Welcome Guest!
twitter facebook rss

,

सेना समायोजनको प्रक्रिया अगाडी बढ्ने

७ भाद्र । एकीकृत नेकपा माओवादीले विगत लामो समयदेखि अवरुद्ध रहेको सेना समायोजन प्रक्रियालाई अगाडि बढाउने भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पार्टी पदाधिकारीसहित पूर्व जनमुक्ति सेनाका उच्च कमान्डरहरूसँगको छलफलमा एकीकृत माओवादीले यस्तो निर्णय गरेको हो । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, उपाध्यक्ष एवम् प्रधानमन्त्री डा बाबुराम भट्टराईसहित पदाधिकारीको बैठकले एक–दुई दिनभित्रै सेना समायोजनको कामलाई अगाडि बढाउने निर्णय गरेको पूर्व जनमुक्ति सेना नेपालका प्रवक्ता चन्द्रप्रकाश खनालले जानकारी दिनुभयो । यसैगरी आजको बैठकमा स्वेच्छिक अवकाशमा गएका जनमुक्ति सेनालाई कसरी व्यवस्थित गर्ने भन्ने सन्दर्भमा पनि छलफल भएको थियो । प्रवक्ता खनालले पार्टीको महाधिवेशन पनि तोकिएको सन्दर्भमा जनमुक्ति सेनाका सदस्यहरूको व्यवस्थापन तथा उनीहरूको जिम्मेवारीका सन्दर्भमा पनि आजको बैठकमा छलफल भएको जानकारी दिनुभयो । यसैगरी देशका विभिन्न शिविरहरूमा रहेका तीन हजार एक सय २३ जना समायोजन रोजेका जनमुक्ति सेनालाई तत्काल समायोजनको प्रक्रियामा लैजानका लागि पनि सरकार र पार्टीका तर्फबाट विशेष पहल गर्ने निर्णय गरिएको प्रवक्ता खनालले जानकारी दिनुभयो ।

हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?

">See all videos'); document.write('

<\/script>"); ?max-results=8">Video Category

'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

Template

dailyvid


samabesionline.com. Powered by Blogger.

Search This Blog

सबैभन्दा बढि पढिएका

Latest Posts

Sponsored By

Featured Video

Our Sponsors

Our Sponsors

Visit Nepal Info and Guide