Welcome Guest!
twitter facebook rss

,

मंगलग्रह पुग्यो अमेरिकी यान


क्यालिफोर्निया (एजेन्सीहरू), श्रावण २३ - रहस्यको ठूलो पोको बोकेर मंगलग्रहतर्फ उडेको यान नउत्रुन्जेल वैज्ञानिकहरू ठूलो ढुकढुकीमा बसेका थिए । तर, सोमबार बिहान भने उनीहरूले सफलताको सास फेरेका छन् । जीवन खोजीका लागि पठाइएको अमेरिकाको नेसनल एरोनोटिक्स एन्ड स्पेस एडमिनिस्ट्रेसन (नासा) को अहिलेसम्मकै ठूलो रोबोट प्रविधियुक्त वैज्ञानिक प्रयोगशाला 'क्युरियोसिटी' बिहान मंगलग्रहको गहिरो भूमि 'गेल क्रेटर' मा सुरक्षित अवतरण गरेको छ । यसले बाह्य विश्वमा अमेरिकी नेतृत्वमा मंगलग्रहको अनुसन्धानलाई नयाँ आधार प्राप्त भएको छ ।
marsअन्तरिक्ष विज्ञानमै यो रोचक क्षण नजिकिँदै जाँदा वैज्ञानिकहरू पनि मुटुको ढुकढुकी थामेर बसेका थिए । ओर्लिएको संकेत पाउनेबित्तिकै यो मिसनको नियन्त्रण कक्ष अमेरिकाको क्यालिफोर्निया पासाडेनास्थित जेट प्रोपल्सन लेबोरेट्री (जेपीएल) मा वैज्ञानिकहरूले खुसियाली मनाउन थाले । दसवर्षे यो योजनामा ज्यान फालेर लागेका उनीहरूले हावामा हत्केला ठोक्काउँदै (चस) अंकमाल गरे ।

