Welcome Guest!
twitter facebook rss

,

कुकुरले बिरालो पायो........

कुकुरले कुकुरले कुकुर नै जन्माउँछ र बिरालोले बिरालो नै जन्माउँछ । तर दक्षिण कोरियामा भने एउटा कुकुरले बिरालो जन्माएको छ ।६३ वर्षका जेओङ प्योङ नाम गरेका व्यक्तिले घरमा पालेको कुकुर्नीले बिरालोको बच्चा जन्माएपछि सबै आश्चर्यमा परेका हुन् ।कुकुरले जन्माएको उक्त बिरालोको पाठो हेर्न उनको घरमा मान्छेको जात्रा नै लागेको छ । केही दिन अघि सुत्केरी भएको उक्त कुकुर्नीले ६ वटा बच्चा जन्मायो 

ती मध्ये पाँच वटा सामान्य कुकुरका छाउरा थिए तर एउटा भने ठ्याक्कै बिरालोको बच्चा जस्तो छ । जेओङले आफ्नो कुकुरले बिरालोको बच्चा जन्माउनु ठूलो चमत्कार भएको बताएका छन् । बिरालो पाएको भनिएको उनको कुकुर र त्यसका बच्चाहरुको पहिलो खबर तस्वीर सहित कोरिया हेराल्ड पत्रिकामा छापिएपछि यो खबरले सनसनी नै फैलाएको छ । तस्वीरमा देखिए अनुसार पाँच वटा छाउरा सामान्य रंग र बनाबटका भएपनि एउटा झालेमाले रङको ठ्याक्कै बिरालोको न्याउरो जस्तो छ । उक्त न्याउरोले जन्मिँदा बित्तिकै बिरालोको जस्तो ङ्यारङ्यार आवाज निकालेको जेओङको भनाइ छ । कुकुर धनीले आफ्नो कुकुरले बिरालो पाएको भनी दाबी गर्दै तस्वीर समेत देखाएपनि वैज्ञानिकहरु भने कुकुरले बिरालो पाउन नसक्ने दाबी गर्छन् । त्यसैले कुकुरको उक्त बच्चा बिरालो हुनै नसक्ने र त्यो बिरालो जस्तै जिउडाल भएको कुकुरकै छाउरो रहेको वैज्ञानिकहरुको भनाइ छ । स्मरण रहोस् केही वर्षअघि चीनमा कुकुरले बिरालो पाएको खबर सार्वजनिक भएको थियो भने ब्राजिलमा बिरालोले कुकुर पाएको भनिएको थियो ।


हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?

">See all videos'); document.write('

<\/script>"); ?max-results=8">Video Category

'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

Template

dailyvid


samabesionline.com. Powered by Blogger.

Search This Blog

सबैभन्दा बढि पढिएका

Latest Posts

Sponsored By

Featured Video

Our Sponsors

Our Sponsors

Visit Nepal Info and Guide