Welcome Guest!
twitter facebook rss

,

इद–उल–फित्र–रमजान मनाउँदै ।।

४ भाद्र, । आज ईद–उल–फित्रको अवसरमा मुलुकलगायत विश्वभरका मुस्लिम धर्मावलम्बीले एकआपसमा आशिर्वाद तथा शुभकामना आदानप्रदान गरी मनाइरहेका छन् । काठमाण्डु, नेपालगञ्ज, विरगञ्ज, कपीलबस्तु लगायतका ठाउँमा अहिले मुस्लिम समुदायले विशेष कार्यक्रम गरि ईद–उल–फित्र  मनाइरहेका छन् । मुस्लिम क्यालेन्डरअनुसार नवौं महिनालाई रमजान भनिन्छ । यस महिनामा बालक, वृद्ध–वृद्धा, बिरामी, असक्त, प्रसुती  महिला, रजस्वला भएका महिला र दुधे बालकका आमा बाहेक सबै महिला तथा पुरुषलाई रोजा (व्रत) अनिवार्य रहेको छ । रमजान महिनाभर बसिने रोजा उपवास यस वर्ष साउन ६ गते प्रारम्भ भई हिजो चन्द्रोदयको दर्शन गरी रोजा मनाइने भए पनि यस वर्ष भदौ ४ गते रमजान मनाउने निर्णय भएको नेपाली जामे मस्जिदका सचिव मन्सुर हुसेनले बताउनुभयो । इस्लाम धर्ममा आस्था, नमाज, रोजा, जकात र हज मुख्य पाँच आधारस्तम्भ रहेका छन् । रोजा आस्था र विश्वासको परिपक्वता हुनुको साथै ईद यसको पूर्ण सफलता हो । रोजाको शाब्दिक अर्थ शुद्ध आचरणमा रहनु हो । रमजान महिनाभर सूर्योदय हुनु केहीअघि र सूर्यास्तको केहीपछिसम्म रोजा बस्ने प्रचलन रहेको छ । रोजामा पानी खान पनि निषेध गरिएको छ । रमजानको अन्तिम दस दिनमा एतकाफ बस्ने अथवा दैनिक दिनचर्या त्यागेर एकान्तमा अल्लाहको जप गर्ने चलन छ । रोजा समाप्तीको दिन आफूभन्दा ठूलासँग आशिर्वाद लिने तथा सानालाई आशिर्वाद दिने, एकआपसमा शुभकामना आदानप्रदान गरी विशेष खानाको रूपमा गहँुबाट तयार गरिएको सेवई तथा लच्छा सामूहिकरूपमा खाने प्रचलन रहेको छ ।

हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?

">See all videos'); document.write('

<\/script>"); ?max-results=8">Video Category

'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

Template

dailyvid


samabesionline.com. Powered by Blogger.

Search This Blog

सबैभन्दा बढि पढिएका

Latest Posts

Sponsored By

Featured Video

Our Sponsors

Our Sponsors

Visit Nepal Info and Guide