Article,
खै राष्ट्रियताका हिमायती भन्नेहरु-इन्द्र कुमारी श्रेष्ठ
								Posted by Unknown
								Published on Monday, August 27, 2012
 “भारतको सिप्रदी अटोपार्टस् कम्पनीले नेपाल पठाउने सामानमा पाईने सहर काठमाडौ, राज्य नेपाल र देश भारत लेख्न थालि सक्यो  ।”
“भारतको सिप्रदी अटोपार्टस् कम्पनीले नेपाल पठाउने सामानमा पाईने सहर काठमाडौ, राज्य नेपाल र देश भारत लेख्न थालि सक्यो  ।”नेपाली हुनुमा मलाई निकै गर्व छ । नेपालको माटो, र बाटोमा लुटुपुटु खेल्दै, नाच्दै, गाउँदै र संघर्ष गर्दै हिडेको समय सबैलाई महत्वपुर्ण लाग्छ । शिरमा सगरमाथा, र मनमा विरगाथा बोकेर हामी हिड्याँै, हिड्दैछाँै र यो क्रम निरन्तर रहने छ । मेरो देश मेरो भेष र मेरो सँस्कृति मलाई प्यारो लाग्छ र हामी सबैलाई प्यारो लाग्नु पनि पर्दछ । हिमाल, पहाड, तराई, कति रमणीय छ । विविधतामा एकता बोकेको हाम्रो देश नेपालले लिएको पछिल्लो रुपले यसको अस्तित्व खतरामा रहेको संकेत गर्दछ । यसको रक्षा गर्नु हामी सबै नेपालीको कर्तव्य हो र दायित्व पनि । हाम्रो यो पहिचानलाई हामी कसैले पनि गिर्न दिनु भनेको देशको स्वतन्त्रता र स्वधिनतालाई पनि गिर्न दिनु हो ।
देशमा गणतन्त्र आयो भनिएको छ । तर गणतन्त्रको नाममा मात्र जनताहरु उल्टै अशान्ति हिंसा र अत्याचारको मार खेपेर बस्न बाध्य छन् । देशको यो स्थिति देखेर होला हाम्रो इतिहासले नै धिक्कार्ने अवस्था शिर्जना भएको छ । दिनदिनै बन्द हड्ताल, तोडफोड ,हत्या, हिंसा, काटमार, लुटपाटका घटनाहरु सार्वजनिक भईरहेको समयमा दलहरुबीच सहमति सम्म हुनसकेको छैन । सहमतिको निहुमा नेताहरु आफ्ना स्वार्थ पूरा गर्न तछाड मछाड गरिरहेका छन् । आखिर जुनसुकै दल आएपनि नेपाली जनतालाई के नै हुँदोरहेछ र ? त्यहि एक छाक खान र एक सरो लगाउन पनि सकिनसकि पसिना बगाउन परेकै छ । खै कस्ले देखेको छ यहाँ दिन दुःखि र गरिवहरुको पिडा र चित्कार ? हाम्रा पुर्खाले दिएको बलिदान, यहि देश र हामी नेपाली बनाएका हाम्रा पुर्खाहरुको संघर्षलाई न मैले बुझे न तापाईहरुले नै बुझ्नुभयो । सबै आफ्नै दुनो सोझ्याउन आतुर यस देशमा कसैको कसैलाई वास्ता छैन । जे मनमा लाग्यो त्यहि गरेको छ सहि होस या गलत नै ।
आफ्नै देशको रक्षा गर्नको लागि अरुको देशलाई किन गुहार लगाई राख्नु पर्छ र ? देशका समस्त जनताहरु एकजुट भए त असम्भव नै के छ र ? मात्र सहमति र सहकार्य चाहियो । आफ्नो देशको आन्तरिक कुराहरु त आफ्नो देशभित्र मात्र सिमित रहेमा मात्र अन्य देशले हामीलाई शोषण गर्न पाउदैनन् । दिनदिनै बन्द, हड्ताल गरेर कस्लाई घाटा हुने हो र आदि छिमेकि देशलाई घाटा हुृने होइन, आखिर यसको प्रतिफल नेपालले नै बेहोर्नु पर्ने होइन र ? एउटा कुर्सीको निहुमा किन देशको अस्तित्व अनि जनतालाई दुख दिनुप¥यो । देश र जनताको सेवा गर्न पद नै चाहिन्छ भन्ने पनि त छैन । हामी सच्चा छौ र हाम्रो तनमन सच्चा छ भने हामीले भारि बोकेर भएपनि देशलाई सहयोग गर्न सक्छौ नि । एउटा गिट्टी कुट्ने व्यक्तिले पनि आफ्ना गुजारा चलाइरहेका छन् । झुपडिमा बस्ने पनि मानिस महलमा बस्ने पनि मानिस सबैका सपनाहरु समान हुन्छन्, यसरी देशभित्र भएको असमझदारिको कारणले हाम्रो सुरक्षा घट्दै गरिहेको छ । हामी सबै अधिकार खोज्नको लागि मात्र अघि सर्छौ तर कर्तव्य निभाउन चाही सधै पछाडिनै पर्छौ । अधिकार खोज्नेले कर्तव्य पनि पुरा गर्नु पर्छ । होइन भने हामीलाई कस्ले दिन्छ र अधिकार ।
देशमा रहेको निरङ्कुश शासनको अन्त्य गर्न, देशमा शान्ति स्थापना गर्नको लागि हजारांै नेपाली जनताले आफ्नो ज्यान नै बलिदान दिएको कुरा कस्ले बुझेको छ ? अग्रगामी परिर्वतन र गरिबी उन्मुक्तिका लागि नेपाली आमाका धेरै छोराहरुले आफ्नो ज्यान गुमाए, शान्ति–शान्ति भन्दाभन्दै संविधान सभामार्फत संविधान बनाउने कुरा पनि नेताहरुले भत्ता सँगै खाए । खै शान्ति कहिले आउँछ शान्ति ?
