Welcome Guest!
twitter facebook rss

,

जनमत सङ्ग्रहमा जानुपर्छ –केसी

७ भाद्र । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले पहिचानको विवादमा कुनै दल अल्झिनाको सट्टा त्यसलाई जनमतसङ्ग्रहमा गएर टुङ्ग्याउनुपर्ने बताउनुभएको छ । नेपाल प्रेस युनियन नुवाकोटले आज विदुरमा गरेको पत्रकार भेटघाटमा नेता केसीले ‘एकल जातीय पहिचान कि साझा पहिचान’ भनी नेपाली जनताको जनमत लिएमा त्यसबाट आउने परिणामले सकारात्मक निकास दिने बताउनुभयो । ‘जातीय पहिचानको नाममा विभाजनको विषवृक्ष रोपेर त्यसबाट क्षणिक फाइदा लिने कोसिस भएकाले जनमतसङ्ग्रहमा जानु उपयुक्त हुन्छ’ उहाँले भन्नुभयोे । जनताको निर्णय नै  सर्वस्वीकार्य हुने बताउँदै केसीले सुडान, नाइजेरिया, भारतको आसामलगायत क्षेत्रजस्तै हामी जातीय द्वन्द्वको नराम्रो भुमरीमा फस्ने बताउनुभयो । संविधानसभा पुनःस्थापना गर्नु असान्दर्भिक भएकाले ताजा जनादेशमा जानुपर्ने नेता केसीको धारणा छ । चार वर्षसम्म कुनै काम गर्न नसकेको संविधानसभालाई फेरि ब्युँताउनु उचित नहुने केसीको भनाइ छ ।

हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?

">See all videos'); document.write('

<\/script>"); ?max-results=8">Video Category

'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

Template

dailyvid


samabesionline.com. Powered by Blogger.

Search This Blog

सबैभन्दा बढि पढिएका

Latest Posts

Sponsored By

Featured Video

Our Sponsors

Our Sponsors

Visit Nepal Info and Guide