National news,
दाइजोको निहुँमा आगो लगाइयो
								Posted by Unknown
								Published on Thursday, August 23, 2012
 एक विवाहित महिलाले जिउमा मट्टीतेल खन्याएर जलाउन खोजेको भन्दै जिल्ला  प्रहरी कार्यालयमा श्रीमान् र सासूविरुद्ध जाहेरी दिएकी छन् ।
एक विवाहित महिलाले जिउमा मट्टीतेल खन्याएर जलाउन खोजेको भन्दै जिल्ला  प्रहरी कार्यालयमा श्रीमान् र सासूविरुद्ध जाहेरी दिएकी छन् ।  २१ महिनाअघि जनकपुर नगरपालिकाको सीमावर्ती बसहिया गाविस-९ कटैयाचौरी बस्ने  गणेश साह कसेराका छोरा मुन्ना भन्ने मनोजकुमार साहसँग बिहे गरेकी भारत  मधवापुर माइती भएकी २१ वर्षीया रिनादेवीले श्रीमान् र सासू फुलियादेवीले  आफूलाई मट्टीतेल खन्याएर जलाउन लागेको भन्दै उजुरी गरेकी हुन् । 
 रिनाले आफूलाई साउन २५ गते कुटपिट गरी बेहोस बनाएर मट्टीतेल खन्याएर  जलाउने प्रयास गरेको बताएकी छन् । चिकित्सकहरूले रिनाको छातीमुनिको अधिकांश  भाग जलेको बताएका छन् । 
 रिनाका मामा महोत्तरी मठिहानी-७ का ओमप्रकाश साहका अनुसार जिउँमा आगो लगाई  ससुरा पक्षका सबै जना घरबाट फरार भएका थिए । छिमेकीले उनलाई जनकपुर अञ्चल  अस्पताल ल्याएका थिए । पछि माइती पक्षकाले थप उपचारका लागि दरभंगा लगेका  थिए । दरभंगामा ९ दिन उपचार गराई उनीहरू उजुरी दर्ता गराउन मंगलबार जनकपुर  आएका थिए । 
 रिनाका मामा ओमप्रकाशले चिकित्सकको प्रेसक्रिप्सन देखाउँदै भने,  'चिकित्सकहरूले थप उपचारका लागि पटना लान भनेका छन् । जिप्रकामा उजुरी  दर्ता गराउन रिनालाई यहाँ ल्याएका हौं ।'
 २१ महिनाअघि ५० हजार नगद तथा एक तोला सुन दाइजो दिएर रिना र मुन्नाबीच  विवाह भएको थियो । विवाहपछि मुन्नाले ससुराली पक्षसँग थप ५० हजार मागेकामा  दस हजार मात्र दिएपछि उक्त घटना भएको माइती पक्षको आरोप रहेको छ । रिनाकी  आमा चिन्तादेवीका अनुसार मागेको थप दाइजो दिन नसकेपछि रिनालाई यातना दिने  क्रम सुरु भयो र अन्ततः हत्या प्रयास पनि भयो । 'मेरो चार सन्तानमध्ये  रिनाको मात्र बिहे भएको छ । अर्को छोरीको पनि बिहे गर्नुपर्छ । अन्य  सन्तानलाई पनि पालनपोषण गर्नुपर्छ । अनि पटक-पटक दाइजो कहाँबाट दिने ?,'  उनी भन्छिन् । 
 धनुषा प्रहरीले मंगलबार उजुरी दर्ता गरेको थिएन । प्रहरी उपरीक्षक  पुरुषोत्तम कँडेलले एक जनाको हत्या प्रयास मुद्दामा झन्डै एक दर्जन  व्यक्तिलाई आरोपी बनाइएकाले मंगलबार मुद्दा दर्ता नगरिएको बताए । बुधबार  भने श्रीमान् र सासूविरुद्ध किटानी जाहेरी दिएपछि उजुरी दिएको उनले बताए । 
हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?
">See all videos');
document.write('
<\/script>"); ?max-results=8">Video Category
'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
Template
dailyvid
samabesionline.com. Powered by Blogger.




 