एउटा बालिका जो बालश्रम गरेर आफ्नो जिवन बिताउछे मन त कहाँ छ र बालबालिकाहरुलाई पढ्ने बेलामा भारी बोकेर हिड्न । तर के गर्ने बाँच्नका निम्ति संघर्ष नै ठूलो कुरा रहेछ । जुनजोगी आएपनि कानै चिरेको भनेझैँ नेताहरु सधै भोटमाग्ने बेलामा मात्र गाउँ–गाउँमा विन्ती बिसाउन पुग्ने गर्छन । यो गर्छु उ गर्छु भन्छन् तर आखिरमा उहि हो जुन अहिले नेताहरुले गरिएरहेका छन् । एउटा कुराको आश्वासन देखाउछन् व्यावहारमा अर्काे कार्य गर्ने गर्छन । देशलाई यस्तो बनाउछु, उस्तो बनाउछु भनेर घण्टौंसम्म मञ्चमा बसेर घाँटीनै सुक्ने गरी कराउछन् तर केहि गर्न अघि सर्दैनन् । जनताले दुख गरेर कमाएको सम्पतिमा मोजमस्ती गरेर बस्दैमा देश बनाउने जिम्मेवारी लिएका व्यक्तिहरुको फुर्सद छैन ।
पर्यटन विकास, उद्योग तथा कलकारखानहरुको विकास, कृषिमा सुधार जस्ता विकासका कार्यहरु सञ्चालन गर्नु जसले देशको आर्थिक तथा भौतिक पक्षलाई मजबुद बनाउँछ । यस्ता कार्य गर्नुका सट्टामा मात्र कुर्सीको लागि संघर्ष गरिरहेका नेताहरुलाई केहि थाहा छैन नेपालको अस्तित्व के भईसक्यो । करोडौ सम्पत्ति भ्रष्टाचार गरि सम्पती जोडेका छन् आफुलाई मात्र हो र ? आफन्तको नाममा समेत । अदालतले भ्रष्टाचार घोसित गरेकाखुमबहादुर लाई बचाउन काँग्रेस आफैँ पुनरावलकनका लागि अदालत जाने भन्दै छ । यस्ले के संकेत गर्छ नेपाली काँग्रेसले बुझ्नु पर्छ नेपाली जनता प्यारो की खुमबहादु खड्का ? दलहरुलाई देश प्रति कत्ति पनि चिन्ता छैन, गरिबीले आक्रान्त समुदाय नुन किनेर खान नसक्ने अवस्थामा पुग्न लागि सके विदेशी हस्तक्षेपले सिमा नागी सक्यो । भारतको सिप्रदी अटोपार्टस् कम्पनीले नेपाल पठाउने सामानमा पाईने सहर काठमाडौ, राज्य नेपाल र देश भारत लेख्न थालिसक्यो खै राष्ट्रियताका हिमायतिहरु कहाँ हराए के यो नेपालीलाई सहिय हुने कुरा हो ? कसले यो विषयमा आवाज उठाएको छ । बबुराम भट्टराईको राजीनामा मागेर सडकमा आगो बाल्ने र बन्दहड्ताल गर्ने युथफोर्स र तरुणदल यस विषयमा किन बोल्दैनन् ।
भनिन्छ , न रहन्छ बास हजुर न बज्छ बासुरी, भनेजस्तै नेपालनै नरहे हामी नेपाली कहाँबाट रहन सकौला र ? हुँदैन बिहान मिरमिरमा तारा झरेर नगए बन्दैन मुलुक दुई चार सपुत मरेर नगए भने भैm हामीले हाम्रो देशको अस्तित्व जोगाउनको लागि पहल गर्नु आवश्यक छ । एकजनाले मात्र गरेर देशको उन्नती सम्भव नरहने हुँदा हामी संधै सवै आपसमा मिलेर देशको अस्तित्व रक्षाका लागि क्रियाशील हुनु आवश्यक रहेको छ । हामीले हाम्रो कर्तव्य बिर्से हाम्रो इतिहासले हामीलाई धिकार्नेछ । हामी संधै परनिर्भरतामा होइन आत्मनिर्भर भएर बाँच्न सिक्नुपर्छ । देशमा रहेको अशिक्षा अज्ञानता गरिबी तथा बेरोजगारी जस्ता समस्याहरुको समाधान गर्न तर्फ हामी आजैबाट लाग्नुपर्दछ । हामी एकसाथ भएमा मात्र कसैलेपनि हाम्रो देशलाई थिचोमिचो गर्न सक्दैन । देशविकास गर्ने जस्तो कार्यलाई भोलीको लागि थाति राख्ने होइन आज र अहिलेनै तपाई हामी सबै एकसाथ जुटेर देशमा परिवर्तनका सुसेलीहरु ल्याउन मद्दत गर्नुपर्दछ ।
(लेखिका चिल्ड्रन पार्क आवसीय उच्चमावि धादिङबेसीमा कक्षा ११मा अध्ययनरत छात्रा हुन्)
हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?
">See all videos');
document.write('
<\/script>"); ?max-results=8">Video Category
'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
Template
dailyvid
samabesionline.com. Powered by Blogger.




 

