National news Tekman photo,
भेलापछि कांग्रेसमा भाँडभैलोको संकेत
								Posted by Unknown
								Published on Wednesday, August 1, 2012

१७  साउन, काठमाडौं । संविधानसभा बिघटनसँगै पुनस्र्थापनाको एकोहोरो रट लगाउँदै  हिँडेका कांग्रेसका एकथरी पूर्व सभासद यतिखेर छाँगाबाट खसेजस्तो भएका छन् ।  सिन्धुपाल्चोकमा दुई दिनसम्म भएको जिल्ला सभापतिहरुको राष्ट्रिय भेलाले  संसदीय निर्वाचनको पक्षमा जान सुझाव दिएपछि अभियानकर्ताहरु जिल्लाराम परेका  हुन् । माओवादी र एमालेका केही नेताहरु समेत पुनस्र्थापनाको पक्षमा लागेर  आफूहरुको अभियान सफल बन्नै लागेको बेला आफ्नै पार्टीले यसमा अवरोध पुर्याउन  खोजेको उनीहरुको बुझाई छ ।
संविधानसभा  पुनस्र्थापनाकोबारेमा कांग्रेसकै पूर्व सभासदले सबैभन्दा पहिले अभियान  शुरु गरेका थिए । उनीहरुले राष्ट्रपति, संविधानविद लगायत माओवादी र एमालेका  नेताहरुसितको छलफललाई तीव्रता दिए । नयाँ चुनावभन्दा पुनस्र्थापना पो  उपयुक्त विकल्प हो क्यारे भन्ने अरु दलका नेताहरुलाई पनि लाग्यो । एकीकृत  नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायतका नेताहरुले समेत  पुनस्र्थापनामा जान सकिने बताए । तर प्रचण्ड तयार हुँदा समेत कांग्रेसका  शीर्ष नेताहरु नै पुनस्र्थापनाको विपक्षमा थिए । पार्टी सभापति सुशील  कोइराला र रामचन्द्र पौडेलले मुख खोल्न सकेका थिएनन् भने बरिष्ठ नेता  शेरबहादुर देउवा पुनस्र्थापनाको पक्षमा दृढ हुनुहुन्थ्यो ।
सिन्धुपाल्चोक  भेलामा पनि देउवाले पुनस्र्थापनाको पक्षमा आवाज उठाउनुभयो । तर अधिकाँश  जिल्ला सभापति पुनस्र्थापनाको विपक्षमा रहेकाले उहाँको आवाज बुलन्द हुन  सकेन । सभापति कोइराला र अर्का नेता पौडेल पनि पुनस्र्थापनाको विपक्षमा  देखिनुभयो । यसो हुँदा देउवा भेला नै छाडेर हिंड्नुभयो । पछि संविधानसभा  पुनस्र्थापनाभन्दा नयाँ संसदीय चुनाव उपयुक्त हुने भेलाले ठहर गर्यो ।
अब के होला ?
जिल्ला  सभापतिहरुको भेलाले संसदीय चुनावमा जोड दिएपनि कांग्रेसको यो आधिकारिक  निर्णय होइन । भेलाले नेतृत्वलाई सुझाव मात्र दिएको हो । जिल्ला सभापतिहरु  नयाँ चुनावको र अधिकाँश पूर्व सभासदहरु संविधानसभा पुनस्र्थापनाको पक्षमा  रहेकाले पार्टीले कुन विकल्पलाई अघि सार्ने भन्नेमा कांग्रेस अलमलमा छ ।  शीर्ष नेताहरुमा बरिष्ठ नेता देउवा पुनस्र्थापनाको पक्षमा हुनुहुन्छ ।  कोइराला र पौडेल पुनस्र्थापनाको विपक्षमा । अर्का नेता शेखर कोइरालाले  पुनस्र्थापना हुन हुँदैन भनेर अभियान नै थाल्नुभएको बुझिएको छ । पहिलेदेखि  नै पुनस्र्थापनाको पक्षमा रहेकाहरु आफ्नो अडान कुनै हालतमा नछाड्ने पक्षमा  छन् ।
यसो  हुँदा कांग्रेसमा अब भाँडभैलो बढ्ने पक्का छ । जिल्ला सभापतिहरुको भेलाले  गरेको निर्णय पार्टीको आधिकारिक निर्णय नभएको र पार्टीले पनि यही नै विकल्प  ठीक भनेर तत्काल निर्णय गर्न नसक्ने भएकाले चुनाव र पुनस्र्थापनाको बारेमा  नेताहरु अहिलेदेखि नै विभाजित हुन थालेका छन् ।
नयाँ  सरकारको नेतृत्व दावी गरिरहेको कांग्रेस आफैंमा विभाजित छ । कुन विकल्प  ठीक भनेर पार्टीले आधिकारिक निर्णय नगर्दासम्म अरु दलसँग सहमति जुट्न  सक्दैन । अरु दलसँग सहमति नहुँदासम्म राष्ट्रिय सरकारको वातावरण बन्दैन ।  पार्टीभित्रको उब्जेको नयाँ विवादले नयाँ सरकारको नेतृत्व गर्ने कांग्रेसको  आकाँक्षा पूरा नहुने भयो भन्ने आँकलन राजनीतिक वृतमा गर्न थालिएको छ ।  त्यसमाथि नयाँ सरकारको नेतृत्वको लागि कार्यकर्ताले दबाब दिइरहेपनि पार्टी  सभापति कोइरालाले दह्रोसँग खुट्टा टेकिसक्नुभएको छ । आफ्ना पार्टीकालाई  मिलाएर अरु पार्टीको चित्त कसरी बुझाउन सकिएला भन्ने अन्योलमा यतिबेला  कोइराला हुनुहुन्छ ।
हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?
">See all videos');
document.write('
<\/script>"); ?max-results=8">Video Category
'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
Template
dailyvid
samabesionline.com. Powered by Blogger.




 

