Intertainment Tekman photo,
								Posted by Unknown
								Published on Thursday, July 26, 2012

अहिलेको बहुप्रतिक्षित भनेर प्रचार गरिएको चलचित्र ‘मायोज वार’ बिभिन्न कारणले चर्चित रहेको छ । सिनेमाको मुख्य नायिका निशा अधिकारीले सिनेमाको प्रमोशनमा समय नै दिईनन् । उनले समय नदिनुको कारणबारे स्पष्ट कारण नखुलेपनि धेरै कुरा बजारमा चलेका छन् ।दिनेश डिसीसँग खटपट भएको र निर्माता सुनिल मानन्धरसँग नाम जोडिएपछि उनले मायोज वारप्रति खासै वास्ता नगरेको बुझिएको छ । निर्माता मानन्धरले निशाका लागि मात्र अब आफूले लगानी गर्ने अभिव्यक्ति केही समय अघि दिएका थिए । सुनिलको यो अभिव्यक्तिले उनी र निशाबीच खास केही सम्वन्ध छ की भन्ने गाईंगुईं बजारमा चलेको थियो ।
निशाले समय नदिएको चलचित्र मायोज बारको भव्य पि्रमीयर वुधबार गर्ने कुरा थियो । वुधबार अहिले सम्म नै नगरिएको भन्दा चमकले पि्रमीयर गर्ने कुरा निर्माणपक्षले बताएको थियो । निर्देशक डिसीले समेत सिनेमाको पि्रमीयर फरक तरीकाले गर्ने कुरा बताएका थिए । तर वुधबार हुने भनिएको सिनेमाको पि्रमीयर बिहीवार हुने कुरा गरियो । तर बिहीवार पनि कुनै गाईगुई चलेन पि्रमीयर कार्यक्रमको ।आखिर यत्रो हल्ला गरेर पनि चल्ने वेलामा सिनेमा किन पछि पर्यो त ? निर्देशक दिनेश डिसीले भने -’सिनेमा नै तयार भएको छैन कसरी पि्रमीयर गर्नु ? चलचित्रको एनिमेशन पाट बनाउन समय लाग्यो यसैले पि्रमीयर हुन सकेन ।’ सिनेमा नै तयार नहुने अवस्था थियो भने किन रिलीजका लागि यति हतार त भन्ने प्रश्नमा डिसी भन्छन् -’शुरुवातमा सिनेमा सकिँदैन जस्तो लागेर साउन १८ लाई मिति तोकिएको थियो । तर पछि सकिन्छ जस्तो लागेर साउन १२ मा झार्यांै ।’ तर एनिमेशनका कारणले सिनेमा नसकिएको उनको भनाई छ । डिसीले साउन १२ मा सिनेमा चलाउनुको कारणबारे भने -’एक हप्ता कुनै पनि सिनेमा नआउने भएकाले पनि १ करोड लगाएको सिनेमालाई हप्ता दिनको व्यापारले धेरै फरक पार्छ । यसैले साउन १२ मा रिलीज डेट तोकीएको हो ।’
साउनको १९ मा सन्नी लियोनले अभिनय गरेको चलचित्र जिस्म २ रिलीजमा आउन लागेकाले पनि मायाज बारको रिलीज डेट अघि सारिएको विश्लेषण गरिएको छ ।
हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?
">See all videos');
document.write('
<\/script>"); ?max-results=8">Video Category
'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
Template
dailyvid
samabesionline.com. Powered by Blogger.




 