रहस्यको ठूलो पोको बन्दै आएको यो ग्रहका लागि सन् २०११ को २६ नोभेम्बरमा  यान छोडिएको थियो । यो यानले झन्डै २४ हजार करोड माइल (५७ अर्ब किमि) को दूरी तय गरी मंगलग्रहमा पुगेको हो । 'न्युक्लियर फ्युल' ले सञ्चालन हुने यो यानले नासाको ओडिसे भूउपग्रह मार्फत करिब दुई वर्षसम्म सूचना सम्प्रेषण गर्नेछ । यो ग्रहको कक्षमा स्थापित छ । अमेरिका र बेलायतपछि छिमेकी मुलुक भारतका इन्जिनियरहरूले पनि यो योजनामा सहयोग गरेका छन् । यसलाई 'द मार्स साइन्स लेब्रोरेट्री रोभर 'क्युरियोसिटी' नाम दिइएको हो । मंगलग्रहमा यो नासाको चौथो यान हो । गेल क्रेटरभित्रको पाँच किमि अग्लो मध्य पहाडमा यसलाई पठाइएको छ । यो क्षेत्रमा पानीको अस्तित्व फेला परिसकेको छ ।
सन् १९९७ मा ओरालिएको पहिलो रोबोट रोभर (यान) भन्दा यो चार गुणा ठूलो छ । महत्त्वपूर्ण भूमिका निभाउने एड्म स्टेल्त्ज्नेरले यो मिसनको बारेमा भने, 'सडकमा उभिरहेका सर्वसाधारणले यसलाई पागलपन भन्नेछन्, कहिलेकाहीं हामीलाई पनि यो पागलपन नै लाग्छ ।' जसले जे भने र सोचे पनि यो अभियानमा २ दशमलव ५ अर्ब डलर खर्च भएको छ । आँखाले सुन्दर समतल थलोमा यो बसेको देखेकोमा उनले आनन्द महसुस गरेको बताए । 
नासाका वैज्ञानिकहरूले एक अति विकसित चल्ताफिर्ता प्रयोगशाला अन्तरिक्षमा पठाएको छ । यो प्रयोगशालाबाट प्रवाह हुने जानकारी मंगलग्रहको भूमिमा लुकेको इतिहासलाई बुझ्नमा क्रान्तिकारी परिवर्तन ल्याउन सक्छ । रकेटको सहयोगबाट चल्ने 'क्रेन' को सहायताले यो यानलाई उतारिएको थियो ।
'यो निकै महत्त्वाकांक्षी र परम्परा विपरीत छ, यसको असफलतामा बहाना बनाउन सकिन्न,' स्टेल्त्ज्नेरले भने, 'मैले राम्रो मार्ग छनोट गरे पनि भाग्य खराब थियो पनि भन्न पाइन्न ।' यो यात्रालाई मंगलग्रहमा प्रवेश, सतहतिर आउनु र अवतरण गरी तीन भागमा विभाजित गरिएको थियो । अद्भुत किसिमको कवजमा ढाकिएको मार्स रोभरको तौल ९ सय किलोग्राम छ ।
नासाले पहिलो पटक यस ढाँचाको र यति ठूलो कवच बनाएको हो । हजारौं किलोमिटर प्रतिघन्टाको गतिले तल हुइँकिँदा उत्पन्न हुने २ हजार डिग्रीको तापक्रमबाट बचाउन यो कवच बनाइएको हो । मंगलग्रहको वातावरणमा प्रवेश गर्दा यसको गति २० हजार किलोमिटर प्रतिघन्टा थियो ।
छदेखि आठ मिनेटभित्र यसको चक्का मंगलग्रहको सतहसँग ठोक्किँदा यसको गति एक मिटर प्रतिसेकेन्डभन्दा बढी नहुनुपर्ने हो । तर, २० हजार किमि प्रतिघन्टाबाट एक मिटर प्रतिसेकेन्डमा आउनु निकै जटिल योजना थियो । यसो गर्नलाई रोभरको सुरक्षा कवचलाई खास मार्ग र खास कोणबाट तल आउनुपर्ने थियो । यो प्रक्रियाको क्रममा भारी तौलको केही टुक्रा सुरक्षा कवचबाट अलग्गियो । केही सेकेन्डमा बाहिरिएको रकेटले यसको बबाल गतिलाई कम गर्‍यो । यसको गतिलाई कम गर्न यो पर्याप्त थिएन । मंगलको सतहभन्दा करिब १ दशमलव ५ किलोमिटर माथि हुँदा पछाडिबाट निस्केको सुपर सैनिक सुपरसोनिक प्यारा सुटले यसको गतिलाई केही कम गर्दै ४ सय ५० किलोमिटर प्रतिघन्टामा झार्‍यो । सुरक्षित अवतरणका लागि यो गति बढी नै थियो । अवतरणको अन्तिम चरणमा भित्री रोभरलाई खरानी हुनबाट बचाइरहेको एक कवचको टुक्रा अलग भयो । यसपछि रकेटले जोडिएको उड्ने क्रेन निस्केर रोभरलाई सुरक्षित थलोमा छाडेर गयो । पृथ्वीमा नियन्त्रणबिना 'अटोमेटिक' अर्थात् स्वचालित ढंगले भएकाले सबै आश्चर्यमा परे ।
