Article,
पिंडा घटनाले निम्त्याएको पिडा-टेकमान शाक्य
								Posted by Unknown
								Published on Friday, August 3, 2012
प्राणि मध्येको सर्वश्रेष्ठ भएर पनि हामी एकआपसमा विभेद गर्ने कुरामा पछि पर्दैनौँ । मानिस सबै एकै हो भन्ने कुराको ज्ञान हुँदाहुँदै पनि परम्परागत रुढिबादीकोे कारण हामी बाध्य भएर बेलाबेलामा यस्ता विविध घटनामा मुछिन पुग्छौँ । यहि विभेदको कारण नै विभिन्न अबस्था र परिस्थिति सिर्जना हुने गर्दछ । विभेद जातीय, धार्मिक, सांस्कृतिक, बर्गिय ईत्यादी जे पनि हुन सक्छ । धादिङको एउटा विभेदको घटनाले पनि त्यस्तै परिस्थिती निम्त्याएको छ । जुन असान्दर्भिक र असभ्य छ । अहिलेको परिस्थिति भनेको जातित्व भन्दा पनि नेपालित्वको संरक्षणको लागि लड्नुपर्ने अबस्था हो । तर विडम्वना भन्नुपर्छ, जातीयताको आधारमा नेपालित्वको भङ्ग हुने अबस्थामा छ । सामाजिक एकता र मेलमिलाप हुनुपर्ने ठाउँमा जातीय द्धन्दको कारण भएको एकता पनि भङ्ग हुने अबस्थामा छ । 
यतिबेला पिंडा गाउँ विकास समिति वडा नं. ५ मुलाखर्कको घटनाको स्थलगत अनुगमनको लागी छुट्टाछुट्टै समुहहरु जाने क्रम जारी छ । फरक अनुगमन टोलिको फरक प्रतिवेदन सार्वजनिक हुनुले, पनि बास्तविक घटनाको आथार्थ कुराहरु बाहिर आउन सकेको छैन । विभिन्न संचार माध्यमहरुमा अन्तरजातीय विवाहको कारण सो घटना भएको भन्ने समाचारहरु प्रकाशन तथा प्रशारण भएको थियो । अन्तरजातीय विवाहको कारण नै यस्तो घटना घट्दो हो त, यो भन्दा पहिला पनि यसले स्थान पाउनुपर्दथ्यो । यो भन्दा पहिले पनि गैरदलित र दलित समूदायका व्यक्तिहरुका बिच सोहि ठाउँमा अन्तरजातीय विवाह भएको घटनाहरु भएका रहेछन् । यसै घटनाको सत्य, तथ्य र यथार्थ जानकारी लिनको लागि म जिल्लामा कार्यरत मानव अधिकारकर्मीहरुको टोलिसँग स्थलगत अनुगमनको लागि गएको थिएँ । आषाढ १७ गतेदेखि चर्किएको र बल्झिएको घटनाको बास्तविक र यथार्थ बुझ्न कठिन नै थियो ।सायद बर्खाको कारण पनि हुन सक्छ, सबैजना खेतबारीको काममा व्यस्त देखिन्थे । त्यहि व्यस्तताको बाबजुत पनि हामी उहाँहरुसँग कुराकानी गर्नको लागी घरघरमा पुगेका थियौँ । घटनाको कुनै ठूलो कारण छैन । यो घटनाले अन्तरजातीय विवाहको कारण मात्र होईन की, व्यक्तिगत झगडाको कारणले पनि उग्र रुप लिएको रहेछ । गत आषाढ १५ गते मेलामा जाने क्रममा मायाँ सापकोटा र बिन्दा विश्वकर्माको व्यक्तिगत भनाभन परेको थियो । व्यक्तिगत भनाभनले झगडाको रुप लिएको केहि दिन बित्न नपाउँदै नवराज विश्वकर्माले सम्झना सुवेदीसँग अन्तरजातीय विवाह गरेपश्चात गैरदलित र दलित परिवारबिच सामूहिक झगडाको सिर्जना भएको स्थानीय सिताराम सुवेदी बताउनुहुन्छ । यता दलित समूदायका व्यक्तिहरु भने अन्तरजातीय विवाहकै कारणले गर्दा आफुहरु समूदायमा बस्न सक्ने अवस्था नरहेको बताउँछन् । दुबै पक्षको छुट्टाछुट्टै भनाईहरु बताईरहँदा हामी दुबै पक्षको प्रायः परिवारमा पुगेका थियौँ । बिन्दा विश्वकर्माका अनुसार गैरदलितहरुले आक्रमण गर्न आएको बताउनुहुन्छ । गैरदलित समूदायका मानिसहरुले हामीलाई केहि गर्ने पो हुन् की ? भन्ने डरले भागेर ज्यान बचाएकाले उनिहरुले केहि गर्न भने नसकेको बिन्दा बताउनुहुन्छ । घटनाको यथार्थ बुझ्नको लागि हामीले स्थानीय बालबालिकाहरुको पनि सहयोग लिएका थियौँ । उनिहरुले अहिले नवराज विश्वकर्मा र सम्झना सुवेदी बाहेक अरु सबैजना घरमा नै रहेको बताएका छन् । गत आषाढ १७ गते डोलभञ्ज्याङ उच्च माध्यामिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत १९ वर्षिय नवराज विश्वकर्माले र कक्षा ७ की १३ वर्षिय सम्झना सुवेदीलाई भगाएर विवाह गरेपश्चात दुई पक्षबिच विवाद चर्किएको जिल्लामा कार्यरत दलित संघसंगठनहरुको विज्ञप्तीमा उल्लेख छ ।
