Welcome Guest!
twitter facebook rss

,

जिल्लामा पार्टीको संगठन मजबुत बनाउ : कोइराला

१८ साउन, काठमाण्डौं । नेपाली कांग्रेसका सभापति सुशिल कोइरालाले पार्टीका जिल्ला सभापतिहरुसँग छलफल गर्नुभएको छ । विहीबार विहान कोइराला निवास महाराजगञ्जमा जिल्ला सभापतिहरुलाई बोलाएर कोइरालाले पार्टीको अवस्थाका बारेमा जानकारी लिनुभएको थियो । जिल्लामा पार्टीको अवस्थाका बारेमा जानकारी लिँदै उहाँले सगठनलाई मजबुद बनाउन सभापतिहरुलाई निर्देशन दिनुभयो ।भेटमा जिल्लासभापतिहरुले सिन्धुपाल्चोकमा सम्पन्न जिल्ला सभापतिहरुको भेलाले गरेको निर्णय कार्यान्वयनका लागि दवाव दिन तथा पार्टीको नियमित कार्य सम्पादनका लागि सुझाब दिएको काँग्रेस नुवाकोटको सभापति जगशिश्वरनरसिंह केसीले जानकारी दिनुभयो ।
कांग्रेसको सिन्धुपाल्चोक भेलाले राजनीतिक निकासका लागि आफ्नै पार्टीको नेतृत्वमा सहमतिको राष्ट्रिय सरकार गठन गरी संसदीय चुनावमा जानुपर्नेमा जोड दिएको थियो ।
 त्यस्तै पार्टीमा विभागहरू गठन प्रक्रियाप्रति असन्तुष्ट रहनुभएका वरिष्ठ नेता शेरबहादुर देउवाले पनि आज विभिन्न जिल्लाका सभापतिहरूसँग अलग्गै भेटघाट र छलफल गर्दै हुनुहुन्छ । दिउँसो ३ बजेपछि देउवा निवासमा छलफलका लागि सभापतिहरूलाई बोलाइएको छ । पार्टीमा एकलौटी रूपमा विभाग गठन गरी जिम्मेवारी दिइएको भन्दै देउवाले आफू निकटका सभापतिहरूको राय बुझ्ने उद्देश्यले भेला आयोजना गर्नुभएको हो ।
केही दिनअघि गठन गरिएको विभिन्न ४२ विभागमध्ये देउवा पक्षीय सदस्यहरूले १३ वटा विभागको मात्र जिम्मेवारी पाएको छ ।

हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?

">See all videos'); document.write('

<\/script>"); ?max-results=8">Video Category

'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

Template

dailyvid


samabesionline.com. Powered by Blogger.

Search This Blog

सबैभन्दा बढि पढिएका

Latest Posts

Sponsored By

Featured Video

Our Sponsors

Our Sponsors

Visit Nepal Info and Guide