Welcome Guest!
twitter facebook rss

,

तीन तिर्थयात्रीको दुर्घटनामा मृत्यु

सर्लाही, श्रावण १६ - महादेव मन्दिरमा जल चढाएर फर्कँदै गरेको बोलबम तिर्थयात्री चढेको ट्याक्टर सोमबार राति पूर्व पश्चिम राजमार्गको सर्लाही खण्डमा दुर्घटना हुँदा तीन तिर्थयात्रीको मृत्यु भएको छ । दुई गम्भीर घाइते छन् ।
महोत्तरीको टुटेश्वर महादेव मन्दिरबाट फर्कँदै गर्दा बढी लोडका कारण अनियन्त्रित भई बाँके जंगल खण्डमा राति ९ बजे ज१त ४८८१ नम्बरको ट्याक्टर पल्टेको थियो । दुर्घटनामा परि दुई जनाको घट्नास्थलमै र एकजनाको उपचारार्थ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरी नायव उपरीक्षक कृष्ण प्रसाईंले जानकारी दिए । मृत्यु हुनेमा सर्लाही भक्तिपुर गाविस-७ का मरु पण्डित, उनकी श्रीमती लालवतीदेवी र सोही ठाउँका उमेश महतो छन् । गम्भीर घाइते दुईजनालाई उपचारार्थ राति नै भरतपुर अस्पताल लगिएको प्रहरीले जनाएको छ । अन्य घाइतेको स्थानीय अस्पतालमा उपचार भएको छ । ट्याक्टरमा सवार सबैजसो एउटै गाउँका थिए । दुर्घटना लगत्तै चालक फरार रहेको र खोजी भइरहेको प्रहरीले जनाएको छ ।

हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?

">See all videos'); document.write('

<\/script>"); ?max-results=8">Video Category

'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

Template

dailyvid


samabesionline.com. Powered by Blogger.

Search This Blog

सबैभन्दा बढि पढिएका

Latest Posts

Sponsored By

Featured Video

Our Sponsors

Our Sponsors

Visit Nepal Info and Guide