Intresting news,
केरा पचाउन नसक्ने तर हवाइजहाज पचाइदिने मान्छे !!!
								Posted by Unknown
								Published on Monday, August 20, 2012
 मान्छे विष खाएपछि मर्छ वा विरामी पर्छ । त्यस्तै धातु तथा पचाउन नसकिने अरु वस्तु खाइयो भनेपनि पेटमा गडबडी सुरु हुन्छ । तर यो दुनियामा यस्ता मान्छे पनि हुँदारहेछन् जसले फलाम, तामा जस्ता धातु मात्र होइन विष पनि सजिलै पचाइदिन्छन् ।
मान्छे विष खाएपछि मर्छ वा विरामी पर्छ । त्यस्तै धातु तथा पचाउन नसकिने अरु वस्तु खाइयो भनेपनि पेटमा गडबडी सुरु हुन्छ । तर यो दुनियामा यस्ता मान्छे पनि हुँदारहेछन् जसले फलाम, तामा जस्ता धातु मात्र होइन विष पनि सजिलै पचाइदिन्छन् ।हो फ्रान्सका मिचेल लोटीटो नामका व्यक्ति र्सवभक्षी थिए अर्थात् उनले जुनसुकै पदार्थ पनि खाएर सजिलै पचाउन सक्थे । अरु त अरु उनले विभिन्न धातु, सिसा तथा रबर लगायतका कडा तथा पचाउनै नसकिने वस्तु पनि हजम गरिदिन्थे । उनले साइकल तथा टेलिभिजनका पाटपुर्रजा एक एक गरी खाएर भ्याइदिन सक्थे । उनले सन् १९७८ देखि ८० सम्मको २ वर्षभित्रमा त एउटा ब्रि्रेको हवाइजहाज खाएर सिध्याएका थिए । यस्ता वस्तु खानुअघि उनले त्यसलाई सानो सानो टुक्रा बनाउँथे र निल्थे ।
सन् १९५० मा जन्मिएका मिचेलले यस्तो अस्वभाविक खाने बानी बच्चैदेखिको भएपनि सन् १९६६ मा र्सार्वजनिक रुपमा पर््रदर्शन गरेसँगै उनले चर्चा बटुलेका थिए ।
हामीले विष खाएमा ठहरै हुन्छौँ र पेटमा अपच हुने सानो कुरा पर्यो भनपनि नराम्ररी थलिन्छौँ । तर हवाइजहाज नै खाँदापनि मिचेलको पाचन क्रिया वा अरु स्वास्थ्यमा कुनैपनि असर परेन । उनले विषालु पदार्थहरु समेत मज्जाले खाएर पचाए । उनले दिनमा झण्डै एक किलोसम्म यस्ता अस्वभाविक पदार्थ खाने गर्थे । यस्ता पदार्थ खाएपछि उनले त्यसलाई पचाउन तेल तथा निकै धेरै पानी पिउँथे । फलाम पचाउन सक्ने यी व्यक्तिको पेटले केरा तथा उसिनेको अण्डा भने पचाउन सक्दैनथ्यो । आफुलाई केरा तथा उसिनेको अण्डाले भने पेट दुखाउने बताउँथे । उनले सन् १९५९ देखि १९९७ सम्मको अवधिमा नौ टन धातु खाएको अनुमान गरिएको छ । यस्ता जिवजन्तुले पचाउनै नसक्ने पदार्थ समेत पचाउने क्षमता भएका मिचेलको क्षमता वास्तवमै निकै विचित्र खालको छ । वैज्ञानिकहरुका अनुसार मिचेलको आन्द्रा तथा आमाशयको भित्ता निकै बाक्लो छ जुन सामान्य मानिसको भन्दा दोब्बर बाक्लो छ । त्यस्तै धातु तथा अन्य पदार्थ पचाउन उनको सरीरमा ग्रन्थीहरुले निकै शक्तिशाली अम्ल लगायतका रसायन निकाल्छन् । यस्ता विचित्र क्षमता भएका मिचेल अहिले यो संसारमा भने छैनन् । आफ्नो ५७ औँ जन्मदिन मनाएको १० दिनपछि सन् २००७ को जुन २५ मा उनको मृत्यु भयो ।
हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?
">See all videos');
document.write('
<\/script>"); ?max-results=8">Video Category
'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
Template
dailyvid
samabesionline.com. Powered by Blogger.




 

