेलै छिरेका। 
काम गर्ने जीरो, बन्न खोज्ने हिरो, सबैभन्दा गाली र ताली पनि यी नेताले नै खान्छन्। कुरा आउँछ जीरोको, संसारमा सबैभन्दा पहिले पत्ता  लागेको अंक जीरो हो। सीधै सोच्दा यसस्को महत्व छैन, तर जीरोको महत्व कति हुन्छ कुनै अंकको पछाडि राखेर हेर्नस्, अनि तरुनीको महत्व  कति हुन्छ आफ्नो बाइकको पछाडि राखेर हेर्नुस्, छैन भने ट्वाँ पर्नुस्। त्यसको पनि महत्व आफ्नै ठाउँमा हुन्छ।

अब कुरा गरौं कामकुराको
डाक्टरलाई  आफ्नै पेसा झ्याउ लाग्छ, वकिललाई पनि त्यस्तै, बिजनेस म्यान पनि टेन्सनमा बस्छन्, सर्वसाधारण पनि दिक्क, पत्रकारहरू पनि  दिनरात दौडधूपमै हुन्छन्, व्यवसायीहरू पनि पीडित छन्, विद्यार्थीहरू यो देशमा भविष्य छैन भन्दै पढ्न अल्छी मान्छन् तर विचार गर्नुस् नेता  बन्न कोही अल्छी झ्याउ मान्दैनन्, गाह्रो पनि मान्दैनन्।

कहिलेकाहीं त स्पाइडर म्यान हुनलाग्छ, त्यही स्पाइडर म्यानको कपडा पनि विदेशबाट ल्याउनुपर्छ अनि देशको हालत देखेर रुन मन लाग्छ।
एउटा कुरा सुन्दा छक्क पर्नुहोला, बुझेपछि हो त नि भन्नुहोला, जनता नै नभएको देश नेपाल हो। जनताबिना देश कसरी हुन्छ भन्नुहोला तर  कसैसँग सोध्नुस् तपाई कुन पार्टीको ? अर्कोलाई सोध्नुस् तपाईं कुन पार्टीको ? फेरि अर्कोलाई सोध्नुस् तपाईं कुन पार्टीको ? उनीहरूले नै  भन्छन् म यो पार्टीको, म त्यो पार्टीको हरेक मान्छे एउटा न एउटा पार्टीको भएपछि जनताचाहिँ को भए त ? यहाँ सबै कार्यकर्ता मात्र भए।
प्रजातन्त्र भन्ने कुरा यहाँ पर जा तन्त्र भै'रा छ, अमेरिकाका छ फिटे राष्ट्रपति अब्राहम लिंकनले 'जनताले जनताका लागि जनताद्वारा जनताकै  लागि गरिने शासन प्रजातन्त्र हो' भनेको कुरा अब हो र जस्तो भै'रा छ। कलियुगको रडाको छ। हुँदाहुँदा, युगान्डाका राष्ट्रपति इदि अमिनले  जस्तो मान्छेले मान्छेको मासु खान लागिसके। विश्व जित्ने सिकंदरले जस्तो मरेपछि खाली हात जानुपर्छ भन्ने थाहा पाउँदा-पाउँदै हाम्रा ने ताले ७ पुस्तालाई पुग्ने सम्पत्ति लुड्याएका छन्।
२१ औं शताब्दीमा १८ औं शताब्दीका हिटलरको जस्तो तानाशाही प्रवृत्ति देखाएका छन्। क्रिस्टोफर कोलम्बसले अमेरिका पत्ता लगाए तर  दिनदहाडै आमनागरिकको हत्या गर्नेलाई हाम्रो प्रशासनले पत्ता लाउन सकेको छैन । कि त चार्ली च्यापलिनले जस्तो हँसाएर जनतालाई खुसी  पार्न सक्नुपर्‍यो नत्र नागरिकका खुसीहरू पनि ओसामा बिन लादेनको जस्तो भूमिगत भएरै स्वाहा हुने भो—

कहीँ नभा'को जात्रा हाँडीगाउँमा भन्थे, अहिले त देशभरि नै दिनदिनै जात्रा छ, त्यहीमाथि गाईजात्रा पर्व नै सुरु भो। नेताले राम्रो कुरा गर्दिए  मिलेर देश बनाउँथे कि, किनभने ठूलाबडाले भनेका कुरा सबैले सुन्छन्।
उदाहरणका लागि,
आलुको जति पनि भ्यालु नभएको ५ रुपियाँ किलो पर्ने लौका रामदेव बाबाको तारिफले गर्दा, लौका ह्वात्तै नबढे पनि भाउचाहिँ ह्वात्तै बढेर  ५० रुपियाँ किलो पुग्यो।

नेताहरू आफू-आफूमै लडेर चारैतिरबाट बेचेर देश खाइसकेको
संसारमा भ्रष्टाचार हुने देश भनेर टप १० मा आइसकेको
यो देशलाई पनि कुनै गन्यले, धन्य ठानेर संसारकै राम्रो देश भन्दिए कस्तो हुन्थ्यो होला ? तर के गर्नु ? अमेरिकामा राष्ट्रपति पद मुक्त  भएपछि साइकल चढेर हिँड्छन्, हाम्रा नेताहरू सुविधा नलिने बहाना गरे पनि करोडौंको गाडी चढ्छन्। खुलेआम घूस लिनु पाप हो भन्दै  लुकाएर घूस खान्छन् अनि जेल नगए कहाँ जान्छन् ? देश बनाउलान् भन्ने बेलामा जेलभित्रै केस मिलाएर बस्छन्।
तर, हाम्रा कुनै-कुनै नेता भयंकर ट्यालेन्टचाहिँ छन् है ...
हेर्नुस् त, ६०१ जना मिलेर ९ अर्ब स्वाहा पार्दा कस्तो भयो ? लास्टमा संविधान नै सस्तो भयो। दुनियाँ जनताको आश मर्‍यो, अब कसम  खाएर भन्नुस् त कुन नेताले के गर्‍यो ?

मुक्तक
जगाऔं नेतालाई व्यङ्ग्यवाण हानेर

नत्र कोचौं हात-खुट्टा बाँधेर

बनाऔं देश संसारमै चिनिने

सोच्छन् विदेशी कौडीमै किनिने

बुद्ध पनि भारतमै जाँदैछन्, सगरमाथा उतैको भन्देलान्

यस्तो चालले नेपाललाई कस्ले पो गन्देलान् !

संसारकै दोस्रो धनी पिउनलाई जल छैन

के नै खानु बाली लाउने मल छैन

झरी ला'छ लोडसेडिङ उस्तै छ, विकास भन्नु जहिले नि सुस्तै छ,

बाटोघाटो दुर्घटना भैरने

मान्छेजति अकालमै गैरहने

विदेशीकै इशारामा नेता देश हेर्छन्

धन्न, सासचाहिँ आफैंले फेर्छन्।

हिमाल, पहाड, तराई कोही छैनौं पराई, देश राम्रो भैदियोस्

सबैलाई खुसी देख्न पाइयोस्, दुःख जति गैदिओस्

जय शिव शंकर भोला

अझै पनि शंका छ, देश बन्ने कहिले होला ?

हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?

">See all videos'); document.write('

<\/script>"); ?max-results=8">Video Category

'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

Template

dailyvid


samabesionline.com. Powered by Blogger.

Search This Blog

सबैभन्दा बढि पढिएका

Latest Posts

Sponsored By

Featured Video

Our Sponsors

Our Sponsors

Visit Nepal Info and Guide