breakingnews,
दुई वर्षमा २१ बाघ बढ्यो
								Posted by Unknown
								Published on Sunday, July 29, 2012
१४ साउन, काठमाडौं । नेपालमा पछिल्लो दुई वर्षमा बाघको सङ्ख्यामा वृद्धि भएको छ । सन् २०१० मा देशभर जम्मा १ सइ ५५ वटा बाघ गणना गरिएकोमा सन् २०१२ मा दुईवटा मात्र राष्ट्रिय निकुञ्जमा गणना गर्दा १ सइ ७६ वटा पुगेको हो ।
बर्दिया राष्ट्रिय निकुञ्ज र शुक्लाफाँटा वन्यजन्तु आरक्षमा सन् २०१२ मार्चमा गरिएको अध्ययनअनुसार बाघको सङ्ख्यामा दोब्बर वृद्धि भएको हो । तेस्रो बाघ दिवसको अवसरमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागलेसार्वजनिक गरेको तथ्याङ्कअनुसार बर्दिया राष्ट्रिय निकुञ्जमा सन् २०१० मा बाघको सङ्ख्या १८ वटा रहेकामा सन् २०१२ मा दोब्बर बढी ३८ वटा पुगेको हो ।
त्यस्तै शुक्लाफाँटा आरक्षणमा पनि सन् २०१० मा आठवटा मात्र रहेकामा सन् २०१२ मा १० वटा पुगेको छ । बर्दिया राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत डा महेश्वर ढकालले बाघसम्बन्धी विवरण प्रस्तुत गर्दै अब चितवन, पर्सालगायतका निकुञ्जमा गणना गर्न बाँकी रहेको जानकारी दिनुभयो ।
नेपालमा सन् २०१० को तथ्याङ्कअनुसार चितवन राष्ट्रिय निकुञ्जमा सबैभन्दा बढी १ सय २१ वटा बाघ रहेका छन् । विश्वमा बाघको सङ्ख्या तीन हजार ५०० रहेको अनुमान गरिएको छ, जसमध्ये नेपालमा १७६ छन् ।
हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?
">See all videos');
document.write('
<\/script>"); ?max-results=8">Video Category
'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
Template
dailyvid
samabesionline.com. Powered by Blogger.




 