सन् १९७० को दशकदेखि सन् २००८ को फिनिक्स अभियानसम्म मंगलको हरेक रोभर अभियानमा ग्रहमाथि ओर्लिनलाई पहिलेको भन्दा राम्रो प्रणाली थियो । तर, पहिलो पटक मंगलग्रहको सबभन्दा गहिरो खाल्डोमा यसलाई ओराल्ने प्रयास गरिएको थियो । यसअघिसम्म वैज्ञानिकले यन्त्रलाई सुरक्षित राख्न रोभरलाई ग्रहको सतहसम्म पुर्‍याउँथे । यस पटक भने पत्थरको अध्ययन गर्नलाई सबभन्दा ढुंगे सतहमा वैज्ञानिकले यसलाई ओराल्ने चाहना राखेका थिए । मंगलमा जीवनको रहस्य यसको पत्थर र चट्टानमा लुकेको वैज्ञानिकहरूको ठम्याइ छ । अमेरिकी राष्ट्रपति बाराक ओबामाका वैज्ञानिक सल्लाहकार जोहन होल्डे्रनले यो अवसरमा टिप्पणी गर्न चुकेनन् । 'ग्रह खोजको इतिहासमा हरेक दृष्टिकोणले अहिलेसम्म प्रयास गरिएको सबभन्दा चुनौतीपूर्ण मिसन हो,' उनले भने ।
यानको पछाडिको भागमा राखिएको क्यामेराले पांग्राले मंगलको धर्तीमा छोएको धूले चित्र पठाएको छ । अमेरिकी राष्ट्रपति बाराक ओबामाले उक्त उपलब्धि अमेरिकी गौरवको एकल स्रोत भएको दाबी गरेका छन् । 'अर्को ग्रहमा हालसम्म अवतरण गराइएको सबैभन्दा जटिल प्रयोगशालायुक्त गाडी क्युरोसिटीको सफलतापूर्वक अवतरणले प्रविधिमा अभूतपूर्व उपलब्धि दिएको छ, यो भविष्यमा राष्ट्रिय गौरवको विन्दुको रूपमा रहनेछ,' राष्ट्रपति ओबामाले एक विज्ञप्तिमा भनेका छन् । उनले अमेरिकी सिर्जनात्मक क्षमता तथा दृढताको मौलिक संगमसँग कुनै पनि दीर्घ कठिनाइले चुनौती दिन नसक्ने दाबी गरेका छन् । 
सन् १९६० मा आरम्भ भएको विश्वव्यापी अन्तरिक्ष अभियानमा यसअघि मंगलमा अवतरण गर्ने, त्यसको कक्षमा घुम्ने र मंगल नजिकै अन्तरिक्ष यान पुग्ने प्रयासमा ४० प्रतिशत मात्र सफलता प्राप्त भएको थियो । नासाले यसअघि मंगलग्रहका लागि भाइकिङ १ तथा २ (सन् १९७६), पान्थर (सन् १९९७), स्पिरिट तथा अपरचुनिटी (सन् २००४) तथा फोनिक्स (सन् २००८) अभियान चलाएको थियो । फ्रान्सको टुलुज अन्तरिक्ष केन्द्र तथा मंगल विज्ञान प्रयोगशाला तथा जिज्ञासामा करिब १ हजार व्यक्तिले उक्त रातो ग्रहमा फ्रान्सेलीहरूले सञ्चालन गर्ने दुई उपकरणका साथमा उक्त गाडी अवतरण भएको हेरे ।
फ्रान्सको सिनेस अन्तरिक्ष अनुसन्धान केन्द्रका मार्क पिचरले गाडीको अवतरण रहस्यले भरिएको कुरा रहेको र अब वैज्ञानिकहरूका लागि फाइदा आरम्भ भएको उल्लेख गरे । टुलुज अन्तरिक्ष केन्द्रले फ्रान्सेली मंगल उपकरण सञ्चालन केन्द्रलाई क्युरियोसिटीमा रहेको दुई उपकरण केमक्याम तथा मिश्रण विभाजन यन्त्र साम जीसीलाई सञ्चालन गर्न सहयोग गर्नेछ । केमक्याम (रासायनिक क्यामरा) ले ढुंगा तथा माटोलाई विश्लेषण गर्नेछ र वैज्ञानिकहरूको अभिरुचिलाई विचार गर्नेछ । साम जीसीले त्यहाँ रहेका ग्यासका प्रकार, यसको मापन तथा पहिचानमा विश्लेषण गर्नेछ ।
प्रकाशित मिति: २०६९ श्रावण २३ १०:२७ 

हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?

">See all videos'); document.write('

<\/script>"); ?max-results=8">Video Category

'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

Template

dailyvid


samabesionline.com. Powered by Blogger.

Search This Blog

सबैभन्दा बढि पढिएका

Latest Posts

Sponsored By

Featured Video

Our Sponsors

Our Sponsors

Visit Nepal Info and Guide