National news Tekman photo,
युनिटी लाईफका अध्यक्ष काशीराम गुरुङ पक्राउ
								Posted by Unknown
								Published on Wednesday, August 1, 2012
१७ साउन, काठमाडौं । नेटवर्किङ व्यवसायका नाममा सार्वसाधारणबाट अबौं ठगी गरेको फरार भएका युनिटी लाइफ इन्टरनेशनलका अध्यक्ष काशीराम गुरुङलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर ललितपुरबाट गएको विशेष टोलीले गुरुङलाई बुधबार विहान करिव साढे ६ बजेतिर इलामको पशुपतिनगर क्षेत्रबाट पक्राउ गरिएको हो । महानगरीय प्रहरी परिसर ललितपुरले बुधबार नै उनलार्इ ललितपुर ल्याएर पत्रकार सम्मेलन गरी काशीरामलार्इ सार्वजनिक गरेको छ ।
युनिटीलाई वैधानिकता प्रदान गर्नेबारे छलफल गर्न बाग्लुङ आउने क्रममा गुरुङलाई पक्राउ गरिएको प्रहरी बरिष्ठ उपरीक्षक राजेन्द्रमान श्रेष्ठले जानकारी दिनुभयो ।
उनी लामो समयदेखि भारतको दर्जलिङ्गमा बस्दै आएका थिए । उनले विनितकुमार लामाको नाममा चालक अनुमति पत्र लिएको तथा कुमारी बैंक र एसबीआई बैंकको एटीएम कार्ड प्रयोग गर्ने गरेको पाइएको छ ।
गुरुङलाई भोलि बिहीबार जिल्ला अदालत ललितपुरमा पेश गरिनेछ । उनीविरुद्ध गठी र बैंकिङ कसुरुको मुद्धा चलाईनेछ ।
ध्वाँस दिँदै भने ‘अब नयाँ हैसियतमा भेट्छु’
पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै गर्दै गुरुङले भने भने आफूहरु सर्बसाधारणको पैसा फिर्ता गर्न तयार रहेको बताएका छन् । युनिटीलाई बैधानिकता दिए सबै कानुनी प्रक्रिया गर्ने र त्यसमा पैसा राख्नेहरुलाई शेयर दिन समेत तयार रहेको उनले बताए ।
कारगार प्रवेश गर्ने क्रममा पत्रकारहरुलाई आफ्ना ५ बुँदे माग सरकारसमक्ष पुर्याइदिन आग्रह गरे । उच्च ओहदामा रहेको व्यक्ति गत राजनीतिक दलका शीर्ष नेताहरुको नाम भजाएर सर्वसाधारणलाई ठगेका उनले कारगार जाँदा जाँदै पनि आफू राजनीतिक संरक्षणमा छुट्न सक्ने संकेत दिँदै अब अर्कै हैसियतमा भेट्ने बताए । ‘पहिले अर्कै हैसियतमा थिए, अहिले अर्को हैसियतमा आइपुगेको छ’ उनले भने-’अब नयाँ हैसियतमा भेट्छु ।’
सरकारले युनिटी बन्द गराएपछि प्रहरीले गुरुङसँगै प्रवन्ध निर्देशक विष्णुबहादुर क्षेत्री र अर्थ निर्देशक कृष्णबहादर क्षेत्री र महेन्द्र केसीलाई विना इजाजत बैंक तथा वित्तीय संस्था संचालन गरेको बैंकिङ्ग कसुर र ठगी मुद्धामा मोष्ट बाण्टेडको सूचीमा राखेर २ वर्षदेखि खोजी गरिरहेको थियो । अन्य तीन जना भने अझै फरार छन् । गुरुङसहितका ४२ जनालाई भने विभिन्न समयमा पक्राउ गरी मुद्धा चलाइएको छ ।
युनिटीले नेटबर्किङ व्यवसायका नाममा ४ लाखभन्दा बढी सर्वसाधारणको पैसा जम्मा गरेका थिए । युनिटीले एक व्यक्तिबाट ८ देखि १५ हजारका दरले पैसा उठाएको थियो । युनिटीले सर्बसाधारणबाट ६ अर्ब भन्दा बढी ठगेको बताइएको छ ।
पत्रकार सम्मेलनमा भने युनिटीले सर्वसाधारणबाट ३ अर्ब ८९ करोड ९८ लाख ७० हजार १ सय ३ रुपैयाँ ७२ पैसा ठगेको बताएको छ ।
युनिटीका सञ्चालकहरुले गत असारमा गुरुङकै अध्यक्षतामा जय युनिटी को अपरेटिभ पार्टी गठन गरेको घोषणा गरेका थिए । उक्त पार्टीले विभिन्न सञ्चार माध्यमलाई अन्तरवार्ता दिँदै सशस्त्र युद्ध सुरु गर्ने सम्मको धम्की दिएका थिए ।
हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?
">See all videos');
document.write('
<\/script>"); ?max-results=8">Video Category
'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
Template
dailyvid
samabesionline.com. Powered by Blogger.






 

