Welcome Guest!
twitter facebook rss

,

रौतहटमा किसानहरु पशु पालनतर्फ

८ भाद्र । रौतहट जिल्लाका ग्रामिण भेगमा पशु पाल्ने किसानको संख्यामा बढोत्तरी हुँदै जान थालेको छ । जिल्लाका बिभिन्न बजारमा दूधको माग बढेसंगै ग्रामिण भेगका  युवाहरुमा उन्नत जातका पशु पाल्ने लहर नै चलेको छ । जिल्लाको दोस्रो  व्यापारिक बजार चन्द्रनिगाहपुरमा दुधको माग बढेसंगै आसपासका गाविसहरुमा पशु  पाल्ने किसानको संख्या बढेको हो । आफूले आधा दर्जनको हाराहारीमा उन्नत जातको गाई ल्याएर पाल्न थालेपछि छिमेकी युवाहरुलेसमेत चितवनलगायतका स्थानबाट गाई ल्याएर पाल्न थालेको सिन्धुघारीका किसान कुमार बस्नेतले बताउनुभयो । जिल्लाको सन्तपुर, सिन्धुरेघारी, नजरपुर, चेतनगर र जुडिबेला क्षेत्रका किसानहरु उन्नत जातका पशु पालनतर्फ आकर्षित भएको पाईन्छ । बिभिन्न संघ संस्थाले उन्नत जातका पशु पाल्नकासस्तोमा ऋण प्रबाह गरेकालेसमेत किसानहरुको ध्यान पशु पालनतर्फ केन्द्रीत भएको कामधेनु दुध उत्पादक सहकारी संस्था चन्द्रनिगाहपुरका अध्यक्ष श्रीकृष्ण अधिकारीले बताउनुभयो । उन्नत जातका जर्सी गाईले मनग्य दुध दिने र आम्दानी पनी हुने भएका कारण ग्रामिण भेगका युवाहरु यो पेसातर्फ आकर्षित भएका हुन् ।

हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?

">See all videos'); document.write('

<\/script>"); ?max-results=8">Video Category

'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

Template

dailyvid


samabesionline.com. Powered by Blogger.

Search This Blog

सबैभन्दा बढि पढिएका

Latest Posts

Sponsored By

Featured Video

Our Sponsors

Our Sponsors

Visit Nepal Info and Guide