दुई पक्षको विवाद चुलिँदै जाने क्रममा गत आषाढ १८ गते विहान, करिब ३० जना गैरदलित समूदायका व्यक्तिहरु दलित परिवारमा गएको गैरदलित र दलित दुबै पक्षले स्वीकारेका छन् । अन्तरजातीय विवाह पश्चात दलित समूदायका विद्यार्थीहरुलाई शिक्षकले विद्यालयबाट निस्काशन गर्ने धम्की दिएको कुराहरु बाहिर आएको थियो । तर सोहि विद्यालयका पूर्व–प्रधानाध्यापक रामबहादुर सुवेदीले भने शिक्षकको तर्फबाट कुनै गल्ति नभएको र आरोप मात्र भएको बताउनुभएको छ । मैले विद्यार्थीलाई नै गएर बास्तविकता बुझ्ने क्रममा, आफुलाई त्यस्तो व्यबहार नदेखाएपनि साथीहरुलाई भने सरहरुले दुव्र्याबहार गर्नुभएको  विद्यार्थी हिरा विश्वकर्माको प्रतिक्रिया छ ।
घटनाले उग्र रुप लिँदै जाने क्रममा विभिन्न संचारमाध्यमहरुले विभिन्न शिर्षकमा समाचारको प्रमूख खुराक बनाउने अवसर पाएका थिए । यस घटना राष्ट्रिय स्तरको संचारमाध्यममा मात्र होईन अन्तरराष्ट्रिय संचार माध्यममा समेत छरिएको छ । विवाद बढ्दै जाने क्रममा गैरदलित परिवारका व्यक्तिहरु हातहतियार सहित दलित परिवारमा प्रवेश गरेको घाईते ईन्दिरा सुवेदी बताउनुहुन्छ । उहाँले टाउको लेखाउँदे भन्नुभएको थियौ,“मेरो टाउकोमा हेर्नुस् त ? उनिहरुले हानेको चोटको खत अझै पनि आलो नै छ ।” उहाँको खुट्टामा पनि असर परेके रहेछ । तर खुट्टामा भने भाग्ने क्रममा अल्झिएर असर परेको उहाँको प्रतिक्रिया थियो । विवादले उग्र रुप लिएलगतै सम्झना सुवेदीका आमा पम्फा सुवेदी र बुबा परशुराम सुवेदीले बालविवाहको मुद्धा दर्ता गराउनुभएको छ । वालविवाह, अन्तरजातीय विवाह र व्यक्तिगत झगडा सबै जोडिएकाले मानवअधिकारकर्मीहरु समेत यस घटनाको विषयमा अन्यौल बनेका छन् । 
अन्ततः पिंडा–५ मुलाखर्कको जातीय द्धन्दबाट निम्तिएको घटनाले पिंडाबासिलाई केहि समयदेखि पिडित बनाएको छ । बास्तविक रुपमा भन्ने नै हो भने, मानिस एक सामाजिक प्राणि भएको कारण समाजमा मिल्नुको विकल्प छैन । आगामी दिनहरुमा यस्तो घटनाले निरन्तरता नपाओस् भन्ने हाम्रो चाहना हो । एकाईसौँ सताब्दिमा आईपुग्दा पनि जातिय छुवाछुतको कारण समूदायमा बस्न नसक्ने बाताबरण सिर्जना हुन्छ भने, अबका भावि पुस्ताहरुमा पनि यसको प्रत्यक्ष छाप पर्न जान्छ । यसको लागि हामि सबैको पहल आवश्यक छ । साँच्चै भन्ने हो भने, विभिन्न संघसंस्थामा आवद्ध रहेर काम गर्ने व्यक्तिहरुले पनि बाहिर जतिसुकै खोक्रा भाषण ठोकेपनि भित्रि रुपमा विभेदलाई न्युनिकरण गर्न सकेका छैनन् । समाज र राष्ट्र सबैको हो, त्यसैले सबै समान छ । समाज र सामाजिक एकताको लागि हामि सबैजना मिल्नुको विकल्प छैन । अझ भन्ने हो भने, जातीय छुवाछुतको अन्त्यको लागि आफुबाट नै प्रयास र प्रयत्नहरु अगाडी बढाउनु आवश्यक देखिन्छ । 
हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?
">See all videos');
document.write('
<\/script>"); ?max-results=8">Video Category
'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
Template
dailyvid
samabesionline.com. Powered by Blogger.





 

